४ जेठ २०७९ बुधबार
1
1
1
1

१४ महिनादेखि तलब नपाएपछि सपरिवार आमरण अनशनमा

1
1
1
1
1
1

बैतडीको शिवनाथका शिक्षक करण राना १४ महिनासम्मको तलब नपाएपछि परिवारसहित आमरण अनशनमा बसेका छन् ।

राना परिवार आइतबारदेखि जिल्ला समन्वय समिति बैतडीको कार्यालय अगाडि अनशन बसेका हुन् ।

शिवनाथ गाउँपालिका ६ स्थित हिरापुर माविमा राहत कोटामा कार्यरत शिक्षक राना ६ वर्ष अघि गाउँबाट विस्थापित भएपछि दशरथचन्द नगरपालिका ४ स्थित ईश्वर आधारभूत विद्यालयमा काजमा काम गरिरहेका छन् । तर, उनले गत १४ महिनासम्मको तलब पाएका छैनन्  ।

रानाले जिल्ला शिक्षा समितिबाट ईश्वर आधारभूत विद्यालयमै पदस्थापन पाउने आश्वासन पाएपछि पहिला काम गरेको बिद्यालयबाट पदस्थापनको स्वीकृति लिनुका साथै सबै प्रक्रिया पुरा गरे । तर, दुई वर्षअघि नै प्रक्रिया पूरा गरे पनि शिक्षा समितिले पदस्थापन गरिदिएको छैन । 

‘मैले पहिला काम गर्दै आएको विद्यालय रहेको शिवनाथ गाउँपालिकाबाट तलव लिन खोज्दा सरुवाका लागि स्वीकृति दिइसक्यौँ भन्छन् । यता पदस्थापन भएको छैन । मैले अहिले काम गरिरहेको विद्यालयमा मलाई अटाउने दरबन्दीसमेत खाली छ । तर, पदस्थापन गरिदिएको छैन । म अहिले घरको न घाटको भएको छुँ । त्यसैले अब मरे पनि अनशनमै मरौँला भनेर सपरिवार अनशन बसेका हौँ’, पीडित रानाले भने ।

करण रानाको पदस्थापनका लागि जिल्ला शिक्षा समितिले पटक–पटक आश्वासन दिए पनि माग पूरा नगरेकाले राना श्रीमती र चार छोराछोरीसहित आइतबारदेखि अनशनमा बसेका हुन् । 

उनको माग सम्बोधनका लागि पहल गरिरहेको शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले बताए । 

‘उहाँको मागका विषयमा मैले जिल्ला शिक्षा समिति, दशरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिकासँग कुरा गरेको छु । पुरानै विद्यालयमा गएर उहाँ काम नगर्ने, यता सुरुवा गर्न पहल गर्दा टुंगो लागेको छैन । हामी प्रयासरत छौँ, केही दिनमा विकल्प निकाल्छौँ’, उनले भने । 

आफ्नो गाउँ शिवनाथ ६ कानलीमै गएर बस्न सक्ने र पुरानै बिद्यालयमा अध्यापन गराउन सक्ने अवस्था नरहेको पीडित राना बताउँछन् ।

ज्यान मार्ने धम्की आएपछि उनी परिवारसहित विस्थापित भएका हुन् । न्युज कारखाना 

शिक्षा

प्रकाशित: २१ भदौ २०७८ १६:३८ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी