होम सेन्टरमै सम्पन्न भयो कक्षा १२ को परीक्षा

होम सेन्टरमै सम्पन्न भयो कक्षा १२ को परीक्षा


राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ।

परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउँदै होम सेन्टरमा सञ्चालन भएको परीक्षा आजदेखि सम्पन्न भएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।

कूल चार हजार ३१५ विद्यालयमा भएको परीक्षामा तीन लाख ७४ हजार ४१३ परीक्षार्थी सहभागी भएको उनले जानकारी दिए। यस वर्ष नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धरदेखि सांसद शान्ता चौधरीलेसमेत कक्षा १२ को परीक्षा दिएका छन्।

बोर्डले यसवर्ष प्रश्नपत्र इमेल गरेर विद्यालयमा पठाएको थियो। बोर्डले इन्टरनेट नपुगेका ११३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाएको थियो। बोर्डले सबै केन्द्रलाई फरक–फरक पासकोर्ड दिएर प्रश्नपत्र प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको थियो।

Skip This
Logo