उमेर ७२ वर्ष, कक्षा दुईका विद्यार्थी !

उमेर ७२ वर्ष, कक्षा दुईका विद्यार्थी !


मानिसलाई पढ्न उमेरले छेक्दैन भन्ने कुरालाई इलामको रोङ गाउँपालिका-६ सलकपुरका खड्गबहादुर विकले चरितार्थ गरिदिएका छन्। 

उमेर उनी ७२ वर्षका भए। हाल उनी स्थानीय मोती माविको कक्षा २ मा पढ्छन्। पढेर शिक्षक बनौंला वा अन्य जागिर खाउँला भन्ने उनको सोच होइन। तैपनि उनी आफ्नो नाती उमेरका विद्यार्थीसँग पढ्न स्कुल जान्छन्।

'किन यो उमेरमा स्कुल जानु हुन्छ ?', खड्गबहादुर भन्छन्, 'मन भुलाउन। ४ छोराछोरी थिए। सबै लाखापाखा लागे। पत्नी पनि बितिन्। एक्लो भएँ। अनि मानसिक रोगी भइन्छ कि भनेर पढ्न सुरु गरें।'

उनले आफ्नो परिवारको पीडा पनि सुनाए। यो उमेरमा मानसिक रोगी भइएला भन्ने डर लागेर पढ्न जान थालेको उनले बताए। 

(यो सामाग्री हामीले शिक्षा नामको फेसबुक पेजबाट लिएका हौं)

Logo