इस्लिङटन कलेजका विद्यार्थीहरूद्वारा सिप प्रदर्शन

इस्लिङटन कलेजका विद्यार्थीहरूद्वारा सिप प्रदर्शन


इस्लिङटन कलेजका अन्तिम वर्षका विद्यार्थीले सिप प्रदर्शन गरेका छन् । अध्ययनको क्रममा सिकेका र आफूले जिम्मा लिएका प्राविधिक परियोजनालाई चिनाउन एफवाईपि सोकेस प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो ।

विशेष गरी सूचना प्रविधिसँग जोडिएका विषयलाई केन्द्रित गरी विद्यार्थीले परियोजना तयार गरेका थिए । पढाइको क्रममा सिकेका ज्ञान, क्षमता र  विचार विषयवस्तुलाई प्रविधि मार्फत  कार्यान्वयन गर्न कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।

पढाइ पछि स्वदेश वा विदेश अध्ययन गर्न र रोजगारीको अवसर सिर्जना गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको कलेजका प्रमुख प्राज्ञिक अधिकृत रोहित पाण्डेले बताएका छन् । उनले भने–निर्धारित कोर्स पुरा गरेपछि क्षमता अभिवृद्धिका  लागि   सजिलो हुने उद्देश्यले प्रदर्शनी आयोजना गरेका हौ । प्रदर्शनीमा विद्यार्थीले परियोजनाको बारेमा एक अर्कालाई जानकारी गराएका थिए ।

विद्यार्थीले लेगेसि सिस्टम, एनोभेटिभ सिस्टम, हालको समस्या तत्कालै समाधान गर्ने विभिन्न विषयवस्तु समेटिएको एप्लिकेन्सन तयार गरेका थिए । प्रदर्शनीको रोचक विषयवस्तु भनेको विद्यार्थीले जिम्मेवार प्राप्त परियोजना प्रयोजनको लागि तयार गरेको हस्तकलाका नेपालमै निर्मित सामग्रीको प्रदर्शनी थियो । करिब २५ स्टल मध्य केही सूचना प्रविधि , कुनै हस्ताकलाको सामाग्री राखिएका थिए ।

विद्यार्थीले आफै सक्षम हुनका लागि बिजनेस स्टाटिजी विषयमा जानकारी गराएका थिए । मल्टनेस्नल ग्राहकलाई कसरी सन्तुष्टि बनाउने , उत्पादन गरेको सामान बिक्री गर्न कस्तो व्यवहार गर्ने , दैनिक जीवनमा आइपर्ने समस्या कसरी समाधान गर्न लगायतका विषय सिकाइएको थियो ।

प्रदर्शनीमा कन्ट्याक्टलेश पेमेन्ट सिस्टम, ट्राभलबडी भर्चुअल ट्राभल गाइड, थ्रिडी प्रिन्टर लगायतका वस्तुबारे जानकारी गराइएको थियो ।

दुई दिने प्रदर्शनी मंगलबार सकिएको थियो । प्रदर्शनीमा कलेजका विद्यार्थी,अभिभावक र विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । कोभिडको कारण दुई वर्षदेखि रोकिएको प्रदर्शनीले यो वर्षबाट निरन्तरता पाउने भएको छ ।

Skip This
Logo