१९ मंसिर २०७८ आइतबार

उच्च शिक्षाका लागि जापान र अस्ट्रेलियाको सीमा खुला

उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरूका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको छ ।

उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले नेपाली विद्यार्थीहरूले अब जाँदा के–कस्ता सावधानी अपनाउनु पर्छ भन्नेबारे अभिभावक र विद्यार्थीहरूलाई सतर्क गराउने लक्ष्यसहित पत्रकार सम्मेलन गरिएको बताएका छन् । उनले अस्ट्रेलियाका तीन सहर बाहेकका अन्य सहरहरूमा जाँदा क्वारेनटाइन बस्नु पर्ने भएकाले कन्सलटेन्सीहरुसँग बुझेर मात्रै जानु पर्ने बताएका छन् ।

अध्यक्ष पाण्डेले जापान जाने विद्यार्थीहरूको हकमा भने सिओइ आएकाहरूले पनि एडिशनल स्क्रिनिङ सर्टिफिकेट लिनुपर्ने नियम बनाएको भन्दै त्यसतर्फ सचेत रहन र हतारमा अपोइन्टमेन्ट लिने र सिट बुक गर्ने काम नगर्न आग्रह गरेका छन् ।

शिक्षा

प्रकाशित: ७ मंसिर २०७८ १८:३५ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी