बालकुमारी माध्यमिक विद्यालयका एसइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान

बालकुमारी माध्यमिक विद्यालयका एसइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान


बालकुमारी माध्यमिक विद्यालय कीर्तिपुरका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले एसइइ परीक्षा ०७७ उत्तीर्ण विद्यार्थीहरुलाई वधाई तथा सम्मान गरेका छन्। 

आज विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई सम्मान गरिएको हो। सो अवसरमा विद्यालयले पूर्व शिक्षकहरु र पूर्वकर्मचारीहरुलाई पनि सम्मान गरेको थियो। 

विगत वर्षहरुमा पनि यस्ता कार्यक्रम गर्दै आएको विद्यालयले यस वर्ष पनि यसैलाई निरन्तरता दिएको प्रधानाध्यापक पुष्पसिंह थापामगरले जानकारी दिए। कार्यक्रम सभापति हिमाल कार्कीको सभापतित्वमा सम्पन्न भएको हो। 

Logo