आगामी शुक्रबार अल्फा बिटाले अष्ट्रेलियन एजुकेशन फेयर सञ्चालन गर्दै

आगामी शुक्रबार अल्फा बिटाले अष्ट्रेलियन एजुकेशन फेयर सञ्चालन गर्दै


अल्फा बिटाले पुस २३ गते अष्ट्रेलियन एजुकेशन फेयर सञ्चालन गर्ने भएको छ । नयाँ बानेश्वर स्थित आफ्नै भवन अल्फा बिटा कम्प्लेक्सको चौथो तल्लामा आयोजना हुन लागेको यस अष्ट्रेलियन एजुकेशन फेयरमा अष्ट्रेलियाका २० युनिभर्सिटी तथा कलेजको सहभागिता हुने अल्फा बिटाका सिइओ तथा प्रेसिडेन्ट द्विराज शर्माले जानकारी दिए । 

प्रमुख अथितिका रुपमा नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसीटि वोल्क, सम्मानित अतिथिका रुपमा न्यूसाउथ वेल्सका लागि नेपालका महावाणिज्यदूत दीपककु्मार खडका, अस्ट्रेलियाका पूर्व नेपाली विद्यार्थी संघका अध्यक्ष रामहरी अर्याल लगायत S&S अकाउन्टिङ बीजनेस सर्भिसका संचालक तथा अल्फा बिटा ग्लोबल सिड्नीका निर्देशक गोबा कटुवालको पनि सहभागिता हुनेछ । 
नेपाली विद्यार्थीले सबैभन्दा बढि रुचाएका मध्येको एक गन्तव्यका रुपमा रहेको अष्ट्रेलियाका शहरहरु विश्वमै विकाशित तथा सुरक्षित मानिन्छन् । साथै, अष्ट्रेलियन युनिभर्सिटि तथा कलेजहरुले संसारभरि नै गुणष्तरता, नवीनता तथा समावेशितामा आफनो छुट्टै पहिचान बनाएका छन् । अन्तर्राष्ट्रिय आप्रबासीहरुलाई मनबाटै मित्रवत व्यबहार गर्ने अष्ट्रेलियन जनताहरु माझ नेपाली विद्यार्थीहरुले पनि हालसम्म राम्रो छाप पार्न सकिरहेका छन् ।

लामो समयसम्म कोभिडका कारणले आफ्ना अन्तर्राष्ट्रिय सिमाना बन्द गरेको अष्ट्रेलियाले गत डिसेम्बर १५ देखि कोभिडबिरुद्धको पु्रा डोज खोप लगाएका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आफ्ना सिमाना पुनः सुचारु गरेसँगै नेपाली विद्यार्थीहरुको अष्ट्रेलियाप्रतिको मोह झनै बढेको देखिन्छ। भर्खरै कक्षा १२ को नतिजा प्रकाशित भएको तथा विभिन्न संकायका ब्याचलर्स लेभलका नतिजा पनि चाडै नै प्रकाशित हुने भएकाले विद्यार्थीहरुले आफ्नो कोर्स इन्ट्री क्राइटेरीया, स्कलरसिप जस्ता विषयमा कलेज तथा युनिभर्सिटीका आधिकारीक व्यक्तिहरुसँग परामर्श लिन पाउनु अत्यन्तै राम्रो हुने शर्मा बताउँछन् । 

यस मेलामा अष्ट्रेलियन युनिभर्सिटी तथा कलेजहरुका साथै अङ्गेजी भाषा परिक्षण गराउने आइएलटिएस तथा पिटीईका आधिकारिक व्यक्तिहरु, इन्स्योरेन्स तथा बैंकहरुले पनि सहभागिता जनाउने छन् ।     
                                                                                     
मेलामा सहभागि हुन विद्यार्थी तथा अभिभावकहरुले कुनै पनि किसिमको शुल्क तिर्नु नपर्ने साथै अन्तर्राष्ट्रिय उच्च शिक्षाका बारेमा कुनै पनि किसिमका जानकारी लिन इच्छुक सबैले मेलामा सहभागि हुन सक्ने शर्माले बताए । 

Logo