माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना संक्रमणको दर बढेसँगै आइतवार कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई दिएको सिफारिस अनुसार विद्यालय बन्द गर्न लागिएको हो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले माघ १५ गतेसम्म देशभरका सबै आधारभुत र माध्यमिक विद्यालय बन्द गर्नका लागि मन्त्रालयले सूचना जारी गर्ने बताए। उनले विदाको अवधिमा पनि सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयहरुले अनलाइन माध्यमबाट पठन पाठन जारी राख्नुपर्ने पनि बताए। 

उनले भने,–‘हालैका दिनहरुमा कोभिडको संक्रमण तिव्ररुपमा फैलिएका कारणले सिसीएमसीले माघ १५ गतेसम्म देशभरका सबै आधारभुत र माध्यमिक विद्यालयहरुमा बिदा दिने भनेर निर्णय गरेर हामीलाई सिफारिस गरेको छ । त्यो अनुसार हामी त्यसको कार्यान्वयनका लागि सूचना जारी गर्छौ । बिदाको अवधिमा विद्यालयहरुले अनलाइनबाट अथवा अरु माध्यमबाट जुन सिकाइ सहजीकरण निर्देशिका २०७७ छ, त्यो अनुसार विद्यार्थीका सिकाइ क्रियाकलाप जारी राख्नु पर्दछ।’

मन्त्रालयका प्रवक्ता शर्माले विद्यालय बन्द भएको बेलामा सबै विद्यालयहरुले १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई खोपको प्रवन्ध गरिने पनि बताए। विश्वविद्यालयका परीक्षाहरु भने सञ्चालन हुने उनले स्पष्ट पारे । उनले भने – ‘विश्वविद्यालयहरुको परीक्षाहरु, वार्षिक परीक्षा, सेमेष्टर परीक्षा जुन छ, त्यो भौतिक दुरी कायम गरेर, मास्क, सेनिटाइजर प्रयोग गरेर जेड आकारको बसाईको सिट प्लान गरेर चलाउने भन्ने छ। यी विषयमा सार्वजनिक सूचना जारी गर्छौं ।’

विद्यालय बन्द भएको बेलामा खोपलाई अभियानको रुपमा सञ्चालन गरिने उनले बताए।

यस्ता छन् कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रले गरेका सिफारिसहरू

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रले माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू बन्द गर्न सिफारिस गरेको छ। आइतबार बसेको बैठकले बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हाे।

१८ वर्ष मुनिका बालबालिकालाई मध्यनजर गरेर कक्षा १० सम्मका शैक्षिक संस्था बन्द गर्न सिफारिस गरिएको हो।

मिति २०७८।९।२५ CCMC का सिफारिशहरू

बैठकका सिफारिशहरु :
१. विश्व परिवेश र छिमेकी मुलुकहरुमा कोभिड १९ तीव्र रुपमा फैलिरहैको सन्दर्भलाई दृष्टिगत गरी सो को रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जनचेतना अभिवृद्धि, औषधि तथा
औषधिजन्य सामानहरु छिटो छरितो माध्यमबाट खरिद तथा आपूर्ति व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिश गर्ने ।

२.सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने । त्यस्तै नगरी नहुने नियमित
कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत् लेखि पठाउन सिफारिश गर्ने।

३. सार्वजनिक स्थानहरुमा (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको vaccine लगाएको कार्ड ( मोवाइलमा फोटो
भएपनि हुने। साथमा राख्ने र ति निकायहरुले खोप कार्ड हरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने व्यवस्थाका लागि सबै DCMC लाई गृह मन्त्रालय मार्फत् सिफारिश
गर्ने ।

४. माघ ३ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने 

५. देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुले आगामी माघ १५ सम्म हिउँदे विदा दिन र सबै अभिभावक वर्गहरुमा आफ्ना छोरा छोरी विद्यालय नपठाउन अनुरोध गर्ने गरी सूचना गर्ने । हिउँदे विदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समुहका खोपको पूर्ण मात्रा नलगाएका शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने र जिल्ला खोप समन्वय समितिले प्राथमिकताका साथ अभियान संचालन गर्न सहजीकरण गर्ने । यस कार्यमा प्रदेश सरकारहरु सहयोग र सहजिकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत् तथा सबै स्थानीय तहहरुलाई विगतमा झैं आवश्यक सहयोग तथा सहजिकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् अनुरोध गर्ने ।

६. नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने र त्यस्तो परीक्षणबाट Positive देखिएकाहरुलाई तत्काल संस्थागत आईसोलेसन (होल्डिङ्ग सेन्टर, होटेल आदि) मा राख्न सम्बन्धित DCMC ले समन्वय गर्ने र विगतमा भएको अभ्यास अनुरुप भुक्तानी गर्ने स्रोत सुनिश्चताको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने ।

७.सार्वजनिक स्थाहरुमा निशुल्क एन्टीजेन टेस्ट वुथहरु स्थापना गर्ने र नियमित खोप केन्द्रहरुमा खोपलाई अभियान कै रुपमा अगाडि बढाउने ।

८. विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी जेड आकारमा वसाई व्यवस्था गरी संञ्चालन गर्ने । परीक्षा केन्द्रमा मास्क र स्यानिटाइजनको प्रयोग अनिवार्य गर्ने र भौतिक दूरीको प्रावधान कडाईका साथ परीपालना गर्ने ।

९.पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरि उडान तालिका मिलाउने र माघ ३ गते पछि आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने।

१०. नेपाल सरकारबाट २०७८।८।१३ र २०७८।९।८ मा जारी आदेशलाई अध्यागमन विभागबाट ट्राभल एडभाईजरी जारी गर्दा देहाय अनुसार थप स्पष्ट पार्ने ।

क. पूर्ण मात्रा खोप लगातो र वोडिङ्ग पास जारी हुनु भन्दा ७२ घण्टा भित्रको PRive भएको यात्रुलाई विदेशबाट नेपाल प्रवेशको लागि सम्बन्धित वायुसेवाले बोडिङ्ग पास जारी काड हुने यात्रुलाई मात्र बाडिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने।

ख. कोभिड-१९को नयाँ ओमिक्रोन भेरियन्टको पहिलो पटक संक्रमण पहिचान भएका दक्षिण अफ्रिका लगायत ९ (नौ देशहरुबाट नेपाल आउने वा ती मुलुकहरुमा ट्रान्जिट बनाई
नेपाल यात्रा गर्ने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल राहदानी वाहक वा आवासीय प्रवेषाज्ञा प्राप्त यात्रुहरुको हकमा मात्र क्वारेण्टिन तथा आईसोलेसनको व्यवस्था लागू हुने ।

११. अध्यागमन विभागले ट्राभल एड्भाइजरी सूचना जारी गर्दा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने । त्यस्तो सूचनामा जारी भएको निश्चित मिति, समय र अवधि (duration) पछि मात्र लागु गर्ने व्यवस्था मिलाउने ।

१२. कोभिड-१९ संक्रमणको स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ र एकीकृत कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना, २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई गृह मन्त्रालय मार्फत् निर्देशित गर्ने ।

१३. समाजमा ओमिक्रोन लगायतका भेरियन्टको प्रभाव र ध्यान दिनुपर्ने विषयमा स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तित्वहरु मार्फत नागरिकस्तरमा सकारात्मक सूचना जानकारी उपलब्ध गराउने कार्यमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पहल गर्ने ।
 

Logo