प्रोटोकल पालना नभए त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

प्रोटोकल पालना नभए त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानिटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरूमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका हुन् । 

मुख्यसचिव शंकर दाश बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए÷नभएको अनुगमन गर्न निर्देशन दिएका हुन् । 

प्रधानमन्त्रीले परीक्षा हलमा सामाजिक दूरी कायम नगरेको र स्यानिटाइजर एथेष्टमात्रामा नभएको पाइएका केही हप्ता परीक्षा स्थगितसमेत गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन दिएका छन् । 

Logo