गेट कलेजको ‘गेट ओपन हाउस डे’, सत प्रतिशतसम्म स्कलरसिप

गेट कलेजको ‘गेट ओपन हाउस डे’, सत प्रतिशतसम्म स्कलरसिप


टुरिजम एण्ड हस्पिट्यालिटि कलेजहरूमा आफूलाई अब्बल साबित गर्दै आएको ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिट्यालिटि एजुकेशन अर्थात गेट कलेजले ‘गेट ओपन हाउस डे’ को आयोजना गर्ने भएको छ । कार्यक्रम आगामी माघ १६ गते (आइतबार) काठमाडौंको मण्डिकाटारस्थित कलेजको प्रङ्गडमा हुने कलेजले जानकारी दिएको छ ।

कार्यक्रममा गेट कलेजकै पूर्व विद्यार्थी तथा जीएम अफ दी एयर २०२१ बाट सम्मानित भएका उपेन्द्रराज भारतीले उपस्थित विद्यार्थीहरूलाई टुरिजम र हस्पिटालिटिका बारेमा जानकारी दिने छन् । जसबाट विद्यार्थीहरू आफूले पढ्ने विषय, कलेजको वातावरण तथा विशेषताहरू सहित पढाइ पछि बजारमा कसरी स्थापित हुन सकिन्छ भन्ने विषयमा दुबिधामुक्त हुने कलेजको विश्वास रहेको छ ।

कार्यक्रमलाई दुई बटा सेसनमा  विभाजन गरिएको कलेजका जीएम सुदर्शन पौडेलले जानकारी दिए । उनले भने ‘यस किसिमको कार्यक्रमबाट ब्याचलर सुरू गर्ने तयारी गरीरहेका विद्यार्थीहरूमा भएको दुबिधा समाधान हुनका साथै उनीहरूले आफ्नो क्षमता अनुसारको स्कलरसिप समेत प्राप्त गर्न सक्नेछन् । जसमा विद्यार्थीहरूले आफूले कति प्रतिशत स्कलरसिप पाउँछु भन्ने पनि तत्कालै थाह पाउने छन् । कार्यक्रम ११ र २ बजे गरी दुई चरणमा हुनेछ ।’

यसरी कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूसँग अन्तरवार्ता गरिने र सोही आधारमा स्कलरसिप दिइने कलेजले जनाएको छ । जसमा विद्यार्थीको क्षमता अनुसार उनीहरूले सत प्रतिशतसम्म स्कलरसिप पाउनेछन् । कलेजले यसअघि सन् २०१५ मा समेत यस प्रकारको कार्यक्रमको आयोजना गरेको थियो ।

त्यसो त गेट कलेज आफैमा टुरिजम र हस्पिट्यालिटी क्षेत्रमा स्विस डिग्री तथा स्विस अवधारणामा केन्द्रित शिक्षा दिने एसियामै पहिलो कलेजका रूपमा रहेको छ । गेट कलेज हस्पिट्यालिटी क्षेत्रमा अन्तर्राष्ट्रिय अवार्ड पाउने नेपालको पहिलो शैक्षिक संस्था समेत हो ।

Logo