‘ह्वाइट हाउस लिटरेचर फेस्टिबल’ सम्पन्न

‘ह्वाइट हाउस लिटरेचर फेस्टिबल’ सम्पन्न


काठमाडौंकाे तिनकुने, सुविधानगरमा रहेको हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजद्वारा आयोजित दुई दिने ‘ह्वाइट हाउस लिटरेचर फेस्टिबल’ सम्पन्न भएको छ ।

युवा विद्यार्थीहरूलाई शिक्षाका साथै साहित्य, संगित र राजनीतिमा समेत अब्बल बनाउने उद्देश्यका साथ आयोजना गरिएको उक्त फेस्टिबलमा बहस र छलफल भएको थियो ।

कार्यक्रमको पहिलो दिनमा महानायक राजेश हमाल, गायिका इन्दिरा जोशी, साहित्यकार नयनराज पाण्डे, युवा नेताहरु सुरेन्द्र बस्नेत र मानुषी यामी भट्टराई, हाँस्य कलाकार राजा राजेन्द्र पोखरेल र सिनेकर्मी मीन भामका साथै पत्रकार उमेश चौहानको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई बुक हिल पब्लिकेशनका अध्यक्ष भूपेन्द्र खड्काले सहजिकरण गरेका थिए ।

त्यस्तै दोस्रो दिनको कार्यक्रममा काविहरु कुमार नगरकोटी, विप्लव प्रतीक, शीतल कादम्बिनी, शुदेश सत्याल, हेमप्रभाष, रुपक अलंकार र जय गौडेलको उपस्थिति रहेको थियो । अतिथि कविहरुले युवा विद्यार्थीहरू माझ आफ्नो सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रमका मुख्य वक्ताका रूपमा राजनीतिज्ञ मिलन पाण्डे रहेका थिए भने दोस्रो दिनको कार्यक्रमलाई सञ्चारकर्मी दीपक सापकोटाले सहजजिकरण गरेका थिए ।

फेस्टिभलको आयोजक समेत रहेको हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज शिक्षा क्षेत्रमा हिमाल जस्तै उच्च र अटल छ। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज २१ वर्षअघि स्थापना भएको हो । यस कलेजले म्यानेजमेन्ट र टेक्नोलोजीको क्षेत्रमा गुणस्तरीय शिक्षा दिएर छुट्टै छाप छोड्न सफल भएको छ ।  फेस्टिबल बुधवारसम्म चलेको थियो ।

Logo