युनिग्लोब कलेजको आयोजनामा ‘९ औँ युनिग्लोब अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन’ सुरु (भिडियाे)

युनिग्लोब कलेजको आयोजनामा ‘९ औँ युनिग्लोब अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन’ सुरु (भिडियाे)


युनिग्लोब कलेजको ९ औँ अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन सुरु भएको छ । बुधवारबाट सुरु भएको उक्त सम्मेलनमा अन्य ८ मुलुकका विद्वान व्यक्तिहरूको उपस्थिति रहेको छ । कार्यक्रममा कलेजका करिब ७ सय विद्यार्थीहरूको उपस्थिति रहेको छ ।

कार्यक्रमको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति डा प्रेमनारायण अर्यालले गरेका थिए भने विशिष्ट अतिथिका रूपमा पोखरा विश्वविद्यालयकै राजिष्टार दीपक बहादुर भण्डारीको समेत उपस्थिति रहेको थियो ।

उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न देशका विद्वानहरू सामु आफ्नो अनुसन्धानात्मक प्रतिवेदन पेस गरेका छन् । जसमा २७२ जना अनुसन्धानकर्ताहरूले १५२ बटा प्रतिवेदन पेस गर्ने कलेजका प्रधानाध्यापक नरबहादुर विष्टले जानकारी दिए । ‘विद्यार्थीहरूले तयार पारेको प्रतिवेदनमा देखिएका कमी कमजोरीहरूलाई अन्तर्राष्ट्रिय स्तरबाट आउनुभएका व्यतीहरुले औँल्याइदिनुहुनेछ । जसपछि तयार भएको प्रतिवेदनलाई युनिग्लोब कलेजले तयार पार्ने ४ वटा जर्नल मार्फत प्रकाशित गर्छौ र विभिन्न ठाउँमा वितरण गर्छौ ।’

नेपालको विभिन्न संस्थाहरूमा कस्तो पोलिसि वा कुन कुन कुराको आवश्यकता छ भनेर पत्ता लगाउनु यो प्रतिवेदनको उद्देश्य रहेको छ । त्यसका साथै यस कार्यक्रमबाट विद्यार्थीहरूले अनुसन्धान गर्न सिक्ने, उनीहरूका लेखहरू अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने र विद्यार्थीको प्रतुतिकरण क्षमता अभिवृद्धि हुनेमा कलेज विश्वस्त रहेको छ ।

कलेजद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन पाएकोमा विद्यार्थीहरू समेत हर्षित देखिन्छन् । सम्मेलनमा पहिलो पटक सहभागिता जनाएकी विद्यार्थी कब्या भट्टले भनिन ‘यसलाई मैले अवसरको रूपमा लिएको छु । ब्याचलर्स सकेपछि अन्य मुलुकमा मास्टर गर्नुप¥यो पनि हामीले अन्तर्राष्ट्रिय साटिफिकेट पाएका छौँ । त्यसले धेरै नै सहयोग गर्छ जस्तो लाग्छ ।’

त्यस्तै अर्का विद्यार्थी सन्तोषकुमार साहले कार्यक्रममा सहभागी भएर आत्मविश्वास बढेको बताएका छन् । उनले भने ‘कार्यक्रमले आत्मविश्वाससँगै केही कुरा सिक्ने मौका मिलेको छ । आज पाउने सर्टिफिकेटले भोलि बजारमा प्रतिस्पर्धा गर्न समेत सहयोग गर्नेछ ।’

त्यस्तै अर्की विद्यार्थी कृत्तिमा रिमालले उक्त सम्मेलन बाट धेरै कुराहरू सिक्ने मौका मिलेको बत्ताएकी छन् । उनले भनिन् ‘धेरै देशहरूबाट विद्वान व्यक्तिहरूको उपस्थिति रहेको छ । उहाँहरूको सुझावको आधारमा हामीलाई धेरै सहयोग मिलेको छ । मैले प्रस्तुत गरेको प्रतिवेदनमा पनि कमीकमजोरी सुधार्ने मौका पाए । खुसी लाग्यो ।’

कलेजले यसअघि आयोजना गरेका सम्मेलनहरुबाट विद्यार्थीहरूले राम्रो लाभ लिन सकेको कलेजको बुझाइ रहेको छ । युनिग्लोब एक मात्र यस्ता कलेज हो जसले हरेक वर्ष यस किसिमको सम्मेलनको आयोजना गर्दै आएको छ । उक्त सम्मेलन दुई दिनसम्म चल्नेले कलेजनले जनाएको छ ।

‘९ औँ युनिग्लोब अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन’ सुरु

‘९ औँ युनिग्लोब अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन’ सुरु

Posted by Kendrabindu – केन्द्रबिन्दु on Wednesday, 6 April 2022

Logo