सेन्ट लरेन्स कलेजका प्रिन्सिपल महर्जन राष्ट्रिय शिक्षा सम्मान २०७९ द्वारा सम्मानित

सेन्ट लरेन्स कलेजका प्रिन्सिपल महर्जन राष्ट्रिय शिक्षा सम्मान २०७९ द्वारा सम्मानित


सेन्ट लरेन्स कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जन राष्ट्रिय शिक्षा सम्मान २०७९ द्वारा सम्मानित भएका छन् । 

लामो समयदेखि शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै फोकस नेपाल संस्थाद्वारा उनलाई सम्मान गरिएको हो । 

नयाँ वर्ष तथा लोकतन्त्र दिवसको अवसरमा शनिबार राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रमको आयोजना गर्दै सो संस्थाले प्रिन्सिपल महर्जनलाई सम्मान गरेको हो । 

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रिन्सिपल महर्जनलाई सम्मान गरेका हुन् । कार्यक्रममा पूर्वमन्त्री दिनानाथ शर्मा र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल लगायतको उपस्थिती रहेको थियो । 

Logo