निजी शैक्षिक संस्थाहरुले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने

निजी शैक्षिक संस्थाहरुले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने


निजी शैक्षिक संस्थाहरुले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् । हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरुमा मानसिक प्रेसर पर्ने र अध्ययन पठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरुले सरकारले यस निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । 

सरकारले  उनीहरुले सरकारले निजी शैक्षिक क्षेत्रसँग बिना कुनै छलफल र परामर्श नगरी अचानक अव्यवहारि निर्णय गरेको उनीहरुको गुनासो छ । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले  निजी शैक्षिक संस्थाहरुसँग बिना कुनै छलफल हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय नमान्ने बताए । 

उनले हप्तामा दुईदिन बिदा दिँदा विद्यार्थीहरुमा मानसिक प्रेसर पर्ने र पढाएको नबुझ्ने उल्लेख गर्दै सरकारको निर्णय मान्न नसक्ने बताए ।   महासचिव भण्डारीले सरकारले दिने सर्वाजनिक बिदा पनि धेरै रहेको र सार्वजनिक बिदाको कटौती नगरी हप्ताको दुई दिन बिदा दिँदा पाठ्यक्रम पढाउन नसकिने स्पष्ट पारे । उनले सरकारले दुई दिन बिदा दिने कुराको वास्तविक कारण पनि नदिएकोले निजी शैक्षिक संस्था शनिवार बाहेकका दिनमा खुल्ने बताए । 

महासचिव भण्डारीले भने, ‘यो अपर्झट निर्णय आएको छ । यसको कुनै छलफलमा हामी सहभागी छैनौँ । हिसानको महासचिको हैसियतले भन्दा त्यसमा हामी सहभागी छैनौँ । शनिवार र आईतवार बिदा हुने हो भने हामीले रेगुलर रुपमा जुन कोर्ष करिकुलम हामीले मेन्टन गर्नुपर्छ । त्यो मेण्टन गर्ने कुरा हाम्रा अरु सार्वजनिक बिदाहरुले सम्भव छैन । निजी संस्थाहरुको हकबाट भन्दा हामीले अहिले कसरी जाने, के गर्ने भन्ने धारणामा वृहत रुपमा छलफल नै हुन पाएको छैन । यो निर्णय अपर्झट आएको कारणले गर्दा हामीले यसको बारेमा छलफल गर्नु आवश्यक छ । तर हामीलाई त्यो समय नै पुग्दैन । अरु सार्वजनिक बिदा धेरै छन् । सार्वजनिक विभिन्न बिदा नहुने हो भने यो बिदालाई स्वीकार्नु हुन्थ्यो । तर हामी समयलाई व्यवस्थापन गरेर दिनलाई बिदामा परिणत गरिरहेका छौँ । पहिला पनि अभ्यास त भएको थियो तर यो सम्भव छैन भन्ने लाग्छ । हामी कन्टिन्यू पढाउँछौँ ।’

त्यस्तै राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघका सचिव विष्णु पराजुलीले सरकारले निजी क्षेत्रसँग छलफल नै नगरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै आपत्ति जनाए । 

Logo