हावाहुरीले स्कुलको छानो उडायो

हावाहुरीले स्कुलको छानो उडायो


बुधबार राति आएको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका-७ ऐरीगाउँ दलित टोलमा रहेको लटिनाथ आधारभूत विद्यालयको छानो उडाएको छ। वर्षासँगै आएको हावाहुरीले उक्त विद्यालयको दुई कोठाको जस्तापाता उडाएको हो। 

अहिले विद्यालय बन्द भए पनि स्कुल खुल्ने बेला वर्षात हुने भएकाले बालबालिकाकाे पठनपाठनमा समस्या हुने स्थानीय पुरनसिंह ऐरले बताए। 

उक्त विद्यालयमा हाल कक्षा तीनसम्मको पढाइ हुन्छ भने करिब ६० जना विद्यार्थी छन्। छानो उडाउँदा जस्तापाताहरू छरिएका छन्। छरिएको सामग्री व्यवस्थापन नभए चोरी हुने सम्भावना पनि छ।

Skip This
Logo