१५ दशमलव ८२ अंकले घट्याे नेप्से

१५ दशमलव ८२ अंकले घट्याे नेप्से


साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार घटेको छ। आज बजार दोहोरो अंकले घटेको छ। शेयर बजार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ८२ अंकले घटेर २ हजार २२३ दशमलव ७८ बिन्दुमा पुगेको हो।

त्यस्तै, ठूला कम्पनीको कारोबार मापक नेप्से परिसूचक ३ दशमलव ४० अंकले घटेर ४३३ दशमलव ०७ अंकमा पुगेको छ।

आज २२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २९ करोड ८९ लाख ५ हजार ५९० रुपैयाँको कारोबार भएको छ।

कुल १३ उपसमूहमा एउटा मात्र सूचक हरियो बनेको छ भने १२ वटा सूचकको शेयर मूल्य घटेको छ।

आज ३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४६ कम्पनीको मूल्य घटेको छ।

Logo