मुगुमा पाठ्यपुस्तक छिटो ल्याउन नेविसंघको माग

मुगुमा पाठ्यपुस्तक छिटो ल्याउन नेविसंघको माग


मुगुमा पाठ्यपुस्तक यथाशीघ्र ल्याउन नेपाल विद्यार्थी संघ मुगुले माग गरेको छ ।  नेविसंघ मुगुले मुगुमा छिटोभन्दा छिटो पाठ्यपुस्तक ल्याउन माग गरेको हो ।  शैक्षिकसत्र सुरु भएको दुई महिना हुन सक्दा पनि मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन ।

जिल्ला शिक्षा समन्वय इकाइ मुगुलाई ज्ञापनपत्र बुझाएर नेविसंघले तत्काल पाठ्यपुस्तक ल्याउन माग गरेकाे संघ मुगुका संयोजक सोविन्द्र बहादुर मल्लले बताए ।  

उनका अनुसार शैक्षिक सत्र सुरु भइसक्दा पनि हालसम्म मुगुमा पाठ्यपुस्तक नपाउँदा विद्यार्थी मर्कामा परेपछि ध्यानाकर्षण पत्र बुझाएका हाैँ । तत्का पाठ्यपुस्तक नआए सशक्त रुपमा आन्दोलन उत्रिने नेविसंघले चेतावनी दिएको छ ।   

मुगुमा सामुदायिक तथा निजी गरी १४० विद्यालयमा अध्ययनरत १७ हजार विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक खरिदका लागि २८ लाख ४९ हजार ९७ रुपैयाँ  सम्बन्धित विद्यालयको खातामा पठाइसकिएको छ । पाठ्यपुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले हालसम्म पनि पुस्तक जिल्लामा ल्याउन सकेकाे छैन । 
 

Avatar

 

तस्विर ः नेपाल विद्यार्थी संघ मुगुले निकालेको ध्यानाकर्षण पत्र

Logo