त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको माग गर्दै विद्यार्थीहरुको बिरोध

त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको माग गर्दै विद्यार्थीहरुको बिरोध

केन्द्रबिन्दु संवाददाता
0
Shares

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणको माग गर्दै  विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् । मंगलवार कलेज अगाडि विद्यार्थीले क्याम्पसको पुनर्निर्माणको माग गर्दै सडकमै पढेर बिरोध जनाएका हुन्।

क्याम्पसका भौतिक संरचनाको पुनर्निर्माण हुन नसक्दा विद्यार्थी जीर्ण कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन् । कलेजमा अध्ययनरत विद्यार्थी भवन कुनबेला भत्किन्छ भन्ने डरमा पढ्नुपरेको बताउँछन् । भवनका कक्षाकोठामा पानी परेको बेला पानी चुहिने गरेको उनीहरुले बताए । अध्ययनका लागि क्याम्पस पस्ने विद्यार्थीको संख्या बढीरहे पनि भवन भत्किएर खस्ने हो कि भन्ने डरमा कलेजमा बस्नै डर लाग्न थालेको विद्यार्थीको गुनासो छ । उनीहरुले राज्य सत्तामा पुगेपछि आफैँले पढेको घर बिर्सिने परिपाटी रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले यसमा कुनै चासो नदिएको बताए ।

उनीहरुले नजिकै रहेको धरहरा र रानीपोखरी बन्दा विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्ने र विद्यार्थीलाई योग्य बनाउने शैक्षिक संस्था बन्न नसक्नु दुःखद् रहेको बताए । प्रदर्शनका क्रममा बोल्दै त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी गोविन्द कोईरालाले २०७२ सालको भूकम्पपछि रातो स्टिकर लगाएर राखिएको भवन निर्माणको काम अहिलेसम्म शुरु नहुँदा कक्षा कोठाको अभाव भएको र विद्यार्थीहरुले उठेर पढ्नुपर्ने बाध्यता रहेको बताए ।

उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माणको जिम्मा पाएको र गत वर्षसम्म नबनाएपछि शिक्षा मन्त्रालयले नै भवन निर्माण गर्ने जिम्मा पाएपनि अहिलेसम्म कुनै पहलकदमी नभएको बताए ।  
 

Logo