सुदूरपश्चिम विश्वविद्यालयले यसै वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गर्छ : देउवा

सुदूरपश्चिम विश्वविद्यालयले यसै वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गर्छ : देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले यसै वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गर्ने बताएका छन । विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले सो बताएका हुन् ।  
 
विश्वविद्यालयले सुदूरपश्चिमका निम्न र मध्य आय भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेको बताउँदै देउवाले गुणस्तरीय जनशक्ति उत्पादनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘विश्वविद्यालय समयअनुसार शैक्षिक र व्यवस्थापकीय सुधार हुन आवश्यक छ,’ उनले भने, ‘आउँदा केही वर्षमा मुलुककै उत्कृष्ट संस्था बन्नेमा आशावादी छु ।’ समारोहमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित भएका छन । यस्तै ‘ग्रेस लिस्ट’मा रहेका एक हजार ५५८ विद्यार्थी पनि दीक्षित भएका छन ।

Logo