अपूरो पाठ्यपुस्तक तत्काल ल्याउन नेविसंघ मुगुको माग

अपूरो पाठ्यपुस्तक तत्काल ल्याउन नेविसंघ मुगुको माग


मुगुमा अपूरो पाठ्यपुस्तक यथाशीघ्र ल्याउन नेपाल विद्यार्थी संघ मुगुले माग गरेको छ । नेविसंघ मुगुले बाँकी रहेका स्थानीय तहअन्तर्गत रहेका विद्यालयहरूमा छिटोभन्दा छिटो पाठ्यपुस्तक ल्याउन माग गरेको हो ।

शैक्षिकसत्र सुरु भएको करिब एक महिना बढि भई सक्दा पनि मुगुमा हालसम्म पूर्ण रुपमा पाठ्यपुस्तक आइपुगेको छैन । छायाँनाथ रारा नगरपालिका भित्रका विद्यालयहरूमा अपूरा किताब पुगेका छन् ।  
सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका विद्यालयहरूमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेका छैनन् । नगरपालिका र मुगूम कार्मारोङ्ग गाउँपालिकामा पूर्ण रुपमा किताब पुगेका छैनन् भने खत्याडका ४१ र सोरु गाउँपालिकाका ४१ वटा विद्यालयमा अझै पाठ्यपुस्तक नपुगेकाले ७ हजार विद्यार्थीको भविष्यमाथि खेलबाड भएको नेपाल विद्यार्थी संघ मुगुका संयोजक सोविन्द्र मल्लले बताए । उनले विज्ञप्ति जारी गर्दै मुगुमा अपूरा पाठ्यपुस्तक चाँडो ल्याउन ध्यानाकर्षण गरेका छन् ।

 

Skip This
Logo