एसईईको नतिजा असार ३२ गते सार्वजनिक हुने

एसईईको नतिजा असार ३२ गते सार्वजनिक हुने


यस वर्षको कक्षा १० (एसईई) को नतिजा असार ३२ गते सार्वजनिक हुने भएको छ । 
एसईईका परीक्षा नियन्त्रक अर्जुन रायामाझीका अनुसार यस अघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यसवर्ष करिब दुई महिनामै हुन लागेको हो । 
कार्यालयका अनुसार, हाल उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न गरी सम्परिक्षणको काम समेत अन्तिम चरणमा पुगेको छ भने कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्ने लगायतका काम भइरहेको छ । सम्पुर्ण काम सकेर असारको अन्तिम दिन अर्थात् असार ३२ गते नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक रायामाझीले बताए ।
कार्यालयले कार्ययोजना नै बनाएर नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । जसअनुसार, असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने उल्लेख छ । 

गत वैशाख ९ गते शुरु भएको एसईई परीक्षा २० गते सकिएको थियो ।  

Logo