सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई थुनामा पठाउन अदालतको आदेश

सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई थुनामा पठाउन अदालतको आदेश


चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुव्र्यवहार गरेको घटनाका आरोपी दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले मंगलबार कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार ज्ञानेन्द्र इटनीले बताए ।
कलेजका विद्यार्थीलाई शिक्षक अधिकारीले ‘आफू श्रीमतीबाट सन्तुष्ट नभएको’ बताउँदै यौन सम्बन्ध राख्ने प्रस्ताव गरेको जेठ पहिलो साता विद्यार्थीहरुले सार्वजनिक गरेका थिए । कलेज प्रशासनले कारबाही गर्न तादरुकता नदेखाएपछि उनीहरुले प्रदर्शन नै गरेका थिए ।

त्यसपछि प्रहरी वृत्त, गौशालाले दुवैजनालाई पक्राउ गरेको थियो ।

Logo