‘कर्मठ नेपाली’ पुस्तक सार्वजनिक

‘कर्मठ नेपाली’ पुस्तक सार्वजनिक


विविध क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको जीवनी समेटेर तयार पारिएको पुस्तक ‘कर्मठ नेपाली’ सार्वजनिक भएको छ । 

आ–आफ्नो क्षेत्रमा रहेर उल्लेख्य एवं विशिष्ट योगदान पुर्याएका नौ जना उदाहरणीय व्यक्तिका निजी तथा सामूहिक जीवनका कथा पुस्तकमा पढ्न पाइन्छ ।

यसमा कलाकार नीर शाह, सुनील पोखरेल, कार्टुनिस्ट वात्स्यायान, कवि श्रवण मुकारुङ, शिक्षासेवी भोलानाथ शर्मा, समाजसेवी इन्दिरा राना मगर, प्रकृति संरक्षणकर्ता कमलजंग कुँवर, वित्तीय क्षेत्रकी सुचिता खनाल र तेक्वान्दो खेलाडी संगीना वैद्यका सांगोपांग जीवनलाई लिपिबद्ध गरिएको छ ।
हरेकको बाल्यकाल, जीवनसंघर्ष र सामाजिक सत्कर्मसँगै अहिलेसम्म नखुलेका र नलेखिएका जीवनकथा पनि पाठकले पढ्न पाउनेछन् ।

लेखक शरद चिराग र सन्तोष रिमालले उनीहरुसँग गरेका औपचारिक अनौपचारिक कुराकानीका आधारमा पुस्तक तयार पारिएको हो । उज्ज्वल प्रसाईंले सम्पादन गरेको पुस्तक वी रिडले प्रकाशन गरेको हो ।
 

Logo