२४ साउन २०७९ मंगलबार
1
1
1
1

४० बढी विश्वविद्यालयहरूको सहभागितामा ‘स्टडी इन इन्डिया एक्स्पो’ काठमाडौंमा सुरु

1
1
1
1
1

अफेयर्स नेपाल प्रालिको आयोजनामा काठमाडौंस्थित होटल ¥याडिसनमा बृहत शैक्षिक मेला सुरु हुदैँ छ । 

आजदेखि सुरु हुने दुई दिने ‘स्टडी इन इन्डिया एक्स्पो’ नामको सो शैक्षिक मेलामा भारतका ४० भन्दा बढी विश्वविद्यालयको सहभागित रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने दुविधा नहोस भन्ने हेतुले दुई सयभन्दा बढी कोर्सहरूका बारेमा जानकारी प्रदान गरिनेछ ।

नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो । शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरू, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरूका बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइनेछ । दुई दिनसम्म संचालन हुने मेलामा तीन हजार विद्यार्थीहरूले अवलोकन गरि भारतको नाम चलेका विश्व विद्यालयहरुको बारेमा जानकारी लिने अपेक्षा रहेको अफेयर्स नेपाल प्रालिका प्रवन्ध निर्देशक कुमार थपलियाले जानकारी दिए । 

नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो । शैक्षिक मेलामा विद्यार्थीहरूको रोजाइको विषय र भारतको नाम चलेका विश्वविद्यालयहरुको बारेमा जानकारी लिने अवसर एक्स्पोले गर्ने निर्देशक थपलिया बताए । भारतका प्रतिष्ठित विश्वविद्यालयका  पदाधिकारीहरूसँग प्रत्यक्ष कुराकानी गरी ४० वटाभन्दा बढी प्रमुख विश्वविद्यालयहरूको जानकारी हासिल गर्न सक्ने गरी शैक्षिक मेलाको आयोजना गरिएको हो ।

शिक्षा

प्रकाशित: १६ असार २०७९ ११:२० बिहीबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी