नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल खेल्ने

नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल खेल्ने


दुई एकदिवसीय श्रृंखलाका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल खेल्नेछ ।

खेल नेपाली समय अनुसार आज राति पौने ९ बजे हुनेछ । विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलाअघि नेपालले क्यानडाको भ्रमण गरेको हो । 
यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । ती दुवै खेल नेपालले जितेको थियो ।
यसैबिच मंगलबार नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ ।

किङ सिटी स्टेडियममा तय भएको खेल लगातारको वर्षाका कारण रद्द भएको हो ।
 
 

Logo