संसदीय छानविन समिति बनाउन माओवादी तयार

संसदीय छानविन समिति बनाउन माओवादी तयार


बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार भएको छ । 

आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । अर्थमन्त्री जनादर्न शर्माको दल माओवादी केन्द्र छानबिन समिति बनाउन सहमत देखिएको छ ।

Logo