बेस्ट २० ‘प्लस टु’

बेस्ट २० ‘प्लस टु’


छोराछोरीको शैक्षिक भविष्यलाई लिएर हरेक अभिभावक चिन्तित हुनु स्वभाविकै हो । एसइइ दिएर प्लस टूको खोजीमा भौतारिएका विद्यार्थी त यो समयमा झन धेरै ‘कन्फ्युजन’ मा रहन्छन् । कस्तो विषय रोज्ने ? कहाँ पढ्ने ? अबको शैक्षिक यात्रा कस्तो होला ? जस्ता थुप्रै प्रश्नले अभिभावक र विद्यार्थीलाई चिन्तित बनाएको हुन्छ ।

अभिभावक र विद्यार्थीमा देखिएको यिनै द्विविधा अन्त्य होस र उच्च शिक्षा अध्ययनमा सहयोग पुगोस भनेर हामीले यहाँ ‘बेस्ट २० प्लस टु’ को खोजी गरेका छौं । 

एकातर्फ  १० वर्षे अध्ययनपश्चातको बोर्ड परीक्षा पार गरेको अवस्था अर्कोतर्फ उपयुक्त शैक्षिक संस्था र विषयमाथिको द्विविधा । यसबाट पार लगाउन अभिभावकको चिन्ता र विद्यार्थी स्वयंको दौडधुप जायज नै देखिन्छ । माध्यमिक तहको शिक्षाका रूपमा कक्षा ११ र १२ लाई समेटिए पनि एसईई उत्तीर्ण अधिकांश विद्यार्थी राम्रो ‘प्लस टु’को खोजीमा हुन्छन् । राम्रा ‘प्लस टु’ को खोजीमा रहेका विद्यार्थी र अभिभावकलाई सहयोग पुगोस भन्ने उद्देश्यले यहाँ र्‍याकिंगको आधारमा ‘बेष्ट २० प्लस टु’ छनौट गरिएको छ । जसमा २९ वटा प्लस टु समेटिएका छन् ।

यसबाट पार लगाउन अभिभावकको चिन्ता र विद्यार्थी स्वयंको दौडधुप जायज नै देखिन्छ ।

कक्षा १२ सम्मलाई सरकारले माध्यमिक तहको मान्यता दिएपछि अहिले अधिकांश विद्यालयले सोहीअनुसारको अध्यापन गराउँदै आएका छन् । कतिपय शैक्षिक संस्थामा विद्यार्थीले एसईई दिएकै विद्यालयबाट कक्षा १२ को अध्ययन पूरा गर्छन् । तर कतिपय विद्यार्थी भने आफुले अध्ययन गरेको विद्यालय भन्दा उत्कृष्ट र नयाँ विषयको खोजीमा हुन्छन् । 

अभिभावक र विद्यार्थीमा देखिएको यिनै द्विविधा अन्त्य होस र उच्च शिक्षा अध्ययनमा सहयोग पुगोस भनेर हामीले यहाँ ‘बेस्ट २० प्लस टु’ को खोजी गरेका छौं । 

उत्कृष्ट शिक्षालयको रुपमा विगतमा विद्यार्थीको रोजाईमा परेका प्लस टु पनि यसमा समेटिएका छन् । पास आउट विद्यार्थीको पर्फमेन्स पनि एउटा आधार हो । तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद र हालको राष्ट्रिय परीक्षा बोर्डले ‘रिकग्नाइज’ गरेका प्लस टुलाई पनि यसमा समावेश गरिएको छ ।

हुन त, राम्रा ‘प्लस टु’ यी मात्र हुन् भनेर हामी ठोकुवा गर्दैनौं। विभिन्न मापदण्डका आधारमा यहाँ उल्लेख नभएका शैक्षिक संस्था पनि उत्कृष्ट हुन सक्छन्। तर, यहाँ उल्लेखित शैक्षिक संस्था विद्यार्थीका निम्ति सही शैक्षिक गन्तव्य हुनेमा भने ढुक्क रहँदा हुन्छ। 

राम्रो व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी, अनुभवी प्राध्यापक, पूर्वाधारमा लगानी, समय र परिवेश सुहाउदो पाठ्य सामग्रीले गर्दा यी शिक्षण संस्था अब्बल हुन भन्नेमा विश्वस्त हुन सकिन्छ। 

हामीले यहाँ प्रस्तुत गरेका राम्रा ‘प्लस टु’ माथि आफैं अध्ययन गरेर आफ्ना लागि कुन उपयुक्त हुन्छ भन्ने कुराको यकिन अभिभावक र विद्यार्थीले आफैं गर्न सक्छन् । शैक्षिक संस्थाको अध्यापन विधिबारे पूर्व विद्यार्थीको अनुभव र अध्ययनपछि उनीहरुले प्राप्त गरेको सफलताबाट पनि जानकारी हासिल गर्न सकिन्छ।

राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हासिल गरेको शैक्षिक परिणाम, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता हामीले नजिकबाट गरेको अध्ययन र अनुसन्धान, राम्रो ‘प्लस टु’ बन्न शिक्षण संस्थाले गरेको मेहनत, शिक्षण संस्थाबाट उत्पादित विद्यार्थीको ‘प्लेसमेन्ट’, अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको उपस्थितिलगायत मापदण्डका आधारमा राम्रा ‘प्लस टु’ छनोट गरिएको हो। 

राम्रा ‘प्लस टु’ को खोजीमा रहेका विद्यार्थी र अभिभावकलाई सहयोग पुगोस भन्ने उद्देश्यले यहाँ र्‍याकिंगको आधारमा ‘बेष्ट २० प्लस टु’ छनौट गरिएको छ ।

कतिपय अब्बल शिक्षण संस्था यस छनोट प्रक्रियामा सहभागी हुन अनिच्छुक देखिएकाले र्‍याङकिङमा समेटिएको छैन् । कम विद्यार्थी पढाएर शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालय पनि समाविष्ट छैनन्। यस्तै, विभिन्न वर्षका शैक्षिक परिणाममा ठूलो अन्तर देखिएका अर्थात्उतारचढावपूर्ण नतिजा देखिएका शैक्षिक संस्था पनि यसमा समाविष्ट छैनन्। 

छनौटको आधार

उत्कृष्ट ‘२० प्लस टु’ अन्तर्गत देशभरका २९ प्लस टुलाई छनौट गर्ने क्रममा विभिन्न मापदण्ड अपनाइएको छ । जसमध्ये प्रमुख मापदण्डको रुपमा लामो समयदेखि शैक्षिक गुणस्तरमा सम्झौता नगरी संचालनमा आएका प्लस टुलाई प्राथमिकतामा राखिएको छ । उत्कृष्ट शिक्षालयको रुपमा विगतमा विद्यार्थीको रोजाईमा परेका प्लस टु पनि यसमा समेटिएका छन् । पास आउट विद्यार्थीको पर्फमेन्स पनि एउटा आधार हो । तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद र हालको राष्ट्रिय परीक्षा बोर्डले ‘रिकग्नाइज’ गरेका प्लस टुलाई पनि यसमा समावेश गरिएको छ ।

राम्रो व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी, अनुभवी प्राध्यापक, पूर्वाधारमा लगानी, समय र परिवेश सुहाउदो पाठ्य सामग्रीले गर्दा यी शिक्षण संस्था अब्बल हुन भन्नेमा विश्वस्त हुन सकिन्छ। 

उत्कृष्ट प्लस टुको सूचीमा एकल कार्यक्रम प्लस टुमा मात्र केन्द्रित रहेर ‘एकल कार्यक्रम, एकल व्यवस्थापन,’ अन्तर्गत उत्कृष्ट शैक्षिक अध्यापन विधी अंगाल्दै आएको ‘प्रसादी एकेडेमी ललितपुर’ नम्बर एक स्थानमा छ भनें प्लस टु शिक्षाको पर्याय जस्तै बनेको काठमाडौं मोडल (केएमसी) बागबजार दोस्रो स्थानमा रहयो । यस्तै तेस्रो स्थानमा विद्यार्थीको आकर्षण बनेको सेन्ट जेभियर्स माइतिघर छनौटमा पर्‍यो । चौथो स्थानमा व्यवस्थापन संकायमा अब्बल कलेजको परिचय बनाएका एनसिसिएस पकनाजोल र ग्लोबल कलेज अफ म्यानेजमेन्ट बानेश्वर रहे ।

पाँचौ स्थानमा प्लस टु शिक्षामा आफ्नै बलियो ब्रान्ड बनाएको ट्रिनिटी इन्टरनेसनल कलेज छनौटमा पर्दा सिपसँगै शिक्षाको नारा लिएको पिनाकल एकेडेमी ललितपुर छैंटौं स्थानमा पर्न सफल भयो । यस्तै सातौं स्थानमा उपत्यका बाहिरका प्लस टुमध्ये सबैभन्दा अब्बल प्लस टु को रुपमा विराटनगरको मेरिल्यान्ड उमावि छनौट भयो । सातौं स्थानमै गुणस्तरिय शिक्षाका कारण आफ्नो गरिमामय परिचय बनाएको लाजिम्पाट स्थीत जेभियर एकेडेमी छनौटमा रहयो ।

कम विद्यार्थी पढाएर शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालय पनि समाविष्ट छैनन्। यस्तै, विभिन्न वर्षका शैक्षिक परिणाममा ठूलो अन्तर देखिएका अर्थात् उतारचढावपूर्ण नतिजा देखिएका शैक्षिक संस्था पनि यसमा समाविष्ट छैनन्। 

आठौं स्थानमा विद्यार्थीका प्रिय दुई शैक्षिक संस्थाहरु काठमाडौं बर्नहार्ट बल्खु र सिसिआरसी कोटेश्वर पर्न सफल रहे । यि प्लस टुबाट उत्पादित विद्यार्थीले हासिल गरेको उपलब्धीले उनीहरुको शैक्षिक गुणस्तरलाई पुष्टि गर्छ । यस्तै नवौं स्थानमा बराबरको नतिजाको आधारमा ३ वटा प्लस टुले स्थान बनाए । एकेडेमिक लिगेसी बोकेका लिटल एन्जल्स हात्तीवन, निष्ट नेसनल स्कुल अफ साइन्सेज लैनचौर र गोल्डेन गेट इन्टरनेसनल पुरानो वानेश्वर नवौं स्थानमा रहे ।

शैक्षिक क्षेत्रमा निरन्तर उत्कृष्ट परिणाम ल्याएका सेन्ट लरेन्स चावहिल र सेन्ट मेरिज ललितपुर दशौं स्थानको छनौटमा पर्न सफल भए । यस्तै थोरै अन्तरमा एघारौं स्थानमा उत्कृष्ट शिक्षासँगै ब्रान्डिङमा अग्रणी जेभियर इन्टरनेसनल, कालोपुल र काठमाडौं वर्ल्ड स्कुल गुन्डु छनौटमा रहे । यस्तै शैक्षिक क्षेत्रमा लामो समय देखि गुणस्तरिय शिक्षणविधीबाट आफ्नो अलग पहिचान कायम राख्न सफल मिनभवनस्थित भिएस निकेतन कलेज र पोखराको सामुदायिक उमावि सगरमाथा उमावि वाह्रौं स्थानमा पर्न सफल रहे ।

शैक्षिक संस्थाको अध्यापन विधिबारे पूर्व विद्यार्थीको अनुभव र अध्ययनपछि उनीहरुले प्राप्त गरेको सफलताबाट पनि जानकारी हासिल गर्न सकिन्छ।

तेह्रौं स्थानमा टपर च्वाइसको उपाधी पाएको हिमालयन व्हाइट हाउस इन्टरनेसनल तिनकुने छनौटमा रहयो । यस्तै चौंधौं स्थानमा उत्कृष्ट शैक्षिक फ्याकल्टी र अनुशाशित शैक्षिक वातावरण अब्बल नतिजा हासिल गर्दै अघि बढेको किस्ट कलेज कमलपोखरी समेटियो । पन्ध्रौं स्थानमा चार्टड एकाउन्टेन्टको लक्ष्य लिएर व्यवस्थापन संकायमा करिअर खोज्ने विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउने ब्रिजवाटर इन्टरनेसनल कलेज सिनामंगल पर्न सफल भयो ।

यस्तै शैक्षिक लिगेसी कायम राख्दै उत्कृष्ट शिक्षालयको परिचय बनाउन सफल नोबल एकेडेमी नयाँ वानेश्वर सोह्रौं स्थानमा रहदा शैक्षिक क्षेत्रमा बहुआयामिक हिसाबले अग्रसर नेपाल मेगा कलेज विजुलीबजार सत्रौं स्थानमा रहयो । शैक्षिक क्षेत्रमा आफ्नो वेग्लै पहिचान कायम राख्न सफल द टाइम्स कलेज अठारौं स्थानमा रहयो । हस्पिटालिटी एजुकेसनमा पायोनियर मानिएको आइएसटी कलेज ज्ञानेश्वर उन्नाइसौं स्थानमा छनौट भयो । उत्कृष्ट शैक्षिक फ्याकल्टी र गुणस्तरिय शिक्षण विधीका कारण नेपाल काष्ठमण्डप कलेजले बिसौं स्थान कायम गर्न सफल रहयो । 

उत्कृष्ट कलेजको सूचीमा अन्य ‘प्लस टु’

सैनिक आवासिय माध्यमिक विद्यालय, भक्तपुर, मोर्डन बोर्डिङ स्कुल, भक्तपुर, युनाइटेड एकेडेमी ललितपुर, एम्बिसन एकेडेमी बानेश्वर, एस मावि नयाँ बानेश्वर, पाठशाला बानेश्वर, सिद्धार्थ अंग्रेजी मावि बनेपा, रिलायन्स इन्टरनेसनल मावि चाबहिल, ख्वप उच्चमावि भक्तपुर, मदरल्यान्ड मावि पोखरा,  युनिग्लोब कलेज कमलादी, सगरमाथा मल्टिपल कलेज, डिल्लीबजार, मुनलाइट बोर्डिङ स्कुल ललितपुर, गोर्खा इन्टरनेसनल पब्लिक मावि घोराही, एभरेष्ट कलेज थापाथली, टेक्सास कलेज चाबहिल, डिएभी सुशिल केडिया विश्व भारती जावलाखेल, प्राइम कलेज नयाँ बजार, अर्किड कलेज चितवन, न्यु होराइजन मावि बुटवल, मोर्गन इन्टरनेसनल कलेज बसुन्धरा, ओमेगा इन्टरनेसनल ललितपुर, अरनिको विराटनगर लगायत छन् । 

राम्रो व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी, अनुभवी प्राध्यापक, पूर्वाधारमा लगानी, समय र परिवेश सुहाउदो पाठ्य सामग्रीले गर्दा यी शिक्षण संस्था अब्बल हुन भन्नेमा विश्वस्त हुन सकिन्छ। 

पछिल्लो समयमा भौतिक संरचनामा बृहत् लगानी गरेर आएका शैक्षिक संस्थालाई पनि उत्कृष्ट २० को सूचीमा प्राथमिकता दिइएको छ। 

१) प्रसादी एकेडेमी, ललितपुर 
२) काठमाडौं मोडल (केएमसी), बागबजार/बालकुमारी
३) सेन्ट जेभियर्स, माइतीघर
४) एनसीसीएस, पकनाजोल
४) ग्लोबल कलेज अफ म्यानेजमेन्ट, बानेश्वर
५) ट्रिनिटी इन्टरनेसनल कलेज, डिल्लीबजार
६) पिनाकल एकेडेमी, लगनखेल
७) मेरिल्यान्ड उमावि, विराटनगर
७) जेभियर एकेडेमी, लाजिम्पाट
८) काठमाडौं बर्नहार्ट, बल्खु
८) सीसीआरसी, कोटेश्वर
९) लिटल एन्जल्स हात्तीवन
९) निष्ट नेसनल स्कुल अफ साइन्सेज, लैनचौर
९) गोल्डेन गेट कलेज, पुरानो बानेश्वर
१०) सेन्ट लरेन्स कलेज चावहिल
१०) सेन्टमेरिज, ललितपुर
११) जेभियर इन्टरनेसनल कलेज, कालोपुल 
११) काठमाडौं वर्ल्ड स्कुल, गुन्डु
१२) भिएस निकेतन कलेज मीनभवन
१२) सगरमाथा उच्च मावि, पोखरा
१३) हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज, तिनकुने
१४) किस्ट कलेज, कमलपोखरी
१५) ब्रिज वाटर कलेज, सिनामंगल
१६) नोबल एकेडेमी, नयाँ वानेश्वर
१७) नेपाल मेगा कलेज, विजुली बजार
१८) द टाइम्स कलेज, डिल्लीबजार

१८) ट्रिटन इन्टरनेशनल कलेज, तीनकुने
१९) आइएसटी कलेज, ज्ञानेश्वर
२०) नेपाल काष्ठमण्डप कलेज, कलंकी

१) प्रसादी एकेडेमी, ललितपुर 

‘एकल कार्यक्रम, एकल व्यवस्थापन’ को अवधारणा सहित २५ वर्षअघि स्थापना भएको प्रसादी एकेडेमी प्लस टू शिक्षा दिने कलेजको भीडमा पृथक र अब्बल छ । यही मूलमन्त्रका कारण पनि प्रसादी सफल छ । कक्षा ११ र १२ विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन गराउने प्रसादी ‘प्लस टु’ अध्यापन गराउने अग्रणी शैक्षिक संस्था हो । 

प्रसादीको शैक्षिक परिणाम हरेक वर्ष उत्कृष्ट छ । प्रसादी एकेडेमी अनुशासित वातावरण र गुणस्तरीय पठन विधिका कारण पनि विद्यार्थी र अभिभावकमाझ बेग्लै छाप छाड्न सफल छ । 

दुई दशक लामो शैक्षिक परिणाममा आफूलाई सधैं अब्बल राख्न प्रसादीले शिक्षण विधिलाई समयअनुकूल परिमार्जन गर्ने गरेको छ ।

सर्वोत्कृष्ट शैक्षिक परिणामका आधारमा तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषदबाट सर्वोत्कृष्ट शैक्षिक संस्थाका रूपमा लगातार चार वर्ष सम्मानित यो संस्था पूर्ण रूपमा ‘प्लस टु’ एजुकेसनमा केन्द्रित छ । निश्चित कोटामा राम्रा विद्यार्थी भर्ना लिएर उच्च प्रतिफल हासिल गर्नु प्रसादीको मुख्य विशेषता हो । कलेजका फाउन्डर प्रिन्सिपल विक्रम राई प्रसादीले विद्यार्थीलाई पढाउनेभन्दा पनि कसरी पढ्ने भनेर सिकाउने दाबी गर्छन् । 

उत्कृष्ट शैक्षिक नतिजाका निम्ति अहोरात्र मेहनत गर्ने यो संस्थाले गुणस्तरीय शिक्षाका लागि ‘पूर्ण समय’ लगानी गरेको बताउने गरेको छ। त्यसैले ‘प्लस टु’मा निरन्तर ९७ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल छ प्रसादी।

अत्याधुनिक शिक्षण पद्धति, कुशल व्यवस्थापकीय समूह र दक्ष तथा अनुभवी शिक्षक यो संस्थाका विशेषता हुन्। दुई दशक लामो शैक्षिक परिणाममा आफूलाई सधैं अब्बल राख्न प्रसादीले शिक्षण विधिलाई समयअनुकूल परिमार्जन गर्ने गरेको छ ।

२) काठमाडौं मोडल (केएमसी), बागबजार/बालकुमारी

जीवनोपयोगी तथा प्रयोगात्मक शिक्षा आजको आवश्यकता भन्ने कुराको हेक्का काठमाडौं मोडल कलेज (केएमसी)लाई राम्ररी छ । यिनै आवश्यकतालाई केन्द्रमा राखेर काठमाडौँ मोडल कलेज २३ वर्षदेखि सञ्चालनमा छ । काठमाडौंको बागबजारमा रहेको केएमसी कलेज शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्‍याएको कलेज हो । 

आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण केएमसी, काठमाडौं उपत्यका भित्र रहेका कलेजमध्ये अब्बल दर्जाको कलेज हो । विगतलाई फर्केर हेर्ने हो भने यो कलेजले नेटवर्कभित्र प्लस टु पछि माथिल्लो लेभलसम्म युनिभर्सिटीको प्रोग्राम चलाएको छ ।

सफलताबारे विद्यार्थीले विभिन्न परीक्षामा ल्याएको उत्कृष्ट नतिजालाई नै काठमाडौँ मोडलको सफलताका रुपमा लिन सकिन्छ । जहाँ विज्ञान, व्यवस्थापन र मानिविकी संकायमा कक्षा ११ र १२ मा पढाइ हुन्छ ।

बागबजारमा रहेको काठमाडौं मोडलमा ‘प्लस टु’अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको पढाइ हुन्छ। विश्वविद्यालयका प्रवेश परीक्षामा काठमाडौँ मोडलका विद्यार्थीले पाएको निरन्तर सफलताले यसलाई गुणस्तरीय संस्थाका रूपमा स्थापित गरेको छ।

अन्तरक्रियात्मक पठनपाठनलाई अधिकतम महत्व दिने काठमाडौँ मोडलमा सुविधायुक्त छात्राबासका साथै उत्कृष्ट शिक्षण टोली छ। यही कारणले मुलुकभरका अब्बल विद्यार्थीले काठमाडौं मोडल रोज्छन्। 

सफलताबारे विद्यार्थीले विभिन्न परीक्षामा ल्याएको उत्कृष्ट नतिजालाई नै काठमाडौँ मोडलको सफलताका रुपमा लिन सकिन्छ । अनुशासित वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्न काठमाडौँ मोडल उचित विकल्प हो भन्नेमा द्विमत छैन ।

ललितपुरको बालकुमारीमा पनि काठमाडौं मोडल कलेज केएमसी रहेको छ । जहाँ विज्ञान, व्यवस्थापन र कानुन संकायमा कक्षा ११ र १२ मा पढाइ हुन्छ ।  

३) सेन्ट जेभियर्स, माइतीघर

‘उत्कृष्टता, नेतृत्व र सेवामा समर्पित’ हुने उद्देश्य लिएको सेन्ट जेभियर्सले ५ सय ४ भन्दा बढी विद्यार्थी भर्ना लिँदैन। कक्षा ११ मा विज्ञान संकाय मात्र अध्यापन गराउने यो संस्थाले ‘मेरिट’को आधारमा हजारौं विद्यार्थीबाट छनोट गरेर सीमित कोटामा भर्ना लिन्छ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तथा स्नातकोत्तर तहको अध्यापन गराउने भए पनि सेन्ट जेभियर्सको चिनारी भने ‘प्लस टु’मा यसले स्थापित गरेको ‘लेगेसी’ नै रहेको छ। 

विज्ञान, अनिवार्य गणित, ऐच्छिक गणित, र अंग्रेजीमा कम्तिमा ‘ए’ र अन्य विषयमा कम्तिमा ‘बी प्लस’ ल्याएका विद्यार्थीलाई मात्र भर्ना लिने संस्था हो सेन्ट जेभियर्स। विद्यार्थीले विज्ञान, गणित, अंग्रेजी र तर्कसम्बन्धी १०० प्रश्नको लिखित परीक्षा पास भएपछि अन्तर्वार्ताबाट भर्नाको अन्तिम सूची छनोट गरिन्छ।  

गुणस्तरीय फ्याकल्टी, आधुनिक प्रयोगशाला, आन्तरिक परीक्षाजस्ता कुरामा सेन्ट जेभियर्सले विशेष ध्यान दिने गरेको छ। अतिरिक्त क्रियाकलाप र काउन्सिलिङमा समेत उत्तिकै ध्यान दिँदै आएको यस संस्थाले नियमित आन्तरिक परीक्षा लिने गरेको छ। 

त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तथा स्नातकोत्तर तहको अध्यापन गराउने भए पनि सेन्ट जेभियर्सको चिनारी भने ‘प्लस टु’मा यसले स्थापित गरेको ‘लेगेसी’ नै रहेको छ। 

४) एनसीसीएस, पकनाजोल

‘साक्षर, प्रगतिशील र चेतन समाजको विकास’ लाई प्राथमिकतामा राखेको नेशनल कलेज अफ कम्प्युटर स्टडिज (एनपसिसिएस) पक्नाजोलमा २३ वर्षअघि खुलेको हो । 

एनसीसीएस स्नातक मात्रै नभई कक्षा ११ र १२ मा पनि अब्बल शैक्षिक संस्था हो । सूचना प्रविधि अध्यापनमा प्रख्यात एनसीसीएसले एनसीसीएस हायर सेकेन्डरी स्कुल र नेसनल क्रियटिभ एजुकेशनल स्कुलमार्फत् कक्षा १२ सम्मको अध्यापन गराउँदै आएको छ ।

दुई हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने एनसिसिएसमा खेलकुद, प्रोजेक्ट वर्क, सांस्कृतिक कार्यक्रम र शैक्षिक भ्रमण नियमित पढाइबाहेकका मुख्य गतिविधि हुन् ।

सीमित विषयमा मात्र अध्यापन गराउने भएकाले एनसीसीएसको नतिजा उत्कृष्ट पाइन्छ । एनसीसीएसले ९९ प्रतिशतसम्मको नतिजा निकालेको रेकर्ड छ । उच्च माध्यमिक तहमा व्यवस्थापन मात्रै अध्यापन गराउने एनसीसीएसमा भर्ना हुन एसइइ परीक्षामा कम्तीमा ‘बी’ ग्रेड ल्याउनुपर्छ । 

एनसीसीएसमा होटल म्यानेजमेन्ट पनि आकर्षणको विषय हो। त्यसका लागि किचेन, बार, रेष्टुरेन्टलगायत पूर्वाधार तयार गरी एनसीसीएसले शिक्षणपद्धतिलाई समयानुकूल परिवर्तन गर्दै लगेको छ ।  

दुई हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने एनसिसिएसमा खेलकुद, प्रोजेक्ट वर्क, सांस्कृतिक कार्यक्रम र शैक्षिक भ्रमण नियमित पढाइबाहेकका मुख्य गतिविधि हुन् ।

‘एक्स्ट्रा करिकुलर’मा पनि उत्तिकै जोड दिने यो कलेजले ‘को–करिकुलर’ गतिविधिलाई उच्च प्राथमिकतामा राखेको छ । यस्ता गतिविधिले पाठ्यक्रमसँगै विद्यार्थीलाई जोड्न महत्वपूर्ण भूमिका खेल्ने गर्छ । 

४) ग्लोबल कलेज अफ म्यानेजमेन्ट, बानेश्वर

ग्लोबल कलेज अफ म्यानेजमेन्ट सन् २००१ मा काठमाडौंको मध्यबानेश्वरमा खुलेको हो । व्यवस्थापनको अध्यापनमा सफल बनेपछि ग्लोबल कलेजले सन् २०१९ पछि ग्लोबल स्कुल अफ साइन्स पनि सञ्चालनमा ल्याएको छ। 

प्रयोगात्मक विषयलाई धेरैजसो शैक्षिक संस्थाले साधारणतय कक्षामा नै सीमित गरिदिन्छन् । व्यवस्थापन आफैंमा एक प्रयोगात्मक विषय भएकाले ग्लोबल कलेजले यसलाई आफ्नो ताकत बनाएको छ । 

ग्लोबल कलेजमा विज्ञान र ए लेभलको पनि पढाइ हुन्छ । अत्याधुनिक ल्याबसहित विज्ञान विषयमा दक्ष जनशक्तिबाट अध्यापन हुँदै आएको छ । ए लेभलको अध्ययनले अन्तर्राष्ट्रिय शिक्षाका लागि एउटा आधार तयार गर्न मद्दत गर्छ । 

कलेजले श्रम बजार अनुकूल शैक्षिक कार्यक्रममार्फत् दक्ष व्यवस्थापक, उद्यमी एवं व्यवसायी उत्पादन गर्ने लक्ष्य लिएको छ। प्रयोगात्मक व्यवस्थापन शिक्षामा प्रस्तुतिले महत्व राख्छ।

उच्चस्तरीय अध्ययनको चुरो कुरो बुझेको ग्लोबल कलेजले उच्चस्तरीय भौतिक पूर्वाधार, आधुनिक शिक्षण प्रणाली, आधुनिक ल्याब र लाइब्रेरीमा विशेष ध्यान दिएको छ। 

बिहान र दिउँसो गरी दुई सत्रमा पढाइ हुने ग्लोबल कलेजले विद्यार्थीलाई स्वस्फूर्त सिकाइमा हरतरहले प्रेरित गरिरहेको हुन्छ। विषयगत प्रोजेक्ट कार्य, शैक्षिक भ्रमण, व्यापारिक सर्भे, सामाजिक सेवाका कार्यक्रम र खेलकुद गतिविधि ग्लोबल कलेजमा पढाइसँगसँगै सञ्चालन हुने गर्छन्।

कलेजले श्रम बजार अनुकूल शैक्षिक कार्यक्रममार्फत् दक्ष व्यवस्थापक, उद्यमी एवं व्यवसायी उत्पादन गर्ने लक्ष्य लिएको छ।

प्रयोगात्मक व्यवस्थापन शिक्षामा प्रस्तुतिले महत्व राख्छ। हरेक विद्यार्थीलाई पढाइसँगै प्रस्तुति अब्बल बनाउनेमा कलेज केन्द्रित देखिन्छ । 

५) ट्रिनिटी इन्टरनेसनल कलेज, डिल्लीबजार

‘सिनर्जिस्टीक टिचिङ लर्निङ’ पद्धति अंगालेको ट्रिनिटी इन्टरनेसनल कलेजमा विज्ञान र व्यवस्थापनमा अध्यापन हुँदै आएको छ । ‘भविष्यका लागि शिक्षा’ भन्ने उद्धेश्यका साथ अघि बढेको ट्रिनिटीमा ‘प्लस 'टु’ र ‘ए लेभल’ तहअन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकी संकायको पढाइ भइरहेको छ ।

काठमाडौंको डिल्लीबजारमा रहेको यो कलेज भौतिक पूर्वाधारको हिसाबले पनि अब्बल छ । 

सन् २००८ मा स्थापना भएको यो कलेजमा पढेका हजारौंले एमबिबिएस, बिडिएस, बिबिए, इन्जिनियरिङ र आइटीमा अध्ययन पूरा गरिसकेका छन्। ट्रिनिटीबाट पास आउट भएका २५ सयभन्दा बढी विद्यार्थी उच्चशिक्षाका लागि अमेरिका, अस्ट्रेलिया, बेलायत, युरोप, चीनसहितका मुलुक पुगेका छन् । 

यस कलेजले क्लास टेस्ट, मासिक, टर्मिनल तथा प्रि–बोर्ड परीक्षा मात्रै होइन, दरिलो तयारीका लागि ‘मक एक्जाम’ को पनि व्यवस्था गरेको छ। 

ट्रिनिटीका निर्देशक शिवप्रसाद सुवेदी विद्यार्थीले आफ्नो इच्छा अनुसारका विषय छनोट गरेर भर्ना हुँदा उत्कृष्ट नतिजा आउने बताउँछन्। काठमाडौंको डिल्लीबजारमा रहेको यो कलेज भौतिक पूर्वाधारको हिसाबले पनि अब्बल छ । 

६) पिनाकल एकेडेमी, लगनखेल

ललितपुरको लगनखेलमा रहेको पिनाकल एकेडेमीमा अहिले प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्ययन अध्यापन हुँदै आएको छ ।

पिनाकलमा ‘प्लस टु’ अध्ययनका लागि कूल १३ सय विद्यार्थी हरेक वर्ष छनोट हुन्छन् । 

पिनाकलले सीप र शिक्षा दुवैलाई सँगसँगै अगाडि बढाएको छ। प्रतिस्पर्धात्मक ‘जब मार्केट’मा आफ्नो स्थान सुरक्षित गर्न र सफल हुन विद्यार्थीले के गर्नुपर्छ भन्ने बारे कलेजले विशेष ध्यान दिन्छ । 

पत्रकारिता पढ्ने विद्यार्थीलाई विभिन्न सञ्चारगृहमा इन्टनसिप र कानुन पढ्ने विद्यार्थीलाई मुडकोट तालिमको पनि व्यवस्था यो कलेजले गरेको छ ।  

विज्ञान संकायमा भर्ना भएका विद्यार्थीलाई एमबिबिएस, प्यारामेडिकल, इन्जिनियरिङ, एग्रीकल्चर र फरेस्ट्रीको ‘इन्ट्रान्स’ परीक्षाका लागि तयार गर्न पिनाकल सुरुदेखि नै लागिपर्छ।

पिनाकलले हरेक विद्यार्थीलाई दैनिक एमसीक्यू (अब्जेक्टिभ प्रश्न)को अभ्यास गराउँछ, जसले विद्यार्थीलाई नाम निकाल्न सहज बनाउछ ।    

बजारको मागअनुसार कम्युटर म्यानेजमेन्टका विद्यार्थीलाई एडभान्स आईटी ल्याबमा वर्षेभरी हरेक हप्ता ग्राफिक डिनाइनिङ कक्षा उपलब्ध गराउने पिनाकलले हस्पाटिली म्यानेजमेन्टका विद्यार्थीलाई भने आफ्नै होटल टेनिङ सेन्टरमा राखेर प्रशिक्षित गर्छ । हप्ताको एक दिन ३ घण्टा सेफ, बार, हाउस किपिङ, वेटरजस्ता टेनिङले विद्यार्थीमा सुरुवातबाटै सैद्धान्तिक ज्ञानको विकास हुन्छ । 

विजनेश म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई विज्ञ प्रशिक्षकले वर्षमा ३० घण्टा ग्याम मोडलअनुसार बैंकिङ र इन्टरपेनरसिपको लिडरसिप तालिम दिन्छन् । पत्रकारिता पढ्ने विद्यार्थीलाई विभिन्न सञ्चारगृहमा इन्टनसिप र कानुन पढ्ने विद्यार्थीलाई मुडकोट तालिमको पनि व्यवस्था यो कलेजले गरेको छ ।  

७) मेरिल्यान्ड उच्च मावि, विराटनगर

 

विराटनगरको रंगेली रोडमा २२ वर्षअघि खुलेको मेरील्यान्ड कलेजले आवश्यकता अनुसार आफ्ना विद्यार्थीलाई अतिरिक्त र विशेष कक्षा सन्चालन गर्दै आएकोछ । जसले मेरिल्यान्डको सफलता मापन गर्न सहज बनाइदिएको छ । ‘प्लस टु’का प्राचार्य लक्ष्मण ढकाललाई पनि आवश्यकता अनुसार अतिरिक्त कक्षा र विशेष कक्षाको सहयोगमा विद्यार्थीलाई दक्ष्य र कलेजलाई अब्बल बनाउन सकिने कुरामा विश्वास लागेको छ । 

मेरिल्यान्ड कलेज स्थापनाकालदेखि अहिलेसम्म व्यवस्थापन शिक्षामै केन्द्रित छ । १५ सय हाराहारीमा विद्यार्थी अध्ययन गर्ने मेरील्यान्ड पटक–पटक राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने कलेज हो ।  प्लस टूको अध्ययनमा पूर्वकै उत्कृष्ट कलेजका रुपमा मेरील्यान्डलाई लिने गरिन्छ । 

कक्षागत शिक्षण सिकाइभन्दा पेसागत सीपको विकास व्यवस्थापन शिक्षाकै मूल मर्म भएकाले मेरिल्यान्ड कलेजका गतिविधि एक सफल व्यवस्थापन शिक्षाको उदाहरण हो। 

प्रविधिमैत्री शिक्षा, नियमित आन्तरिक परीक्षा प्रणाली, आवश्यकता अनुसार अतिरिक्त कक्षा, प्रोजेक्ट वर्कलगायत गतिविधि मेरिल्यान्डका विशेषता हुन्। यसबाहेक विद्यार्थीको करिअर विकासका लागि मेरिल्यान्डले विशेष ध्यान दिँदै आएको छ। 

कक्षागत शिक्षण सिकाइभन्दा पेसागत सीपको विकास व्यवस्थापन शिक्षाकै मूल मर्म भएकाले मेरिल्यान्ड कलेजका गतिविधि एक सफल व्यवस्थापन शिक्षाको उदाहरण हो। 

योग्यतामा विशेष ध्यान दिने मेरिल्यान्ड कलेजले विद्यार्थीको आर्थिक अवस्थालाई पनि ध्यानमा राखेर छात्रवृत्ति प्रदान गर्ने गर्छ । योग्य र आवश्यकता भएका विद्यार्थीलाई शतप्रतिशतसम्म छात्रवृत्ति दिने मेरिल्यान्डले अघिल्लो शैक्षिक सत्रमा मात्र ६० लाख बराबरको छात्रवृत्ति वितरण गरेको थियोे। 

७) जेभियर एकेडेमी, लाजिम्पाट

धेरै विद्यार्थी भर्ना गरेर बढी नाफा कमाउने भन्दा थोरै विद्यार्थी पढाएर उनीहरुलाई अब्बल बनाउने उद्धेश्य जेभियर एकेडेमीको छ । त्यसैले जेभियरले ‘ख्याल राख्ने शैक्षिक संस्था’ का रूपमा आफूलाई परिभाषित गर्ने गरेको छ । जेभियर एकेडेमीले प्रतिस्पर्धात्मक माध्यमबाट सीमित सिटका लागि मात्रै विद्यार्थी भर्ना लिने गर्छ। 

आफ्नो स्थापनाको २५औं वर्ष मनाएको यो एकेडेमीले घरपरिवार, साथीहरुसँग विद्यार्थीको सम्बन्धबारे पनि विशेष ध्यान दिँदै आएको छ । 

‘प्यारेन्ट्स एन्ड टिचर्स एशोसिएसन’ मार्फत हरपल अभिभावकसँग सम्पर्कमा रहने जेभियर एकेडेमीले विशेषगरी हरेक परीक्षापछि विद्यार्थीको नतिजा समीक्षाका लागि अभिभावकलाई कलेजमा उपस्थित हुन अनिवार्य गरेको छ । 

काठमाडौँको लाजिम्पाटमा सन् १९९७ मा खुलेको जेभियर एकेडेमीमा विज्ञान संकायमा भर्नाका लागि आवेदन दिन कम्तिमा ३.२ जिपिए र व्यवस्थापन संकायमा भर्नाका लागि कम्तिमा २.८ जिपिए प्राप्त गरेको हुनुपर्छ। व्यवस्थापन संकायका कक्षा बिहानी सत्रमा सञ्चालन हुन्छ भने विज्ञान संकायका कक्षा दिवा सत्रमा सञ्चालन गरिन्छ।

योग्यताको कदर गर्न जेभियर एकेडेमीले छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । एसइइमा जिल्ला टप गर्नेदेखि लिएर आन्तरिक परीक्षा टप गर्नेसम्मका विद्यार्थीलाई जेभियरले छात्रवृत्तिको व्यवस्था गरेको छ। 

 

८) काठमाडौं बर्नहार्ट, बल्खु

२०६० सालमा काठमाडौंको बल्खुमा खुलेको कलेज हो काठमाडौं बर्नहार्ट । काठमाडौं बर्नहार्टले अध्ययन र अध्यापनको क्षेत्रमा ठूलो छलाङ मारेको छ । विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त बर्नहार्ट त्रिभुवन विश्वविद्यालयबाट क्यूएए मान्यता पाउने पहिलो कलेज पनि हो ।

गुणस्तरीय शिक्षाको पर्याय बनेको बर्नहार्टले नर्सरी देखि मास्टर्स लेभलसम्मको अध्यापनमा आफुलाई अब्बल सावित गर्दै आएको छ । र त्यसमा मेहनती अध्यापक र लगनशील विद्यार्थीको साथ सहयोग महत्वपूर्ण छ । 

कक्षा ११ मा विज्ञान, व्यवस्थापन र मानिविकी संकायमा अध्ययन गराउने यो कलेजले गुणस्तरीय र व्यवहारिक ज्ञानलाई समेत ध्यान दिएर शिक्षण सिकाई विधि अवलम्बन गरेको छ । बर्नहार्टबाट पासआउट भएका ६० प्रतिशत विद्यार्थी अहिले विभिन्न देशमा पीएचडी गरिरहेका छन् । उनीहरु बाहेकका विद्यार्थीमध्ये पनि ८० प्रतिशत बढी अहिले आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । 

विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त बर्नहार्ट त्रिभुवन विश्वविद्यालयबाट क्यूएए मान्यता पाउने पहिलो कलेज पनि हो ।

विद्यार्थीलाई उनीहरुकै क्षमताअनुसारको शिक्षा दिनु नै बर्नहार्टको प्रमुख विशेषता हो । अब्बल विद्यार्थीलाई एक्ट्राअर्डीनरी बनाउन र कमजोर विद्यार्थीलाई प्रतिस्पर्धा गर्न लायक बनाउन यो कलेज हरपल सफल देखिन्छ । 

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको वर्नहार्टले अनुसासित वातावरणमा अध्यापन गराउँदै आएको छ । अत्याधुनिक भौतिक संरचना, आधुनिक ल्याब, पुस्तकालय, खेल मैदान यो कलेजका विशेषता हुन् । 

८) सिसिआरसी, कोटेश्वर

सन् २००१ देखि निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी) कलेजले  आफुलाई ‘द कलेज फर लर्निङ विथ पोजेटिभ एप्रोच’ भनेर चिनाउन चाहान्छ । 

काठमाडौंको कोटेश्वरमा रहेको यो कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुने गर्छ। दक्ष र क्षमतावान शिक्षक तथा व्यवस्थापकीय टिमका कारण नै काठमाडौँका अन्य कलेजको दाँजोमा सीसीआरसी अब्बल रहँदै आएको छ । 

कलेजमा अध्ययन गरेका विद्यार्थीले एमबिबिएस, इन्जििनियरिङलगायत विषयको प्रवेश परीक्षामा अब्बल नतिजा ल्याएर विभिन्न छात्रवृत्ति पाउनुका साथै सर्वोत्कृष्ट नतिजा ल्याएर राष्ट्रिय कीर्तिमान समेत कायम गर्दै आएका छन्। 

विद्यार्थीमैत्री कक्षाकोठा, क्यान्टिन, होस्टल, लाइब्रेरी, विभिन्न प्रयोगशाला, कम्प्युटर ल्याबका साथै कलेजको आफ्नै निजी अत्याधुनिक भौतिक संरचना, खेल मैदानलगायत सुविधाले सिसिआरसीमा विद्यार्थीको अध्ययनलाई बहुआयामिक बनाउने गर्छन्।

डाक्टर, इन्जिनीयर, चार्टर्ड अकाउन्टेन्ट, कृषि तथा वन विज्ञ, वैज्ञानिक, खेलाडीलगायत दक्ष जनशक्ति उत्पादनमा सिसिआरसी अब्बल छ। कलेजमा अध्ययन गरेका विद्यार्थीले एमबिबिएस, इन्जििनियरिङलगायत विषयको प्रवेश परीक्षामा अब्बल नतिजा ल्याएर विभिन्न छात्रवृत्ति पाउनुका साथै सर्वोत्कृष्ट नतिजा ल्याएर राष्ट्रिय कीर्तिमान समेत कायम गर्दै आएका छन्। 

एसइइ बोर्ड परीक्षामा समेत उच्चतम ४ जिपिए ल्याउने विद्यार्थी अध्ययनरत सिसिआरसी कलेजका विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा ३.९३ जिपिएसम्म प्राप्त गरेका छन्। 

९) लिटल एन्जल्स, हात्तीवन, ललितपुर

ललितपुरको हात्तीवनमा रहेको लिटल एन्जल्स स्कुलले सन् १९८१ देखि निरन्तर रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । सन् १९९७ देखि प्लस टु का कार्यक्रम सन्चालनमा ल्याएको यो स्कुलले अहिले भने मास्टरर्ससम्मको अध्यापन गराउँदै आएको छ । 

भर्ना हुनका लागि देशभरबाट वर्षेनी हजारौंको संख्यामा विद्यार्थी र अभिभावक लिटल एन्जल्स पुग्ने गरेका छन् । तर विज्ञान संकायमा ३ सय ५० र व्यवस्थापन संकायमा २ सय ५० गरेर ६ सय हाराहारीमा मात्रै एलएले विद्यार्थीको भर्ना लिने गरेको छ ।  यसबाट के कुुरा प्रष्ट हुन्छ भने ह्वारह्वार्ती विद्यार्थी भर्ना गरेर संख्या बढाउनु भन्दा पनि थोरै विद्यार्थी भर्ना गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न लिटल एन्जल्स कलेज प्रतिबद्ध रहेको छ । 

उत्कृष्ट भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, शान्तिपूर्ण शैक्षिक वातावरणका कारण पनि लिटल एन्जल्स अन्य ‘प्लस टु’हरूभन्दा फरक छ।

शिक्षक र विद्यार्थीबीच गाढा सम्बन्ध सिकाइको पूर्वसर्त नै हो। ‘पार्टटाइम’ शिक्षकले विद्यार्थीसँग राम्रो सम्बन्ध स्थापित गर्न सक्दैनन् भन्ने कुरालाई आत्मसात गर्दै लिटिल एन्जल्सले पूर्णकालीन शिक्षक मात्र राख्दै आएको छ।  

अभ्यासद्वारा आर्जन गरिएको ज्ञान दिगो हुन्छ भन्ने मान्यताका साथ सञ्चालित लिटल एन्जल्सले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न प्रतियोगितात्मक कक्षा सञ्चालन गर्ने गर्छ। उत्कृष्ट भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, शान्तिपूर्ण शैक्षिक वातावरणका कारण पनि लिटल एन्जल्स अन्य ‘प्लस टु’हरूभन्दा फरक छ।

आधुनिक कक्षाकोठासहितको यो संस्थाले श्रव्यदृश्य माध्यममार्फत् प्रभावकारी रूपमा पठनपाठन गराउँदै आएको छ।   

९) निष्ट नेसनल स्कुल अफ साइन्सेज, लैनचौर

२९ वर्षअघि शैक्षिक क्षेत्रमा नयाँ आयाम ल्याउने उद्धेश्यसहित काठमाडौंको लैनचौरमा खुलेको कलेज हो, निष्ट अर्थात् नेशनल स्कुल अफ साइन्सेज । निष्ट फाउण्डेशन अन्तर्गत रहेको यो कलेजले सन् १९९३ देखि निरन्तर रुपमा विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ र १२ मा अध्यापन गराउँदै आएको छ ।

अहिले निष्ट फाउन्डेसन अन्तर्गत नेशनल स्कुल अफ साइन्सेजसहित नौ वडा विद्यालयले राष्ट्रिय परीक्षा बोर्डको पाठ्यक्रमअनुसार अध्यापन गराउँछ । व्यवस्थापन समितिले निकट भविष्यमा नै कक्षा ११ र १२ मा कानुन, कला र मानविकी संकायमा समेत आफ्नो अध्यापन सुरु गर्ने तयारी गरेको छ ।  

विद्यार्थीहरुको चौतर्फी विकासका लागि यस कलेजले सह र अतिरिक्त पाठ्यक्रम पनि सन्चालन गर्दै आएको छ । यसले उच्च शिक्षाका लागि मात्रै नभइ व्यवहारिक शिक्षा दिन पनि सहयोगी भूमिका निर्वाह गर्छ । 

निष्ट कलेजमा विज्ञान र व्यवस्थापनमा वार्षिक करिब एक हजार विद्यार्थी भर्ना हुने गरेका छन् । निष्ट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु हरेक वर्ष बोर्ड परीक्षामा उत्कृष्ट नजितासहित उर्तिर्ण हुने गरेका छन् । निष्ट कलेजका धेरै पूर्वविद्यार्थीहरु अहिले देश तथा विदेशमा उच्च समान्नित पेसा र व्यवसायमा संलग्न रहेका छन् ।  

विद्यार्थीहरुको चौतर्फी विकासका लागि यस कलेजले सह र अतिरिक्त पाठ्यक्रम पनि सन्चालन गर्दै आएको छ । यसले उच्च शिक्षाका लागि मात्रै नभइ व्यवहारिक शिक्षा दिन पनि सहयोगी भूमिका निर्वाह गर्छ । 

विद्यार्थीहरुको शैक्षिक उत्कृष्टतालाई सधैं जोड दिने निष्टले नवीनतम् र सहकार्यको संस्कृतिमा विशेष ध्यान पुर्याउने गरेको छ । विद्यालयले विद्यार्थीहरुमा इमान्दारी, जिम्मेवारी, सहानुभूति, सहयोगी र सम्मानको भावनाको समेत विकास गर्न सहयोग गर्छ । 

९) गोल्डेन गेट कलेज, पुरानो बानेश्वर

काठमाडौंको पुरानो बानेश्वरमा सन् २००७ मा अनुभव प्राप्त शिक्षाविद्हरुको अग्रसरतामा खुलेको कलेज हो, गोल्डेन गेट । शैक्षिक यात्राको यो १५ वर्षमा गोल्डेन गेटले आफुलाई अब्बल सावित गरेको छ । जुन कुरा विद्यार्थीहरुको सफलताले पनि प्रष्ट पार्छ । 

मास्टर्ससम्मको अध्यापन हुने यो कलेजमा कक्षा ११ मा विज्ञान, व्यवस्थापन र मानविकीमा पढाइ हुँदै आएको छ । गोल्डेन गेट कलेजले चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापन, मानविकीका हरेक कोर्सलाई समयसापेक्ष रुपमा परिमार्जन गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाएको छ ।

दृढ संकल्प, आत्मविश्वास र कडा मेहेनतले लक्ष्यमा पुग्न सकिन्छ भन्ने विश्वास बोकेको यो कलेजले आफ्ना विद्यार्थीलाई सधैं प्रोत्साहन प्रदान गर्ने गरेको छ । 

कलेजले हरेक वर्ष नयाँ नयाँ पाठ्यक्रम र कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । उच्च माध्यमिक शिक्षा बोर्डसँग समन्वय गरेर कक्षा ११ र १२ को पाठ्यक्रम तयार पारेको गोल्डेन गेटले ७ वटा स्नातकोत्तर र १६ वटा स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आइको छ । 

विद्यार्थीलाई विश्वव्यापी चुनौतीको सामना गर्ने र रोजेको जुनसुकै पेशामा सफल हुने अपेक्षा गोल्डेन गेटको छ । दृढ संकल्प, आत्मविश्वास र कडा मेहेनतले लक्ष्यमा पुग्न सकिन्छ भन्ने विश्वास बोकेको यो कलेजले आफ्ना विद्यार्थीलाई सधैं प्रोत्साहन प्रदान गर्ने गरेको छ । 

भौतिक पूर्वाधारले सम्पन्न यो कलेजले विद्यार्थीका लागि खेलकुदसहितको अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गर्दै आएको छ । अत्याधुनिक ल्याब, सुविधा सम्पन्न पुस्तकालय, खेल मैदान, यातायात गोल्डेन गेटले उपलब्ध गराउने सुविधा हुन् ।  

१०) सेन्ट लरेन्स कलेज, चावहिल

 

काठमाडौंको चावहिलमा रहेको सेन्ट लरेन्स कलेज गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजका रुपमा अग्रणी शैक्षिक संस्था हो । सन् १९९७ मा स्थापना भएको यो कलेज काठमाडौं चाबहिलको पिपलबोटमा छ । उच्च माध्यमिक तहदेखि स्नात्तोकतर सम्मको अध्ययन हुने यो कलेजमा प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुनमा अध्ययन हुँदै आएको छ । 

गरिब र जेहेन्दार विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको यो कलेजले शैक्षिक प्रदर्शन, कक्षा गतिविधि र शैक्षिक प्रगतिका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने गरेको छ । 

अनुशासित र उत्कृष्ट शैक्षिक वातावरणका लागि छुट्टै पहिचान बनाएको यो कलेजले विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि उपयुक्त हुन कक्षा ११ बाट नै पहल गर्छ । प्रतिस्पर्धात्मक कक्षाको वातावरण कायम राख्दै शैक्षिक र अतिरिक्त पाठ्यक्रममा सेन्ट लरेन्सले विशेष ध्यान पुर्‍याउँदै आएको छ ।

माध्यमिक र विश्वविद्यालय तहको शिक्षामा लगातार प्राप्त गरेको नतिजाले सेन्ट लरेन्साई उत्कृष्ट कलेजका रुपमा स्थापित गराएको छ । गरिब र जेहेन्दार विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको यो कलेजले शैक्षिक प्रदर्शन, कक्षा गतिविधि र शैक्षिक प्रगतिका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने गरेको छ । 

यातायात, पुस्तकालय, ल्याब, होस्टल, क्यान्टिनलाई आधुनिक बनाएको सेन्ट लरेन्सले अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सधैं प्रेरित गर्ने गरेको छ । 

१०) सेन्ट मेरिज, ललितपुर

ललितपुरको जावलाखेलमा रहेको सेन्ट मेरिज माध्यमिक विद्यालय छात्राहरुले मात्रै अध्ययन गर्ने शिक्षण संस्था हो । सन् १९५५ मा स्थापना भएको यो विद्यालयमा २७ वर्षअघि सन् १९९५ बाट उच्च माविकमा पढाइ सुरु भएको हो । साेही समयदेखि यो कलेजले सस्तो र गुणस्तीय रुपमा निरन्तर शिक्षा प्रदान गर्दै आएको छ । 

यस संस्थामा विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुँदै आएको छ। निश्चित संख्यामा विद्यार्थी भर्ना लिएर सोहीअनुरुप सफल परिणाम दिनु यो संस्थाको प्रमुख उद्देश्य हो। 

रक्तदान, यातायात सुरक्षा र विभिन्न किसिमका विपद्कोे सामना गर्न बल प्रदान गर्न रचनात्मक र सिर्जनात्मक कार्यक्रम यस कलेजमा सञ्चालन गरिन्छ।

पारिवारिक वातावरण, लगनशील शिक्षक र चुस्त प्रशासन भएको सेन्ट मेरिजमा अन्तक्रियात्मक प्रणाली अनुसार पढाइ हुन्छ । 

प्रतिस्पर्धामा विजेता मात्र होइन, असल विजेता बन्नुपर्छ भन्ने मान्यता रहेको छ सेन्ट मेरिजको। विद्यार्थीले पढाइलाई बोझका रूपमा नलिइ खुशीखुशी अध्ययन गरुन् भन्ने मान्यता बोकेको सेन्ट मेरिजले शिक्षक–विद्यार्थीको सम्बन्ध प्रेमपूर्ण बनाउने गरेको छ । असल काम नै अनुशासनको शर्त मान्ने यो कलेज ‘म’ होइन ‘हामी’ भन्ने भावना विकास गर्ने एवम् कठोर परिश्रम गर्दै सकारात्मक सोच राख्न सिकाउने शैक्षिक संस्था हो।

रक्तदान, यातायात सुरक्षा र विभिन्न किसिमका विपद्कोे सामना गर्न बल प्रदान गर्न रचनात्मक र सिर्जनात्मक कार्यक्रम यस कलेजमा सञ्चालन गरिन्छ। नियमित पठनपाठनबाहेक विज्ञान प्रदर्शनी र कला कक्षाजस्ता अतिरिक्त गतिविधि यस कलेजमा नियमितजसो हुने गर्छन्। 

११) जेभियर इन्टरनेसनल कलेज, कालोपुल 

 

सन् २०१९ मा ‘इन्टरनेसनल स्कुल अवार्ड’ अन्तर्गत उत्कृष्ट अध्यापनबापत ‘एक्सिलेन्स इन टिचिङ अवार्ड’ पाउन सफल जेभियर इन्टरनेसनल कलेजले ‘विद्यार्थीलाई जीवनका लागि तयार गर्ने’ मिसन लिएको छ । कालोपुलमा रहेको जेभियर इन्टरनेसनल कलेजले स्थापनाको २१ वर्ष पू्रा गरिसक्दा आफुलाई वास्तविक अर्थमै इन्टरनेसनल लेभलको कलेजका रुपमा स्थापित गरी सकेको छ । 

प्लस टु, ए लेभल, बीसीए, बीएससी इन्भाइरोमेन्ट साइन्स, बीएससी माइक्रोबायोलोजी, बीबीएम, बीबीएस, बीएसडब्लु, एमबीएसलगायत बहुआयामिक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि जेभियर इन्टरनेसनलको मुख्य चिनारी ‘प्लस टु’ अध्यापन नै हो।

'हामी हरेक विद्यार्थीलाई नजिकबाट नियालिरहेका हुन्छौँ। उनीहरूलाई व्यक्तिगत तवरमा पथ प्रदर्शन गर्नु नै हाम्रो मुख्य जिम्मेवारी हो ।’ 

एसइइमा ४ जिपिए ल्याएका मेधावी विद्यार्थीले रुचाएको ‘प्लस टु’ हो जेभियर इन्टरनेसनल । उत्कृष्ट, अनुशासित, जिम्मेवार र नेतृत्वदायी शिक्षाको पहिचान बनाइसकेको र प्रयोगात्मक एवं समयसापेक्ष शिक्षामा जोड दिँदै आएको यस कलेजले परिवर्तित प्रविधि, पाठ्यक्रम र व्यवहारिक ज्ञानलाई उच्च प्राथमिकतामा राखेको छ ।

कलेजले खेलकुद, मनोरञ्जन, वक्तृत्वकला, विज्ञान, रोबटिक्स, फोटोग्राफी, कलालगायतका विभिन्न अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई संलग्न गराउँदै आएको छ। शिक्षण, भौतिक संरचना र नतिजामा अब्बल ठहरिएको जेभियर इन्टरनेसनलको विशेष पक्ष भनेको काउन्सिलिङ पनि हो। 

जेभियरले हरेक विद्यार्थीलाई नजिकबाट नियाल्ने गरेको बताउँदै व्यक्तिगत तवरमा पथ प्रदर्शन गर्नु मुख्य जिम्मेवारी भएको उल्लेख गरेको छ । 

११) काठमाडौं वर्ल्ड स्कुल, गुन्डु, भक्तपुर

शान्त र स्वच्छ वातावरणमा पढ्ने रहर कस्को पो हुँदैन र ? यही रहर पूरा गर्छ भक्तपुर सूर्यविनायक नगरपालिकाको गुन्डुमा रहेको काठमाडौँ वल्र्ड स्कुलले । विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने उद्देश्यले काठमाडौँ वल्र्ड स्कुलको स्थापना भएको हो ।

कक्षा १ देखि ५सम्म बेलायतको इन्टरनेसनल प्राइमरी ‘करिकुलम’ अनुसार अध्यापन गराउँदै आएको यस स्कुलले ‘ए लेभल’ का साथै कक्षा ११ र १२ मा नेपाल परीक्षा बोर्डको पाठ्यक्रम अनुसार अध्यापन गराउँछ।

शान्त स्थानमा विश्वस्तरीय भौतिक संरचना र आन्तरिक पूर्वाधार भएको काठमाडौं वल्र्ड स्कुल अद्वितीय सिकाइ वातावरणका लागि समेत परिचित रहेको छ ।

यस स्कुलले ‘प्लस टु’मा विज्ञान र व्यवस्थापन संकाय सञ्चालनमा ल्याएको छ। भौतिकदेखि प्राविधिक सुविधामा कुनै पनि कसर बाँकी नराखेको काठमाडौँ वल्र्ड स्कुलमा हाल एक हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । 

सूर्यविनायक नगरपालिकाले समेत यस स्कुललाई विशिष्ट श्रेणीको शिक्षण संस्थाका रूपमा मनोनित गरेको छ। स्कुलको भौतिक संरचना र सुविधा हेर्दा निकै महँगो जस्तो देखिए पनि यहाँ निम्न, मध्यम र सम्पन्न वर्गका विद्यार्थी अध्ययनरत छन्।

शान्त स्थानमा विश्वस्तरीय भौतिक संरचना र आन्तरिक पूर्वाधार भएको काठमाडौं वल्र्ड स्कुल अद्वितीय सिकाइ वातावरणका लागि समेत परिचित रहेको छ ।

१२) भिएस निकेतन कलेज, मीनभवन

काठमाडौं उपत्यकामा खुलेका निजी शैक्षिक संस्थामध्ये भिएस निकेतनले लामो कालखण्ड पूरा गरेको छ । सन् १९८१ मा खुलेको भिएस निकेतनले ४१ वर्षदेखि ‘सहुलियत शुल्कमा गुणात्मक शिक्षा’ भन्ने मूल मर्मका साथ उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको छ। 
देशकै उत्कृष्ट विद्यालयका रूपमा दुईपटक पुरस्कृत भइसकेको भिएसमा पूर्वप्राथमिक तहदेखि माध्यमिक हुँदै स्नातक तहसम्म अध्यापन हुने गर्छ। 

भिएस निकेतनले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि विभिन्न प्रकारका छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ। विज्ञान र व्यवस्थापन दुवै संकायमा कलेजले छात्रवृत्तिका लागि ३.२ जिपिए न्यूनतम अंक राखेको छ।

‘प्लस टु’को विज्ञान र व्यवस्थापन दुवै संकायमा उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालयमा विज्ञान संकायमा बायोलोजी, केमिस्ट्री, फिजिक्सलगायत विषयको अध्ययन–अध्यापन हुँदै आएको छ । व्यवस्थापन संकायमा होटल व्यवस्थापन, बिजनेस स्टडिज, कम्प्युटर साइन्सजस्ता विषय समावेश गरिएको छ। 

भिएस निकेतनले विशाल पुस्तकालय, कम्प्युटर साइन्सको प्रयोगशाला, खेलकुदका लागि बास्केटबल, टेबल टेनिसको ग्राउन्ड मात्रै उपलब्ध गराएको छैन, विद्यार्थीको व्यक्तित्व विकासका लागि उनीहरूलाई शैक्षिक भ्रमण र विभिन्न प्रतियोगितामा समेत सहभागी गराउँदै आएको छ। 

भिएस निकेतनले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि विभिन्न प्रकारका छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ। विज्ञान र व्यवस्थापन दुवै संकायमा कलेजले छात्रवृत्तिका लागि ३.२ जिपिए न्यूनतम अंक राखेको छ।

एसइइमा ३.५ भन्दा बढी जिपिए ल्याउने विद्यार्थीका लागि कक्षा ११ मा छात्रवृत्तिको व्यवस्था विद्यालयले गरेको छ । त्यस्तै, कक्षा १२ मा पनि कक्षा ११ को नतिजाको आधारमा कलेजले विभिन्न छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । 

१२) सगरमाथा, पोखरा

पोखरामा रहेको सगरमाथा माविले सदैव गुणस्तरीय शिक्षामा जोड दियो र दिँदै जानेछ । पोखरा र पोखरा आसपासबाट एसईई दिएर ‘प्लस टु’ अध्ययन गर्न चाहाने विद्यार्थीका लागि सगरमाथा मावि उपयुक्त गन्तव्य बनिरहेको छ।

व्यवस्थापन संकायमा २०० र विज्ञान संकायमा १६० गरी ४६० हाराहारीमा मात्रै विद्यार्थी भर्ना गर्ने सगरमाथा माविको ध्यान विद्यार्थी बटुल्नेभन्दा पनि भएका विद्यार्थीलाई उच्च नतिजा दिलाउनेमा केन्द्रित छ। 

अनुशासित शिक्षामा जोड दिने सगरमाथाले  अध्ययनमैत्री वातावरण बनाउँदै शिक्षकलाई पनि अनुशासनमा बाँधेको छ ।

इन्जिनियरिङ र एमबिबिएसका साथै व्यवस्थापन विषयको स्नातक तहको प्रवेश परीक्षामा सगरमाथाबाट उतिर्ण भएका विद्यार्थी खरो उत्रिदै आएका छन् । सगरमाथाबाट कक्षा १२ उतिर्ण गरेका विद्यार्थीले इन्जिनियरिङ र एमबीबीएसमा छात्रवृत्तिमा समेत नाम निकालेका छन् । 

सगरमाथाले आफ्ना विद्यार्थीलाई मोबाइल बोक्न, मिनिस्कर्ट लगाउन र मोटरसाइकल लिएर विद्यालय आउन रोक लगाएको छ । अनुशासित शिक्षामा जोड दिने सगरमाथाले  अध्ययनमैत्री वातावरण बनाउँदै शिक्षकलाई पनि अनुशासनमा बाँधेको छ । स्कुलबाहेक अन्य कुनै पेसा गर्न नपाउने नियम बनाएको सगरमाथाका सबै सञ्चालक पूर्णकालीन शिक्षक हुन् । 

विद्यार्थीमैत्री शिक्षण विधि, कमजोर विद्यार्थीलाई परामर्श र अतिरिक्त कक्षाको व्यवस्थाका साथै उच्चतम प्रविधि प्रयोग गरिएका कक्षाकोठा सगरमाथाका विशेषता हुन्। 

१३) हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज, तिनकुने

हिमालयन ह्वाइटहाउस कलेज स्थापनाको २३ वर्ष पूरा भएको छ । ‘विद्यार्थीहरूको सफलता नै कलेजको सफलता’ भन्ने नारासहित स्थापना भएको कलेजमा ‘प्लस टु’का साथै स्नातक र स्नातकोत्तर तहको अध्ययन–अध्यापन हुँदै आएको छ । ह्वाइटहाउसको मुख्य कार्यक्रम भने ‘प्लस टु’ मा केन्द्रित छ ।

यो कलेज सबल र सक्षम नागरिक उत्पादन गर्ने उद्देश्यका साथ अनवरत रूपमा उत्कृष्ट नतिजा प्रदान गर्दै आइरहेको शैक्षिक संस्थासमेत हो। अमेरिकी शैक्षिक अवधारणा अनुरुप सञ्चालित यस कलेजमा विदेशी प्रोफेसर एवं विषय विज्ञहरूबाट अध्ययन–अध्यापन हुँदै आएको छ। 

हिमालयन ह्वाइटहाउसमा ‘प्लस टु’ कार्यक्रम अन्तर्गत विज्ञान संकायमा भर्ना हुन कम्तिमा २.८ जिपिए र व्यवस्थापन तथा मानविकी संकायका लागि कम्तिमा २.४ जिपिए ल्याएको हुनुपर्छ।  

विद्यार्थीलाई अनुशासित र मर्यादित बनाउन प्रविधिमैत्री शिक्षा दिने उद्देश्यसहित यो कलेजले विभिन्न लेवलका विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएका छ । करिअरलाई सहयोगी ह्ुने शिक्षा प्रदान गर्नु यो कलेजको अर्को विशेषता हो । 

काठमाडौँको तीनकुनेमा १५ रोपनी क्षेत्रफलमा फैलिएको यस कलेजमा अत्याधुनिक र शिक्षामैत्री भौतिक संरचना उपलब्ध छ। साइन्स तथा कम्प्युटर ल्याबदेखि यातायात, क्यान्टिन, लाइब्रेरीलगायत सुविधा रहेको यस कलेजले पढाइका साथै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतासाथ अघि बढाएको छ। 

हिमालयन ह्वाइटहाउसमा ‘प्लस टु’ कार्यक्रम अन्तर्गत विज्ञान संकायमा भर्ना हुन कम्तिमा २.८ जिपिए र व्यवस्थापन तथा मानविकी संकायका लागि कम्तिमा २.४ जिपिए ल्याएको हुनुपर्छ।  

१४) किस्ट कलेज, कमलपोखरी

काठमाडौंको कमलपोखरीमा रहेको किस्ट कलेजको नाम लिने वित्तिकै गुणस्तरीय शिक्षा दिने कलेजको चित्र अगाडि आउँछ । ९० प्रतिशतभन्दा बढी उत्तीर्ण दरसहित किस्ट कलेजले आफुलाई अब्बल कलेजका रुपमा स्थापित गराइसकेको छ । 

स्नातक तहमा बिबिए, बिआइएम, बिबिएस, बिएस्सी, बिआइटीको पढाइ हुँदै आएको भए पनि किस्टको परिचय उसको ‘प्लस टु’ शिक्षाले नै निर्माण गरेको हो। सन् १९९५ मा स्थापना भएको यस कलेजले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायको अध्ययन–अध्यापन गराउँदै आएको छ। 

किस्ट कलेजले यस्ता गतिविधिमार्फत् आफ्ना विद्यार्थीलाई कोर्सअनुसारको पढाइसँगै व्यावसायिक सफलताका लागि पनि तयार पार्दै लगेको छ।

पुस्तकालय, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, होस्टल, क्यान्टिन, यातायातलगायत विविध सुविधामा किस्ट कलेज नेपालका ‘प्लस टु’ कलेजको भिडमा आफुलाई अग्रस्थानमा उभ्याउन सफल छ । 

नियमित कक्षाबाहेक विभिन्न किसिमका सेमिनार र कार्यशाला आधुनिक शिक्षाका मुख्य पक्ष हुन्। किस्ट कलेजले यस्ता गतिविधिमार्फत् आफ्ना विद्यार्थीलाई कोर्सअनुसारको पढाइसँगै व्यावसायिक सफलताका लागि पनि तयार पार्दै लगेको छ।  

१५) ब्रिजवाटर कलेज, सिनामंगल

ब्रिजवाटर एजुकेशन फाउन्डेशन तथा रिसर्च सेन्टर शैक्षिक क्षेत्रका अनुभवी तथा प्रबुद्ध व्यक्तिहरुको अग्रसरतामा काठमाडौंको सिनामंगलमा सन् २०१० मा खुलेको शिक्षण संस्था हो । ब्रिजवाटर फाउन्डेशन अन्र्तगत रहेर विद्यालयतह, प्लस टु हुँदै स्नातकसम्म २०६७ सालबाट पढाई हुँदै आएको छ ।

प्लस टूको शिक्षामा विशेष ध्यान दिने यस कलेजमा विज्ञान, व्यवस्थापन र मानविकि संकायमा अध्ययन हुँदै आएको छ । सैद्धान्तिकसँगै प्रयोगात्मक अभ्यास, नियमित ननक्रेडिट कोर्ष, फिल्ड भिजिट, जब प्लेसमेन्ट, आई.टी कम्पनीमा इन्टर्नसिप लगायतको व्यवस्था ब्रिजवाटरले गर्दै आएको छ । 

देशकै सबैभन्दा ठूलो व्यवहारिक, नौलो र उत्पादनशिल शैक्षिक नेटवर्क बनाउने उद्धेश्य बोकेको यो ब्रिजवटरले किताबी ज्ञान मात्र नभइ व्यवहारिक शिक्षामा बढी जोड दिदै आएको छ । 

विद्यार्थीलाई शिक्षाको विविध क्षेत्रहरुमा उनीहरुको सम्भावनाहरु पूरा गर्न र भविष्य सुरक्षित गर्ने उद्धेश्यका साथ १२ वर्ष अघि स्थापना भएको यो कलेजमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन हुने गरेको छ । दक्ष शिक्षक, उत्कृष्ट अध्यापन शैली, पर्याप्त खेल मैदान, खुला ठाउँ, स्वच्छ वातावरण, पर्याप्त पुस्तकसहितको लाइब्रेरी ब्रिजवाटर एजुकेशन फाउन्डेशनका विशेषता हुन् । 

देशकै सबैभन्दा ठूलो व्यवहारिक, नौलो र उत्पादनशिल शैक्षिक नेटवर्क बनाउने उद्धेश्य बोकेको यो ब्रिजवटरले किताबी ज्ञान मात्र नभइ व्यवहारिक शिक्षामा बढी जोड दिदै आएको छ । 

प्रिन्सिपल शिशिर शर्मा न्यौपानेले अनुभवी अध्यापकहरुको मेहेनतले विद्यार्थीले अनुशासन र व्यवहारिक ज्ञान प्राप्त गरेको बताउँदै ब्रिजवाटर इन्टरनेशनल कलेज शान्तिपूर्ण सिकाइको केन्द्रबिन्दु बनेको दाबी गरे । 

१६) नोबल एकेडेमी, नयाँ बानेश्वर

विद्यार्थीलाई संस्कार सिकाउनु मुल उद्धेश्य बोकेर काठमाडौंको नयाँबानेश्वरमा खुलेको शैक्षिक संस्था हो नोबेल एकेडेमी । समय व्यवस्थापन र जिम्मेवारीवहनजस्ता पूर्वीय संस्कार र अहिलेको प्रगतिशील शिक्षाको ज्ञान दिई विद्यार्थीलाई सबल र सक्षम बनाउन नोबेल एकेडेमीले आफ्नो प्रयासलाई सधैं जारी राखेको छ । नोबेल एकेडेमीे नेपालमा निजी क्षेत्रमा सबैभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्था पनि हो।

काठमाडौँ महानगरपालिका र ब्रिटिस काउन्सिलबाट ‘उत्कृष्ट स्कुल अवार्ड’ पाएको नोबेल एकेडेमीमा उच्च माध्यमिक तहअन्तर्गत मानविकी, विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुँदै आएको छ।

नोबेल एकेडेमीले शैक्षिक ज्ञानको साथै विद्यार्थीलाई उद्यमशील जीवन जिउनका लागि प्रेरित गर्दै आएको छ । आफ्ना ‘प्लस टु’ पास गरेका विद्यार्थीलाई नोबेलले स्कुलमा अध्ययनरत विद्यार्थीलाई ‘होम ट्युसन’ पढाउने अवसर पनि दिदै आएको छ। 

न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने नोबेल एकेडेमी विद्यार्थीको मुख्य रोजाइ बन्दै आएको छ। त्यस्तै, यस कलेजले जेहेन्दार, गरिब, पिछडिएका र ग्रामीण भेगबाट आएका विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिँदै आएको छ। 
कलेजमा पुस्तकालय, विज्ञान ल्याब, कम्प्युटर  ल्याब तथा होस्टल, क्यान्टिन र यातायात सुविधा उपलब्ध छन् ।   

काठमाडौँ महानगरपालिका र ब्रिटिस काउन्सिलबाट ‘उत्कृष्ट स्कुल अवार्ड’ पाएको नोबेल एकेडेमीमा उच्च माध्यमिक तहअन्तर्गत मानविकी, विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुँदै आएको छ।

१७) नेपाल मेगा कलेज, बबरमहल

काठमाडौंको बबरमहलमा रहेको मेगा कलेज सन् २०११ मा खुलेको हो । मेगा भिजनका साथ स्थापित नेपाल मेगा कलेज नेपालको एक अग्रणी शैक्षिक संस्था हो । विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्ययन अध्यापन हुँदै आएको यस कलेजमा दुई हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन ।

अनुभवी प्रध्यापक र शिक्षाविद्हरुबीचको सहकार्यमा खुलेको यस कलेजले चिकित्सा, प्यारामेडिकल, इन्जिनियरिङ लगायत संकायका बोर्ड परीक्षाहरुमा उत्कृष्ट नतिजा निकाल्दै आएको छ । 

कलेजमा अनुशासन, उत्कृष्ट शिक्षण वातावरण र नयाँ प्राविधिबाट शिक्षण विधि, विद्यार्थीहरूको नियमित मूल्याङकनका साथ विद्यार्थीहरुलाई अध्यापन गराउने गर्दछ ।

सहुलियत मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गरी जिम्मेवार नागरिक बनाउने लक्ष्य लिएको यस कलेजले विभिन्न शैक्षिक कार्यक्रमहरू र विद्यार्थीहरूलाई असीम अवसरहरू प्रदान गर्दै आएको छ । शैक्षिक वृतमा मेगा सेन्टर बन्ने दौरानमा रहेको यस कलेजले ईमानदारी, जिम्मेवारी र मर्यादाको मूलमर्मलाई आत्मसाथ गरेको छ ।

उच्च शिक्षाका लागि लिइने विभिन्न इन्ट्रान्स परीक्षाहरुमा समेत मेगा कलेजका विद्यार्थीहरु सधै उत्कृष्ट अंकका साथ छात्रवृत्ति पाउन सफल भएका छन् । मेगा कलेजले प्लस टु देखि मास्टरसम्म अध्ययन अध्यापन गराउँदै आएको छ ।

प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायमा अध्ययन गर्न पाइन्छ । कलेजमा अनुशासन, उत्कृष्ट शिक्षण वातावरण र नयाँ प्राविधिबाट शिक्षण विधि, विद्यार्थीहरूको नियमित मूल्याङकनका साथ विद्यार्थीहरुलाई अध्यापन गराउने गर्दछ । 

१८) द टाइम्स कलेज, चारखाल, डिल्लीबजार

काठमाडौंको डिल्लीबजारमा सन् २००० मा स्थापना भएको द टाईम्स इन्टरनेशनल कलेज, गुणात्मक शिक्षा दिने सफल शिक्षण संस्थाका रुपमा परिचित छ । द टाइम्स कलेजमा कक्षा ११ देखि मास्टरसम्मको अध्ययन हुँदै आएको छ ।

हरेक फ्याकल्टी र लेभलमा उत्कृष्ट नतिजा निकाल्दै टाईम्सले शिक्षण संस्थाहरुको माझमा आफुलाई उत्कृष्टको सूचीमा राख्न सफल भएको छ । विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने, योग्य जनशक्ति उत्पादनमा यस कलेजको बिशेष ध्यान गएको पाइन्छ । र सोही अनुसार आफ्ना कोर्षलाई समय सान्दर्भिक बनाउँदै लगेको पनि छ । 

विद्यार्थीलाई हरेक वातावरणमा प्रतिस्पर्धा गर्न सक्ने र हरेक चुनौतिको सामना गर्दै अघि बढ्न सक्ने बनाउन कलेजले उपयुक्त शिक्षण विधिको विकास गरेको छ । 

कलेजले सैद्धान्तिक ज्ञान मात्र नदिएर प्रयोगात्मक अभ्यासमा पनि जोड दिने गरेको छ । विशेष गरी कलेजले म्यानेजेरियल स्किल अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ । 

कक्षा ११ मा विज्ञान, मानविकी र व्यवस्थापनको अध्ययन गराउने द टाइम्सले मेहनती र जेहेन्दार विद्यार्थी प्रोत्साहन गर्दै आएको छ । आधुनिक प्रविधिको प्रयोग गरेर पठनपाठन गराउँदै आएको यो कलेजले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । 

विद्यार्थीलाई हरेक वातावरणमा प्रतिस्पर्धा गर्न सक्ने र हरेक चुनौतिको सामना गर्दै अघि बढ्न सक्ने बनाउन कलेजले उपयुक्त शिक्षण विधिको विकास गरेको छ । 

टाइम्स कलेज अनुभवी अध्यापकहरु भएको शिक्षण संस्था पनि हो । बौद्धिक जनशक्तिका लागि आधार तय गर्ने शैक्षिक संस्थाका रुपमा रहेको टाईम्स कलेजले अभिभावक  र विद्यार्थीको भरोसा मर्न नदिने गरी अध्ययन गराउदै आएको छ । 

१८) ट्रिटन इन्टरनेशनल कलेज, तीनकुने

जीवन उपयोगी शिक्षा प्रदान गर्न अग्रसर ट्रिटन इन्टरनेशनल कलेज काठमाडौंको तीनकुनेमा छ । प्लस टु को पाठ्यक्रमलाई व्यवहारिक र प्रयोगात्मक रुपमा अगाडि बढाएको यो कलेज उत्कृष्ट शैक्षिक वातावरणका लागि कहलिएको कलेज पनि हो ।

अन्तर्राष्ट्रिय स्तरको पढाइ हुने यो कलेज नेपालको अग्रणी व्यवसायिक कम्पनी डिबी ग्रुप अफ कम्पनीद्वारा संचालित कलेज हो । ट्रिटन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयविज्ञ तथा शिक्षाविद्हरुको कुशल व्यवस्थापन सञ्चालित छ ।

विद्यार्थीहरुलाई सम्बन्धित विषयविज्ञहरुसँग नियमित भेटघाट गराउनेका साथै मल्टीमिडिया र म्यानुअल पद्धतीलाई समेत अपनाउँदै आएको छ । विद्यार्थीहरुलाई सम्बन्धित विषयविज्ञहरुसँग नियमित भेटघाट गराउनेका साथै मल्टीमिडिया र म्यानुअल पद्धतीलाई समेत अपनाउँदै आएको छ । 

यो कलेजले प्लस टु अन्तर्गत विज्ञान, मानविकी र व्यवस्थापन संकायमा पढाइ हुँदै आएको छ । मास्टर्ससम्मको अध्ययन हुने यो कलेज आइएसओ मान्यता प्राप्त कलेज पनि हो । 

विद्यार्थीलाई दक्ष र आत्मनिर्भर बनाउने उद्धेश्यका साथ स्थापित ट्रिटन इन्टरनेशनल कलेज एकाइसौं शताब्दीमा माग अनुसारको शिक्षा प्रदान गर्ने कलेज पनि हो । गुणस्तरीय शिक्षा, रियल लाइफ ट्रेनिङ, रिसर्च ओरिन्टेशनलगायतको मिसन बोकेको ट्रिटनले प्लस टु को पाठ्यक्रमलाई व्यवहारिक र प्रयोगात्मक ढंगले अध्यापन गराउँदै आएको छ ।

विद्यार्थीहरुलाई सम्बन्धित विषयविज्ञहरुसँग नियमित भेटघाट गराउनेका साथै मल्टीमिडिया र म्यानुअल पद्धतीलाई समेत अपनाउँदै आएको छ । 

अत्याधुनिक साइन्स तथा कम्प्युटर ल्याव भएको यो कलेजले विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप आकर्षक छात्रवृत्तिको व्यवस्था पनि गरेको छ । अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने यो कलेजको भौतिक पूर्वाधार लोभलाग्दो त छ नै साथसाथै शिक्षामैत्री पनि भएकाले विद्यार्थीहरुले पारिवारिक वातावरणमा अध्ययनको अवसरमा पाउँदै आएका छन् । 

साइन्स, ह्युम्यानिटिज र म्यानेज्मेन्टको बेन्चमार्क बन्ने भिजनका साथ अघि बढीरहेको ट्रिटन इन्टरनेशनल कलेजले आप्mना विद्यार्थीलाई योग्यता अनुसारको अवसर समेत प्रदान गर्दै आएको छ ।  
 

१९) आइएसटी कलेज, ज्ञानेश्वर

कागजी सर्टिफिकेट मात्रै नभएर जीवनोपयोगी शिक्षा र सीप प्रदान गर्दै आएको कलेज हो, इन्टरनेसनल स्कुल अफ टुरिजम् एन्ड होटल म्यानेजमेन्ट (आइएसटी) । जुन ज्ञानेश्वरमा छ । 

आइएसटी कलेजले आफूलाई अब्बल कलेजका रूपमा स्थापित गरिसकेको छ । टुरिजम् र होटल म्यानेजमेन्ट क्षेत्रमा अनुकरणीय बनिरहेको यस कलेजमा ‘प्लस टु’ र स्नातक दुवै तहको अध्ययन अध्यापन भइरहेको छ।

यस कलेजले वर्षमा २ सय विद्यार्थी ‘प्लस टु’ अध्ययनका लागि छनोट गर्छ। यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले अष्ट्रियाको भोकेशनल सर्टिफिकेटसमेत पाउँछन् ।

बेकरी, बार, प्राक्टिकल किचन, प्राक्टिकल रेस्टुरेन्ट, हाउस किपिङका लागि मकअप रुम, होटल रिजर्भेसन सिस्टमलगायत सुविधाले यस कलेजलाई होटल म्यानेजमेन्ट अध्ययनका लागि उपयुक्त बनाएको छ। 

साल्र्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स, अस्ट्रियाको सम्बन्धन लिई स्नातक तहमा अन्तर्राष्ट्रिय स्तरको होटल म्यानेजमेन्ट अध्यापनका लागि पूर्वाधार तयार गरेको हुनाले नै ‘आइएसटी’ ‘प्लस टु’ तहमा पनि होटल म्यानेजमेन्ट अध्ययनका लागि अब्बल छ।

प्रिन्सिपल सम्झना बस्न्यात आईएसटीमा अध्ययन गर्ने कुनै पनि विद्यार्थी अध्ययन पूरा गरेपछि बेरोजगार बस्नु नपर्ने बताउँछिन् । यस कलेजले वर्षमा २ सय विद्यार्थी ‘प्लस टु’ अध्ययनका लागि छनोट गर्छ। यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले अष्ट्रियाको भोकेशनल सर्टिफिकेटसमेत पाउँछन् ।

२०) नेपाल काष्ठमण्डप कलेज, कलंकी

राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा लगातार पाँच वर्षसम्म ‘प्लस टु’ तर्फ दोस्रो स्थान हासिल गर्न सफल कलेज हो, नेपाल काष्ठमण्डप । काठमाडौंको कलंकीमा रहेको यो कलेजमा ‘प्लस टु’ अन्तर्गत विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा र मानविकी संकायमा पठनपाठन हुँदै आएको छ। 

देश तथा विदेशमा अध्ययन–अध्यापन गराएका दक्ष शिक्षकसँगको सहकार्यमा कलेजले आफ्नै एपमार्फत् विद्यार्थीहरुलाई अध्यापन गराउँदै आएको छ।

२२ वर्षदेखि निरन्तर शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएको काष्ठमण्डपमा १ हजार ५ सयबढी विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीलाई सर्टिफिकेटमुखी भन्दा पनि प्रयोगात्मक र व्यवहारिक जीवन निर्वाह गर्नसक्ने बनाउनु कलेजको प्रमुख उद्धेश्य हो । 

स्थापनादेखि अहिलेसम्म कलेजले शतप्रतिशत नतिजा ल्याउन सफल हुनुका साथै राष्ट्रिय परीक्षा बोर्डमा समेत ‘टप कलेज’का रुपमा स्थापित भएको छ । देश तथा विदेशमा अध्ययन–अध्यापन गराएका दक्ष शिक्षकसँगको सहकार्यमा कलेजले आफ्नै एपमार्फत् विद्यार्थीहरुलाई अध्यापन गराउँदै आएको छ।

स्नातक तहमा समेत निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको नेपाल काष्ठमण्डप कलेज, बीबीए तर्फ पनि लगातार ७ वर्ष नेपालकै उत्कृष्ट बन्न सफल भएको छ।

सक्षम नागरिक उत्पादन गर्ने मुख्य उद्देश्य बोकेर सञ्चालनमा आएको यो कलेजले थुप्रै डाक्टर, इन्जिनियर तथा व्यवस्थापक उत्पादन गरिसकेको छ। 

आधुनिक पद्धति अवलम्बन गर्दै र प्रयोगात्मक क्रियाकलापमा  पनि उत्तिकै जोड दिँदै आएको यो कलेजमा होटल म्यानेजमेन्ट, साइन्स र कम्प्युटरका उच्चस्तरीय ल्याब रहेका छन्। 
 

Logo