‘सेप इन्डिया एजुकेसन फेयर’ काठमाडौंमा सुरु

‘सेप इन्डिया एजुकेसन फेयर’ काठमाडौंमा सुरु


काठमाडौंमा ‘सेप इन्डिया एजुकेसन फेयर-२०२२’ सुरु भएको छ।

नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलमा आज र भोलि  २ दिन चल्ने मेलामा भारतमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी विभिन्न कोर्षबारे जानकारी दिईने आयोजक ‘सेप’ले जानकारी दिएको छ । 

उक्त फेयरमा भारतका विभिन्न क्षेत्रका युनिभर्सिटी जस्तै एसआरएम ईन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी, एमिटी युनिभर्सिटी, सारदा युनिभर्सिटी, आईएम ईन्स्टिच्युट अफ ईन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, भीआईटी युनिभर्सिटी,जेआईएस युनिभर्सिटी, अमृता विश्व विध्यापिथम, थापर युनिभर्सिटी लगायत युनिभर्सिटी सहभागी भएका छन् । 
 
काठमाडौंको एभरेष्ट होटलमा आयोजना हुने शैक्षिक मेला अन्तर्गत इन्जिनियरिङ, आइटी, कम्युनिकेसन, हस्पिटालिटी, नर्सिङ लगायतका कोर्षका स्टल रहने आयोजकले जनाएको छ ।

 ‘इन्डिया एजुकेसन फेयर’ यसअघि भारतका बिभिन्न शहरमा आयोजना हुँदै आएको भएपनि नेपालमा भने पहिलोपटक आयोजना भएको आयोजकले जनाएको छ ।

Logo