क्यूएए पाउने पहिलो निजी कलेजः काठमाडौं बर्नहार्ट

क्यूएए पाउने पहिलो निजी कलेजः काठमाडौं बर्नहार्ट


२०६० सालमा काठमाडौंको बल्खुमा खुलेको कलेज हो काठमाडौं बर्नहार्ट । काठमाडौं बर्नहार्टले अध्ययन र अध्यापनको क्षेत्रमा ठूलो छलाङ मारेको छ ।

विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त बर्नहार्ट त्रिभुवन विश्वविद्यालयबाट क्यूएए मान्यता पाउने पहिलो कलेज पनि हो ।

गुणस्तरीय शिक्षाको पर्याय बनेको बर्नहार्टले नर्सरी देखि मास्टर्स लेभलसम्मको अध्यापनमा आफुलाई अब्बल सावित गर्दै आएको छ । र त्यसमा मेहनती अध्यापक र लगनशील विद्यार्थीको साथ सहयोग महत्वपूर्ण छ । 

अब्बल विद्यार्थीलाई एक्ट्राअर्डीनरी बनाउन र कमजोर विद्यार्थीलाई प्रतिस्पर्धा गर्न लायक बनाउन यो कलेज हरपल सफल देखिन्छ । 

कक्षा ११ मा विज्ञान, व्यवस्थापन र मानिविकी संकायमा अध्ययन गराउने यो कलेजले गुणस्तरीय र व्यवहारिक ज्ञानलाई समेत ध्यान दिएर शिक्षण सिकाई विधि अवलम्बन गरेको छ ।

बर्नहार्टबाट पासआउट भएका ६० प्रतिशत विद्यार्थी अहिले विभिन्न देशमा पीएचडी गरिरहेका छन् । उनीहरु बाहेकका विद्यार्थीमध्ये पनि ८० प्रतिशत बढी अहिले आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । 

विद्यार्थीलाई उनीहरुकै क्षमताअनुसारको शिक्षा दिनु नै बर्नहार्टको प्रमुख विशेषता हो । अब्बल विद्यार्थीलाई एक्ट्राअर्डीनरी बनाउन र कमजोर विद्यार्थीलाई प्रतिस्पर्धा गर्न लायक बनाउन यो कलेज हरपल सफल देखिन्छ । 

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको वर्नहार्टले अनुसासित वातावरणमा अध्यापन गराउँदै आएको छ । अत्याधुनिक भौतिक संरचना, आधुनिक ल्याब, पुस्तकालय, खेल मैदान यो कलेजका विशेषता हुन् । 

Logo