बेस्ट २० ‘प्लस टु’ (भिडियोसहित)

बेस्ट २० ‘प्लस टु’ (भिडियोसहित)


छोराछोरीको शैक्षिक भविष्यलाई लिएर हरेक अभिभावक चिन्तित हुनु स्वभाविकै हो । एसइइ दिएर प्लस टूको खोजीमा भौतारिएका विद्यार्थी त यो समयमा झन धेरै ‘कन्फ्युजन’ मा रहन्छन् । कस्तो विषय रोज्ने ? कहाँ पढ्ने ? अबको शैक्षिक यात्रा कस्तो होला ? जस्ता थुप्रै प्रश्नले अभिभावक र विद्यार्थीलाई चिन्तित बनाएको हुन्छ ।

अभिभावक र विद्यार्थीमा देखिएको यिनै द्विविधा अन्त्य होस र उच्च शिक्षा अध्ययनमा सहयोग पुगोस भनेर हामीले यहाँ ‘बेस्ट २० प्लस टु’ को खोजी गरेका छौं । 

एकातर्फ  १० वर्षे अध्ययनपश्चातको बोर्ड परीक्षा पार गरेको अवस्था अर्कोतर्फ उपयुक्त शैक्षिक संस्था र विषयमाथिको द्विविधा । यसबाट पार लगाउन अभिभावकको चिन्ता र विद्यार्थी स्वयंको दौडधुप जायज नै देखिन्छ । माध्यमिक तहको शिक्षाका रूपमा कक्षा ११ र १२ लाई समेटिए पनि एसईई उत्तीर्ण अधिकांश विद्यार्थी राम्रो ‘प्लस टु’को खोजीमा हुन्छन् । राम्रा ‘प्लस टु’ को खोजीमा रहेका विद्यार्थी र अभिभावकलाई सहयोग पुगोस भन्ने उद्देश्यले यहाँ र्‍याकिंगको आधारमा ‘बेष्ट २० प्लस टु’ छनौट गरिएको छ । जसमा २९ वटा प्लस टु समेटिएका छन् ।

कक्षा १२ सम्मलाई सरकारले माध्यमिक तहको मान्यता दिएपछि अहिले अधिकांश विद्यालयले सोहीअनुसारको अध्यापन गराउँदै आएका छन् । कतिपय शैक्षिक संस्थामा विद्यार्थीले एसईई दिएकै विद्यालयबाट कक्षा १२ को अध्ययन पूरा गर्छन् । तर कतिपय विद्यार्थी भने आफुले अध्ययन गरेको विद्यालय भन्दा उत्कृष्ट र नयाँ विषयको खोजीमा हुन्छन् । 

अभिभावक र विद्यार्थीमा देखिएको यिनै द्विविधा अन्त्य होस र उच्च शिक्षा अध्ययनमा सहयोग पुगोस भनेर हामीले यहाँ ‘बेस्ट २० प्लस टु’ को खोजी गरेका छौं । 

हुन त, राम्रा ‘प्लस टु’ यी मात्र हुन् भनेर हामी ठोकुवा गर्दैनौं। विभिन्न मापदण्डका आधारमा यहाँ उल्लेख नभएका शैक्षिक संस्था पनि उत्कृष्ट हुन सक्छन्। तर, यहाँ उल्लेखित शैक्षिक संस्था विद्यार्थीका निम्ति सही शैक्षिक गन्तव्य हुनेमा भने ढुक्क रहँदा हुन्छ। 

राम्रो व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी, अनुभवी प्राध्यापक, पूर्वाधारमा लगानी, समय र परिवेश सुहाउदो पाठ्य सामग्रीले गर्दा यी शिक्षण संस्था अब्बल हुन भन्नेमा विश्वस्त हुन सकिन्छ। 

हामीले यहाँ प्रस्तुत गरेका राम्रा ‘प्लस टु’ माथि आफैं अध्ययन गरेर आफ्ना लागि कुन उपयुक्त हुन्छ भन्ने कुराको यकिन अभिभावक र विद्यार्थीले आफैं गर्न सक्छन् । शैक्षिक संस्थाको अध्यापन विधिबारे पूर्व विद्यार्थीको अनुभव र अध्ययनपछि उनीहरुले प्राप्त गरेको सफलताबाट पनि जानकारी हासिल गर्न सकिन्छ।

विस्तृतमा यो भिडियोमा छ । 

 

Logo