केन्द्रबिन्दुद्वारा उत्कृष्ट कलेजहरुलाई अवार्ड प्रदान (सूचीसहित)

केन्द्रबिन्दुद्वारा उत्कृष्ट कलेजहरुलाई अवार्ड प्रदान (सूचीसहित)


केन्द्रबिन्दु अनलाईन मिडिया प्रालिले देशभर सञ्चालित बिभिन्न बिषयगत बिधामा उत्कृष्ट कलेजहरुलाई अवार्ड कार्यक्रमबाट सम्मानित गरेको छ ।

एजुकेसन एक्सिलेन्स अवार्ड, बेस्ट डिसिप्लिन्ड प्लस टु अवार्ड : प्रसादी एकेडेमी, ललितपुर

‘एकल कार्यक्रम, एकल व्यवस्थापन’ को अवधारणा सहित २५ वर्षअघि स्थापना भएको प्रसादी एकेडेमी प्लस टू शिक्षा दिने कलेजको भीडमा पृथक र अब्बल छ । यही मूलमन्त्रका कारण पनि प्रसादी सफल छ । कक्षा ११ र १२ विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन गराउने प्रसादी ‘प्लस टु’ अध्यापन गराउने अग्रणी शैक्षिक संस्था हो । 

आउटस्ट्यान्डिङ  पर्फर्मेन्स अवार्ड : काठमाडौं मोडल कलेज (केएमसी), बागबजार 

जीवनोपयोगी तथा प्रयोगात्मक शिक्षा आजको आवश्यकता भन्ने कुराको हेक्का काठमाडौं मोडल कलेज केएमसीलाई राम्ररी छ । यिनै आवश्यकतालाई केन्द्रमा राखेर काठमाडौँ मोडल कलेज २३ वर्षदेखि सञ्चालनमा छ । काठमाडौंको बागबजारमा रहेको केएमसी कलेज शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्याएको कलेज हो । आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण केएमसी, काठमाडौं उपत्यका भित्र रहेका कलेजमध्ये अब्बल दर्जाको कलेज हो । विगतलाई फर्केर हेर्ने हो भने यो कलेजले नेटवर्कभित्र प्लस २ पछि माथिल्लो लेभलसम्म युनिभर्सिटीको प्रोग्राम चलाएको छ । 

मस्ट कन्सिस्टेन्ट एकेडेमिक्स अवार्ड : ट्रिनिटी इन्टरनेसनल कलेज, डिल्लीबजार 

‘सिनर्जिस्टीक टिचिङ लर्निङ’ पद्धति अंगालेको ट्रिनिटी इन्टरनेसनल कलेजमा विज्ञान र व्यवस्थापनमा अध्यापन हुँदै आएको छ । ‘भविष्यका लागि शिक्षा’ भन्ने उद्धेश्यका साथ अघि बढेको ट्रिनिटीमा ‘प्लस टु’ र ‘ए लेभल’ तह अन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकी संकायको पढाइ भइरहेको छ ।

पपुलर च्वाइस अवार्ड : सेन्ट जेभियर्स कलेज, माइतीघर

विज्ञान, अनिवार्य गणित, ऐच्छिक गणित, र अंग्रेजीमा कम्तिमा ‘ए’ र अन्य विषयमा कम्तिमा ‘बी प्लस’ ल्याएका विद्यार्थीलाई मात्र भर्ना लिने संस्था हो सेन्ट जेभियर्स । विद्यार्थीले विज्ञान, गणित, अंग्रेजी र तर्कसम्बन्धी १०० प्रश्नको लिखित परीक्षा पास भएपछि अन्तर्वार्ताबाट भर्नाको अन्तिम सूची छनोट गरिन्छ ।  
गुणस्तरीय फ्याकल्टी, आधुनिक प्रयोगशाला, आन्तरिक परीक्षाजस्ता कुरामा सेन्ट जेभियर्सले विशेष ध्यान दिने गरेको छ। अतिरिक्त क्रियाकलाप र काउन्सिलिङमा समेत उत्तिकै ध्यान दिँदै आएको यस संस्थाले नियमित आन्तरिक परीक्षा लिने गरेको छ । 
 
बेस्ट को–करिकुलर एजुकेसन अवार्ड, बेस्ट म्यानेजमेन्ट कलेज अवार्ड : एनसिसिएस, पकनाजोल

‘साक्षर, प्रगतिशील र चेतन समाजको विकास’ लाई प्राथमिकतामा राखेको नेशनल कलेज अफ कम्प्युटर स्टडिज(एनसिसिएस) पक्नाजोलमा २३ वर्षअघि खुलेको हो । एनसीसीएस स्नातक मात्रै नभई कक्षा ११ र १२ मा पनि अब्बल शैक्षिक संस्था हो । सूचना प्रविधि अध्यापनमा प्रख्यात एनसीसीएसले एनसीसीएस हायर सेकेन्डरी स्कुल र नेसनल क्रियटिभ एजुकेशनल स्कुलमार्फत् कक्षा १२ सम्मको अध्यापन गराउँदै आएको छ । 

बेस्ट बोर्ड टपर एचिभर्स अवार्ड : पिनाकल एकेडेमी, ललितपुर

ललितपुरको लगनखेलमा रहेको पिनाकल एकेडेमीमा अहिले प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्ययन अध्यापन हुँदै आएको छ । पिनाकलमा ‘प्लस टु’ अध्ययनका लागि कूल १३ सय विद्यार्थी हरेक वर्ष छनोट हुन्छन । 
पिनाकलले सीप र शिक्षा दुवैलाई सँगसँगै अगाडि बढाएको छ। प्रतिस्पर्धात्मक ‘जब मार्केट’मा आफ्नो स्थान सुरक्षित गर्न र सफल हुन विद्यार्थीले के गर्नुपर्छ भन्ने बारे कलेजले विशेष ध्यान दिन्छ । 

बेस्ट साइन्स कलेज अवार्ड : निस्ट नेसनल स्कुल अफ साइन्सेज, लैनचौर

आजभन्दा २९ वर्षअघि शैक्षिक क्षेत्रमा नयाँ आयाम ल्याउने उद्धेश्यसहित काठमाडौंको लैनचौरमा खुलेको कलेज हो, निष्ट अर्थात् नेशनल स्कुल अफ साइन्सेस। निष्ट फाउण्डेशन अन्तर्गत रहेको यो कलेजले सन् १९९३ देखि निरन्तर रुपमा विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ र १२ मा अध्यापन गराउँदै आएको छ । 

बेस्ट साइन्स कलेज अवार्ड : सिसिआरसी कलेज, कोटेश्वर, 

सन् २००१ देखि निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी) कलेजले  आफुलाई ‘द कलेज फर लर्निङ विथ पोजेटिभ एप्रोच’ भनेर चिनाउन चाहान्छ । 
काठमाडौंको कोटेश्वरमा रहेको यो कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुने गर्छ।दक्ष र क्षमतावान शिक्षक तथा व्यवस्थापकीय टिमका कारण नै काठमाडौँका अन्य कलेजको दाँजोमा सीसीआरसी अब्बल रहँदै आएको छ ।  

 

बेस्ट म्यानेजमेन्ट कलेज अवार्ड : ग्लोबल कलेज अफ म्यानेजमेन्ट, बानेश्वर 

ग्लोबल कलेज अफ म्यानेजमेन्ट सन् २००१ माकाठमाडौंको मध्यबानेश्वरमा खुलेको हो । व्यवस्थापनको अध्यापनमा सफल बनेपछि ग्लोबल कलेजले सन् २०१९ पछि ग्लोबल स्कुल अफ साइन्स पनि सञ्चालनमा ल्याएको छ । प्रयोगात्मक विषयलाई धेरैजसो शैक्षिक संस्थाले साधारणतय कक्षामा नै सीमित गरिदिन्छन् । व्यवस्थापन आफैंमा एक प्रयोगात्मक विषय भएकाले ग्लोबल कलेजले यसलाई आफ्नो ताकत बनाएको छ । 

टपर्स च्वाइस अवार्ड : जेभियर इन्टरनेसनल कलेज, कालोपुल

सन् २०१९ मा ‘इन्टरनेसनल स्कुल अवार्ड’ अन्तर्गत उत्कृष्ट अध्यापनबापत ‘एक्सिलेन्स इन टिचिङ अवार्ड’ पाउन सफल जेभियर इन्टरनेसनल कलेजले ‘विद्यार्थीलाई जीवनका लागि तयार गर्ने’ मिसन लिएको छ । कालोपुलमा रहेको जेभियर इन्टरनेसनल कलेजले स्थापनाको २१ वर्ष पू्रा गरिसक्दा आफुलाई वास्तविक अर्थमै इन्टरनेसनल लेभलको कलेजका रुपमा स्थापित गरी सकेको छ । 
 
बेस्ट इन्फ्रास्ट्रक्चर अवार्ड, प्रेस्टिजियस प्लस टु अवार्ड : काठमाडौं वर्ल्ड स्कुल, गुन्डु, भक्तपुर 

शान्त र स्वच्छ वातावरणमा पढ्ने रहर कस्को पो हुँदैन र ? यही रहर पूरा गर्छ भक्तपुर सूर्यविनायक नगरपालिकाको गुन्डुमा रहेको काठमाडौँ वल्र्ड स्कुलले । विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने उद्देश्यले काठमाडौँ वल्र्ड स्कुलको स्थापना भएको हो । कक्षा १ देखि ५ सम्म बेलायतको इन्टरनेसनल प्राइमरी ‘करिकुलम’ अनुसार अध्यापन गराउँदै आएको यस स्कुलले ‘ए लेभल’ का साथै कक्षा ११ र १२ मा नेपाल परीक्षा बोर्डको पाठ्यक्रम अनुसार अध्यापन गराउँछ ।

बेस्ट फ्याकल्टी अवार्डः किस्ट कलेज, कमलपोखरी

काठमाडौंको कमलपोखरीमा रहेको किस्ट कलेजको नाम लिने वित्तिकै गुणस्तरीय शिक्षा दिने कलेजको चित्र अगाडि आउँछ । ९० प्रतिशतभन्दा बढी उत्तीर्ण दरसहित किस्ट कलेजले आफुलाई अब्बल कलेजका रुपमा स्थापित गराइसकेको छ । 
स्नातक तहमा बिबिए, बिआइएम, बिबिएस, बिएस्सी, बिआइटीको पढाइ हुँदै आएको भए पनि किस्टको परिचय उसको ‘प्लस टु’ शिक्षाले नै निर्माण गरेको हो। सन् १९९५ मा स्थापना भएको यस कलेजले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायको अध्ययन–अध्यापन गराउँदै आएको छ । 
 
बेस्ट फ्याकल्टी अवार्डः काठमाडौं बर्नहार्ट कलेज, बल्खु 

२०६० सालमा काठमाडौंको बल्खुमा खुलेको कलेज हो काठमाडौं बर्नहार्ट । काठमाडौं बर्नहार्टले अध्ययन र अध्यापनको क्षेत्रमा ठूलो छलाङ मारेको छ । विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त बर्नहार्टत्रिभुवन विश्वविद्यालयबाट त्तब्ब् मान्यता पाउने पहिलो कलेज पनि हो । गुणस्तरीय शिक्षाको पर्याय बनेको बर्नहार्टले नर्सरी देखि मास्टर्स लेभलसम्मको अध्यापनमा आफुलाई अब्बल सावित गर्दै आएको छ । र त्यसमा मेहनती अध्यापक र लगनशील विद्यार्थीको साथ सहयोग महत्वपूर्ण छ । 

बेस्ट लर्निङ सेन्टर अवार्ड : नेपाल काष्ठमण्डप कलेज, कलंकी 

राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा लगातार पाँच वर्षसम्म ‘प्लस टु’ तर्फ दोस्रो स्थान हासिल गर्न सफल कलेज हो, नेपाल काष्ठमण्डप । काठमाडौंको कलंकीमा रहेको यो कलेजमा ‘प्लस टु’ अन्तर्गत विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा र मानविकी संकायमा पठनपाठन हुँदै आएको छ । 
 
बेस्ट होटल म्यानेजमेन्ट कलेज अवार्ड : आइएसटी कलेज, ज्ञानेश्वर

कागजी सर्टिफिकेट मात्रै नभएर जीवनोपयोगी शिक्षा र सीप प्रदान गर्दै आएको कलेज हो, इन्टरनेसनल स्कुल अफ टुरिजम् एन्ड होटल म्यानेजमेन्ट (आइएसटी) । जुन ज्ञानेश्वरमा छ । 
आइएसटी कलेजले आफूलाई अब्बल कलेजका रूपमा स्थापित गरिसकेको छ । टुरिजम् र होटल म्यानेजमेन्ट क्षेत्रमा अनुकरणीय बनिरहेको यस कलेजमा ‘प्लस टु’ र स्नातक दुवै तहको अध्ययन अध्यापन भइरहेको छ ।
 

आउटस्ट्यान्डिङ पर्फमेन्स आउट अफ भ्याली कलेज अवार्ड : मेरिल्यान्ड कलेज, विराटनगर

विराटनगरको रंगेली रोडमा २२ वर्षअघि खुलेको मेरील्यान्ड कलेजले आवश्यकता अनुसार आफ्ना विद्यार्थीलाई अतिरिक्त र विशेष कक्षा सन्चालन गर्दै आएकोछ । जसले मेरिल्यान्डको सफलता मापन गर्न सहज बनाइदिएको छ ।  
मेरिल्यान्ड कलेज स्थापनाकालदेखि अहिलेसम्म व्यवस्थापन शिक्षामै केन्द्रित छ । १५ सय हाराहारीमा विद्यार्थी अध्ययन गर्ने मेरील्यान्ड पटक–पटक राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने कलेज हो ।

बेस्ट ‘प्लस टु’ ओभरअल पर्फमेन्स अवार्ड : गोल्डेन गेट इन्टरनेसनल कलेज

काठमाडौंको पुरानो बानेश्वरमा सन् २००७ मा अनुभव प्राप्त शिक्षाविद्हरुको अग्रसरतामा खुलेको कलेज हो, गोल्डेन गेट । शैक्षिक यात्राको यो १५ वर्षमा गोल्डेन गेटले आफुलाई अब्बल सावित गरेको छ । जुन कुरा विद्यार्थीहरुको सफलताले पनि प्रष्ट पार्छ ।
मास्टर्ससम्मको अध्यापन हुने यो कलेजमा कक्षा ११ मा विज्ञान, व्यवस्थापन र मानविकीमा पढाइ हुँदै आएको छ । गोल्डेन गेट कलेजले चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापन, मानविकीका हरेक कोर्सलाई समयसापेक्ष रुपमा परिमार्जन गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाएको छ ।  

 बेस्ट ‘प्लस टु’ ओभरअल पर्फमेन्स अवार्ड : लिटल एन्जल्स कलेज, हात्तीवन

ललितपुरको हात्तीवनमा रहेको लिटल एन्जल्स स्कुलले सन् १९८१ देखि निरन्तर रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । सन् १९९७ देखि प्लस टु का कार्यक्रम सन्चालनमा ल्याएको यो स्कुलले अहिले भने मास्टरर्ससम्मको अध्यापन गराउँदै आएको छ । 

 

बेस्ट एकेडेमिक्स अवार्ड : सेन्ट लरेन्स कलेज, चावहिल

काठमाडौंको चावहिलमा रहेको सेन्ट लरेन्स कलेज गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजका रुपमा अग्रणी शैक्षिक संस्था हो । सन् १९९७ मा स्थापना भएको यो कलेज काठमाडौं चाबहिलको पिपलबोटमा छ । उच्च माध्यमिक तहदेखि स्नात्तोकतर सम्मको अध्ययन हुने यो कलेजमा प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुनमा अध्ययन हुँदै आएको छ । 
 
‘प्लस टु’ एजुकेसन लिगेसी अवार्ड : नोबल एकेडेमी, नयाँ बानेश्वर

विद्यार्थीलाई संस्कार सिकाउनु मुल उद्धेश्य बोकेर काठमाडौंको नयाँबानेश्वरमा खुलेको शैक्षिक संस्था हो नोबेल एकेडेमी । समय व्यवस्थापन र जिम्मेवारीवहनजस्ता पूर्वीय संस्कार र अहिलेको प्रगतिशील शिक्षाको ज्ञान दिई विद्यार्थीलाई सबल र सक्षम बनाउन नोबेल एकेडेमीले आफ्नो प्रयासलाई सधैं जारी राखेको छ ।  
 
बेस्ट हिस्टोरिकल एचिभर्स अवार्ड : भिएस निकेतन कलेज, मीनभवन

काठमाडौं उपत्यकामा खुलेका निजी शैक्षिक संस्थामध्ये भिएस निकेतनले लामो कालखण्ड पूरा गरेको छ । सन् १९८१ मा खुलेको भिएस निकेतनले ४१ वर्षदेखि ‘सहुलियत शुल्कमा गुणात्मक शिक्षा’ भन्ने मूल मर्मका साथ उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको छ । 
 

बेस्ट हिस्टोरिकल एचिभर्स अवार्ड : सेन्ट मेरिज मावि, जावलाखेल

ललितपुरको जावलाखेलमा रहेको सेन्ट मेरिज कलेजछात्राहरुले मात्रै अध्ययन गर्ने शिक्षण संस्था हो । २७ वर्षअघि सन् १९९५ मा स्थापना भएको यो कलेजले सस्तो र गुणस्तीय रुपमा निरन्तर शिक्षा प्रदान गर्दै आएको छ ।
यस संस्थामा विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुँदै आएको छ। निश्चित संख्यामा विद्यार्थी भर्ना लिएर सोहीअनुरुप सफल परिणाम दिनु यो संस्थाको प्रमुख उद्देश्य हो । 
 

बेस्ट एकेडेमिक इन्भारोमेन्ट अवार्ड : नेपाल मेगा कलेज विजुलीबजार

काठमाडौंको बबरमहलमा रहेको मेगा कलेज सन् २०११ मा खुलेको हो । मेगा भिजनका साथ स्थापित नेपाल मेगा कलेज नेपालको एक अग्रणी शैक्षिक संस्था हो । विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्ययन अध्यापन हुँदै आएको यस कलेजमा दुई हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन ।  
बेस्ट एकेडेमिक इन्भारोमेन्ट अवार्ड : द टाइम्स कलेज डिल्लीबजार

काठमाडौंको डिल्लीबजारमा सन् २००० मा स्थापना भएको द टाईम्स इन्टरनेशनल कलेज, गुणात्मक शिक्षा दिने सफल शिक्षण संस्थाका रुपमा परिचित छ । द टाइम्स कलेजमा कक्षा ११ देखि मास्टरसम्मको अध्ययन हुँदै आएको छ । हरेक फ्याकल्टी र लेभलमा उत्कृष्ट नतिजा निकाल्दै टाईम्सले शिक्षण संस्थाहरुको माझमा आफुलाई उत्कृष्टको सूचीमा राख्न सफल भएको छ ।

बेस्ट करिअर–ओरिएन्टेड एजुकेसन अवार्ड : ब्रिज वाटर इन्टरनेसनल कलेज, सिनामंगल

ब्रिजवाटर एजुकेशन फाउन्डेशन तथा रिसर्च सेन्टर शैक्षिक क्षेत्रका अनुभवी तथा प्रबुद्ध व्यक्तिहरुको अग्रसरतामा काठमाडौंको सिनामंगलमा सन् २०१० मा खुलेको शिक्षण संस्था हो । ब्रिजवाटर फाउन्डेशन अन्र्तगत रहेर विद्यालयतह,प्लस टु हुँदै स्नातकसम्म २०६७ सालबाट पढाई हुँदै आएको छ । प्लस टूको शिक्षामा विशेष ध्यान दिने यस कलेजमा विज्ञान, व्यवस्थापन र मानविकि संकायमा अध्ययन हुँदै आएको छ । 

बेस्ट करिअर–ओरिएन्टेड एजुकेसन अवार्ड : पिनाकल एकेडेमी, ललितपुर

ललितपुरको लगनखेलमा रहेको पिनाकल एकेडेमीमा अहिले प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्ययन अध्यापन हुँदै आएको छ । पिनाकलमा ‘प्लस टु’ अध्ययनका लागि कूल १३ सय विद्यार्थी हरेक वर्ष छनोट हुन्छन । 

बेस्ट एजुकेसन काउन्सिलिङ अवार्ड : जेभियर एकेडेमी, लाजिम्पाट

धेरै विद्यार्थी भर्ना गरेर बढी नाफा कमाउने भन्दा थोरै विद्यार्थी पढाएर उनीहरुलाई अब्बल बनाउने उद्धेश्य जेभियर एकेडेमीको छ । त्यसैले जेभियरले ‘ख्याल राख्ने शैक्षिक संस्था’ का रूपमा आफूलाई परिभाषित गर्ने गरेको छ । जेभियर एकेडेमीले प्रतिस्पर्धात्मक माध्यमबाट सीमित सिटका लागि मात्रै विद्यार्थी भर्ना लिने गर्छ । 
 

लिगेसी अफ सक्सेस अवार्ड : काठमाडौं मोडल कलेज (केएमसी), बालकुमारी

जीवनोपयोगी तथा प्रयोगात्मक शिक्षा आजको आवश्यकता भन्ने कुराको हेक्का काठमाडौं मोडल कलेज केएमसीलाई राम्ररी छ । यिनै आवश्यकतालाई केन्द्रमा राखेर काठमाडौँ मोडल कलेज २३ वर्षदेखि सञ्चालनमा छ । काठमाडौंको बालकुमारीमा रहेको केएमसी कलेज शैक्षिक क्षेत्रमा ठूलो योगदान  पुर्याएको कलेज हो । आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण केएमसी, काठमाडौं उपत्यका भित्र रहेका कलेजमध्ये अब्बल दर्जाको कलेज हो । 

बेष्ट कम्युनिटी स्कुल अवार्ड : सगरमाथा मावि, पोखरा

पोखरामा रहेको सगरमाथा माविले सदैव गुणस्तरीय शिक्षामा जोड दियो र दिँदै जानेछ । पोखरा र पोखरा आसपासबाट एसईई दिएर ‘प्लस टु’ अध्ययन गर्न चाहाने विद्यार्थीका लागि सगरमाथा मावि उपयुक्त गन्तव्य बनिरहेको छ। व्यवस्थापन संकायमा २ सय र विज्ञान संकायमा १ सय ६० गरी ४ सय ६० हाराहारीमा मात्रै विद्यार्थी भर्ना गर्ने सगरमाथा माविको ध्यान विद्यार्थी बटुल्नेभन्दा पनि भएका विद्यार्थीलाई उच्च नतिजा दिलाउनेमा केन्द्रित छ ।

बेष्ट एडमिनिस्ट्रेटिभ म्यानेजमेन्ट अवार्ड : हिमालयन ह्वाइट हाउस, तिनकुने

हिमालयन ह्वाइटहाउस कलेज स्थापनाको २३ वर्ष पूरा भएको छ । ‘विद्यार्थीहरूको सफलता नै कलेजको सफलता’ भन्ने नारासहितस्थापना भएको कलेजमा ‘प्लस टु’का साथै स्नातक र स्नातकोत्तर तहको अध्ययन–अध्यापन हुँदै आएको छ । ह्वाइटहाउसको मुख्य कार्यक्रम भने ‘प्लस टु’ मा केन्द्रित छ ।
यो कलेज सबल र सक्षम नागरिक उत्पादन गर्ने उद्देश्यका साथ अनवरत रूपमा उत्कृष्ट नतिजा प्रदान गर्दै आइरहेको शैक्षिक संस्थासमेत हो। अमेरिकी शैक्षिक अवधारणा अनुरुप सञ्चालित यस कलेजमा विदेशी प्रोफेसर एवं विषय विज्ञहरूबाट अध्ययन–अध्यापन हुँदै आएको छ । 

यस्तो छ, अवार्ड प्राप्त गर्ने कलेजहरुको सूची : 

१) एजुकेसन एक्सिलेन्स अवार्ड : प्रसादी एकेडेमी, ललितपुर
२) आउटस्ट्यान्डिङ पर्फर्मेन्स अवार्ड : काठमाडौं मोडल कलेज (केएमसी), बागबजार 
३) मस्ट कन्सिस्टेन्ट एकेडेमिक्स अवार्ड : ट्रिनिटी इन्टरनेसनल कलेज, डिल्लीबजार 
४) पपुलर च्वाइस अवार्ड : सेन्ट जेभियर्स कलेज, माइतीघर
५) बेस्ट को–करिकुलर एजुकेसन अवार्ड : एनसिसिएस, पकनाजोल
६) बेस्ट बोर्ड टपर एचिभर्स अवार्ड : पिनाकल एकेडेमी, ललितपुर
७) बेस्ट साइन्स कलेज अवार्ड : निस्ट नेसनल स्कुल अफ साइन्सेज, लैनचौर, 
८) बेस्ट साइन्स कलेज अवार्ड : सिसिआरसी कलेज, कोटेश्वर, 
९) बेस्ट म्यानेजमेन्ट कलेज अवार्ड : एनसिसिएस, पकनाजोल, 
१०) बेस्ट म्यानेजमेन्ट कलेज अवार्ड : ग्लोबल कलेज अफ म्यानेजमेन्ट, बानेश्वर 
११) टपर्स च्वाइस अवार्ड : जेभियर इन्टरनेसनल कलेज, कालोपुल
१२) बेस्ट इन्फ्रास्ट्रक्चर अवार्ड : काठमाडौं वर्ल्ड स्कुल, गुन्डु, भक्तपुर 
१३) प्रेस्टिजियस प्लस टु अवार्ड : काठमाडौं वर्ल्ड स्कुल, गुन्डु, भक्तपुर 
१४) बेस्ट फ्याकल्टी अवार्ड : किस्ट कलेज, कमलपोखरी
१५) बेस्ट फ्याकल्टी अवार्ड : काठमाडौं बर्नहार्ट कलेज, बल्खु 
१६) बेस्ट डिसिप्लिन्ड प्लस टु अवार्ड : प्रसादी एकेडेमी ललितपुर
१७) बेस्ट लर्निङ सेन्टर अवार्ड : नेपाल काष्ठमण्डप कलेज, कलंकी 
१८) बेस्ट होटल म्यानेजमेन्ट कलेज अवार्ड : आइएसटी कलेज, ज्ञानेश्वर
१९) आउटस्ट्यान्डिङ पर्फमेन्स आउट अफ भ्याली कलेज अवार्ड : मेरिल्यान्ड कलेज, विराटनगर
२०) बेस्ट ‘प्लस टु’ ओभरअल पर्फमेन्स अवार्ड : गोल्डेन गेट इन्टरनेसनल कलेज, 
२१) बेस्ट ‘प्लस टु’ ओभरअल पर्फमेन्स अवार्ड : लिटल एन्जल्स कलेज, हात्तीवन
२२) बेस्ट एकेडेमिक्स अवार्ड : सेन्ट लरेन्स कलेज, चावहिल
२३) ‘प्लस टु’ एजुकेसन लिगेसी अवार्ड : नोबल एकेडेमी, नयाँ बानेश्वर
२४) बेस्ट हिस्टोरिकल एचिभर्स अवार्ड : भिएस निकेतन कलेज, मीनभवन
२५) बेस्ट हिस्टोरिकल एचिभर्स अवार्ड : सेन्ट मेरिज मावि, जावलाखेल
२६) बेस्ट एकेडेमिक इन्भारोमेन्ट अवार्ड : नेपाल मेगा कलेज विजुलीबजार
२७) बेस्ट एकेडेमिक इन्भारोमेन्ट अवार्ड : द टाइम्स कलेज डिल्लीबजार
२८) बेस्ट करिअर–ओरिएन्टेड एजुकेसन अवार्ड : ब्रिज वाटर इन्टरनेसनल कलेज, सिनामंगल
२९) बेस्ट करिअर–ओरिएन्टेड एजुकेसन अवार्ड : पिनाकल एकेडेमी, ललितपुर
३०) बेस्ट एजुकेसन काउन्सिलिङ अवार्ड : जेभियर एकेडेमी, लाजिम्पाट
३१) लिगेसी अफ सक्सेस अवार्ड : काठमाडौं मोडल कलेज (केएमसी), बालकुमारी
३२) बेष्ट कम्युनिटी स्कुल अवार्ड : सगरमाथा मावि, पोखरा
३३) बेष्ट एडमिनिस्ट्रेटिभ म्यानेजमेन्ट अवार्ड : हिमालयन ह्वाइट हाउस, तिनकुने

 

Logo