आईएसटी कलेजको (८०औं स्टार) कार्यक्रम सम्पन्न

आईएसटी कलेजको (८०औं स्टार) कार्यक्रम सम्पन्न


काठमाण्डौंको ज्ञानेश्वरस्थित आईएसटी कलेजमा पढ्ने तेस्रो सेमेस्टरका विद्यार्थिहरुद्धारा आयोजित स्वागत कार्यक्रम सम्पन्न भएको छ । 

तेस्रो सेमेस्टरका विद्यार्थीहरुद्वारा आयोजित कार्यक्रमको शिर्षक (८०औं स्टार) राखिएको थियो । कार्यक्रम आयोजनाको जिम्मा फेलिसिटीले लिएको थियो । कार्यक्रम कलेजका प्रिन्सीपल सम्झना बस्नेत तथा विशेष अतिथिका रुपमा कलेजका अध्यक्ष तेज बहादुर ढकाल तथा कलेजकै प्रमुख कार्यकारी अधिकृत नरेन्द्र बज्रचार्यको उपस्थितीमा सम्पन्न भएको थियो । 

औपचारीक कार्यक्रमको सुरुआत राष्ट्रिय गानबाट गरिएको थियो । राष्ट्रिय गान पछि कलेजका कार्यकारी निर्देशक सुप्रिया मोक्तानले स्वागत मन्तव्य दिइन । लगत्तै विशेष अतिथिहरुले केक काटी एक अर्कासँग खुसियाली बाँडेका थिए ।
केक काट्ने कार्य सम्पन्न भएपछि विद्यार्थीहरुको नाचगान कार्यक्रम सुरु भयो । जहाँ विभिन्न विद्यार्थीहरुले आ–आफ्ना नाचगान लगायत अन्य प्रतिभाहरु प्रश्तुत गरेका थिए । 

नाचगान कार्यक्रमकै विचमा विद्यार्थीहरुले मिस्टर एण्ड मिसेस आईएसटी ट्यालेन्ट राउण्ड पनि आयोजना गरे । जहाँ पुरुषतर्फ सन्देश थापा मगर र महिलातर्फ सदिक्षा ओली पहिलो भए । 
कार्यक्रमको अन्त्यमा सहायक कार्यकारी निर्देशक दिवस लिम्बुले कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिए । 

कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र बज्रचार्यले बिद्यार्थीहरुलाई भबिश्य लक्षित उत्प्रेरक मन्तव्य प्रश्तुत गरेका थिए । यस्तो छ, उनको मन्तव्यको सारसंक्षेप ।

‘आईएसटी कलेज हस्पिटालिटी क्षेत्रमा पहिलो र राम्रो कलेज हो । सम्पुर्णलाई बधाई किनकी तपाईहरुले आईएसटी हस्पिटालिटी छानीदिनुभएकोमा । यहाँ सिकिएका प्रत्येक कुराहरु तपाईहरुको प्रत्येक दिनको गतिविधिसँग सम्बन्धित छ । विद्यार्थीहरुको जिवन स्वागत र विदाई कार्यक्रमबाट सुरु र अन्त्य हुन्छ । जिवन भिजन मिसन र उद्देश्य बिना अपुग वा ब्यालेन्स नमिलेको तराजु जस्तै हुन्छ । त्यसैले जिवनमा भिजन, मिसन र उद्देश्य भएमा इतिहास बनाउन, सबैतिर आफ्नो विचार ब्यक्त गर्न सकिन्छ । दोस्रोमा जिवन सधैं साइकल जस्तै हो । यदि तपाई साईक्लिङ गर्न छोडनु भयो भने तपाई लड्नु हुन्छ । त्यसै कारण तपाईले साईक्लिङ गर्दा साइकलको पाइडल रोक्नु हुन्न । 

यसर्थ जवसम्म राम्रो धेरै राम्रो बन्दैन तबसम्म तपाईहरु नरोकिनुहोस । तपाईले आफ्नो जिवनलाई ब्यालेन्स गर्न सक्नुभएन भने दुर्घटना हुनसक्छ त्यसै कारण जिवनलाई ब्यालेन्स गरी हिड्नुहोस । यी सिद्धान्तहरुलाई पछ्याईयो भने जिवनमा सफल भईन्छ । तपाईले आफ्नो भित्री ट्यालेन्टलाई खोज्नुपर्छ । जसले तपाईलाई आफ्नो गन्तब्यसम्म पुग्नका लागि सहयोग गर्नेछ । मोवाईलको उदाहरण दिदै मोवाईलमा एक्सट्रा फंक्सन भएजस्तै हामीले पनि आफ्नो भित्री ट्यालेन्टलाई उजागर गर्नुपर्छ ।’

Logo