चार जीपीए ल्याउने विद्यार्थीलाई इलिक्सर एकेडेमीको एक लाख पुरस्कार

चार जीपीए ल्याउने विद्यार्थीलाई इलिक्सर एकेडेमीको एक लाख पुरस्कार


कुमारीगाल, चाबहिल, काठमाडौँमा रहेको इलिक्सर एकेडेमीबाट २०७८ सालको एसईई परीक्षामा सहभागी ४५ जना विद्यार्थीमध्ये २ जनाले ४ जीपीए ल्याउन सफल भएका छन् ।

देशभरबाट ४२ जना विद्यार्थीहरुले ४ जीपीए ल्याएकामा काठमाडौँबाट १० जना पर्न सफल छन् । जसमध्ये इलिक्सर एकेडेमीबाट १२औँ व्याचका कृतिका सिवाकोटी र प्रतीक पौडेलले ४ जिपिए ल्याएका हुन् । 

काठमाडौँ जिल्लामा उत्कृष्ट विद्यालय घोषणा भएको इलिक्सर एकेडेमीका ४ जीपीए ल्याउन सफल २ जना विद्यार्थीलाई विद्यालयले प्रतिविद्यार्थी एक–एक लाखको पुरस्कार घोषणा गरेको छ । 

विद्यालयका प्रधानाध्याक रविन दाहाल भन्छन्, ‘‘आफ्नो देशलाई विश्वका विकसित मुलुकहरुको दाँजोमा पुर्याउन सक्ने २१औँ शताब्दी सुहाउँदो योग्य, सक्षम, इमान्दार एवम् कर्तव्यनिष्ट नागरिक तयार गर्नु विद्यालयको प्रमुख उद्देश्य रहेको छ ।’’

यसवर्ष काठमाडौँ जिल्लामा उत्कृष्ट विद्यालय ठहरिएको इलिक्सर एकेडेमीले यसअघि पनि राम्रो नतिजा हासिल गरेको छ । पुरस्कारले विद्यार्थीहरुमा मेहनत गरेपछि प्रतिफल प्राप्त हुन्छ भन्ने भावनाको विकास गराउँछ भन्ने मान्यता राख्ने प्रधानाध्यपक दाहाल अगाडि भन्छन्, ‘‘आउँदा वर्षहरुमा पनि विद्यार्थीहरुको मनोबल उच्च राख्न हामीले पुरस्कार घोषणा गरेका हौँ । आउँदा वर्षहरुमा पनि ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई एक–एक लाखको पुरस्कार प्रदान गरिनेछ ।’’

विद्यालयका अंग्रेजी शिक्षक उमेश अधिकारी भन्छन्, ‘‘यस वर्ष हामीले अभूतपूर्व सफलता प्राप्त गरेको छौँ । यो वर्ष काठमाडौँ जिल्लामा उत्कृष्ट विद्यालय ठहरिए पनि आगामी वर्षहरुमा देशभर एक नम्बर विद्यालय बन्ने हाम्रो लक्ष्य हो ।’’

Logo