आईएसटी कलेजमा हङ्ग्री हेड्स ओपन हाउस ईभेन्ट सम्पन्न

आईएसटी कलेजमा हङ्ग्री हेड्स ओपन हाउस ईभेन्ट सम्पन्न


काठमाडौको ज्ञानेश्वरमा रहेको ईन्टरनेशनल टुरिजम एण्ड होटल म्यानेजमेन्ट ( आई.एस.टी ) ले हङ्ग्री हेड्स ओपन हाउस ईभेन्ट गरेको छ ।

शुक्रबार स्नातकमा अध्ययनरत तेस्रो सेमेस्टरका विद्यार्थीले आफ्नो अनुभव आदान प्रदान, एक अर्काको क्षमता प्रर्दशन गर्दै हङ्ग्री हेड्स ओपन हाउस ईभेन्टको आयोजना गरेका हुन् । बिभिन्न कलेजका बिद्यार्थीहरुलाई आमन्त्रण गरेर आई.एस.टी का बिद्यार्थीहरुले आफूले सिकेका ज्ञान प्रर्दशन गरे । 

शिक्षकहरु अतिथिका रुपमा मात्रै उपस्थित रहेको उक्त इभेन्टको सम्पूर्ण व्यवस्थापन भने विद्यार्थीहरुले गरेका थिए । किताबमा मात्रै सीमित भएका विद्यार्थीहरुलाई यसप्रकारको इभेन्टले व्यवहारिक शिक्षा प्रदान गर्न मद्दत पुग्ने विश्वास प्रधानअध्यापक सम्झना बस्यालको छ । 

ईभेन्ट म्यानेजमेन्ट विषयको प्रयोगात्मक ज्ञानको लागी आईएसटीमा दुई वटा पानस रेस्टुरेन्ट र सुकुडा रेस्टुरेन्ट सन्चालनमा छन् । अभ्यासका क्रममा विद्यार्थीहरुले पाँचतारे होटलमा जस्तै गरेर आफ्नै साथीलाई अतिथि बनाएर सेवाको अभ्यास गर्ने गरेका छन् । हङ्ग्री हेड्स ओपन हाउस ईभेन्टमा सहभागीहरुलाई ( आई.एस.टि ) को किचन, बेकरी भ्रमण, पि.एम.स, बारिस्टा सहितको जानकारी दिइएको थियो ।

आई.एस.टी ले ब्याच्लरको ३ वर्षे कोर्स नेपालमै गराउने र १ बर्ष अष्ट्रिया, चीन, दुबइसहितका देशमा इन्टर्न गराउने गर्छ । आफ्नो ईभेन्ट म्यानेजमेन्टको कोर्स अन्तरगत रहेर बिद्यार्थीहरुले उक्त कार्यक्रम आयोजना गरेको कार्यक्रमका कार्यकारी निर्देशक बिद्यार्थी रञ्जन अगरकोटी र अम्बिका खतिवडाले बताए । 

शुक्रबारको हङ्ग्री हेड्स ओपन हाउस ईभेन्टमा आई.एस.टी   की पूर्व बिद्यार्थी पेम्बाकी लामाले आफ्नो होटल म्यानेजमेन्ट पढ्दा र नेपालसंगै बिभिन्न देशमा काम गर्दाको अनुभव यसरी सुनाइन । कार्यक्रममा आगोसंग खेल्दै आयुस श्रेष्ठले सबैको ध्यान खिचेका थिए ।

Logo