इक्यान ललितपुर एजुकेसन फेयर सुरु

इक्यान ललितपुर एजुकेसन फेयर सुरु


ललितपुरको लगनखेलमा शुक्रबार ईक्यान ललितपुर एजुकेसन फेयर मेला सुरु भएको छ । ललितपुरले पनि गुणस्तरीय शिक्षा दिन सक्छ भन्ने उद्देश्यका साथ मेलाको आयोजा गरिएको हो ।

शुक्रबार विशेष अतिथिका रुपमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछयोंले, केन्द्रिय अध्यक्ष प्रकाश पाण्डे, चितवन जिल्ला इक्यान अध्यक्ष समुद्र अर्याल, अभिभावक संघका अध्यक्ष शुप्रभात भण्डारी, हिसानका अध्यक्ष रमेश सिलवाल तथा प्याबसनका अध्यक्ष डीके ढुंगाना लगायतको उपस्थिति थियो ।

सो मेलामा ३० भन्दा बढी विभिन्न कलेज, विश्व विद्ययालय, शैक्षिक संस्था तथा कन्सल्टेन्सीहरुको सहभागिता रहेको छ । सो मेला गर्नुको मुख्य उद्देश्य नेपाल शैक्षिक परामर्श संघद्धरा ललितपुरलाई शैक्षिक हवका रुपमा विकास गर्न वा चिनाउनका लागि गरिएको नेपाल शैक्षिक परामर्श संघका सचिव विरेन्द्र बज्रचार्य बताउँछन् ।

मेलामा विशेष गरी उच्च शिक्षा हासिल गर्न विदेश जान चाहने विद्ययार्थीहरुका लागि शैक्षिक परामर्श दिन, विदेशी मुलुकमा शिक्षा आजर्न गर्न चाहने विद्ययार्थीहरुका लागि पूर्व तयारी कक्षा दिन, भिसा आवेदन तथा अन्य प्रकृया लगायत सम्पुर्ण विदेशी शिक्षाका लागि आवश्यक विषयवस्तुका बारेमा जानकारी दिइने छ । मेला आईतबारसम्म सञ्चालन हुनेछ ।     
 

Logo