यौनका यि सल्लाहहरु सहि होईनन् हैं

यौनका यि सल्लाहहरु सहि होईनन् हैं


शारीरिक सम्बन्धलाई जीवनको अमुल्य कार्यको रुपमा धेरैले ब्याख्या गरेका छन् । कसैले यौन सम्बन्ध विना जीवन अधुरो रहेको बताउँछन् भने कसैले यौन सम्बन्ध विना प्रेम नै जागृत हुदैंन पनि भन्छन्, आदी इत्यादी ।

यौनका बिषयमा धेरै ब्यक्तिहरु विच कुनै कुनै कुरामा एकै किसिमको धारणाहरु बन्ने गरेका छन् भने कतिपयले यौन जीवनलाई रोमाञ्चक बनाउन विभिन्न किसिमका सल्लाहहरु पनि दिने गरेका हुन्छन् । यौनका विषयमा दिईने यस्ता किसिमका सल्लाहहरु सबैको जीवनमा मेल खान्छ भन्ने छैन भने सबै सल्लाहहरु सहि नै हुन्छन् भन्ने पनि छैन । यौन जीवनको विषयमा दिईने गरिएका केही सल्लाहहरु सहि पनि हुदैनन् भन्ने कुरालाई आज हामी यहाँ चर्चा गर्ने प्रयास गर्छौ ।

खुशी जिवन हुन यौन सम्बन्ध अपरिहार्य
यौन सम्बन्ध भएपछि मात्र महिला र पुरुष विच निकटता बढ्छ र दुबैको मुड राम्रो हुनुका साथै सम्बन्ध पनि प्रगाढ हुन्छ भन्ने मान्यता रहेको छ । के शारीरिक सम्बन्ध नराख्दैमा प्रेमी/प्रेमीका वा श्रीमान्/श्रीमती विच सम्बन्ध बलियो हुदैन त ? राम्रो सम्बन्धका लागि यौन सम्बन्ध भन्दा पनि एकअर्काको भावना बुझ्दा बढी हुने गर्छ ।

चरमोत्कष हुनै पर्छ
धेरै जोडीहरु जो शारीरिक सम्बन्ध राख्ने गर्छन्, त्यसमा पनि पुरुषहरुमा के भ्रम हुन्छ भने उनको प्रेमीका वा श्रीमती शारीरिक सम्बन्ध राख्दा उनीहरुलाई किन चरमोत्कर्ष हुदैंन । कतै आफुले सन्तुष्टि गर्न नसकेको हो कि भन्ने शंकामा रहेका हुन्छन् ।

यौन सम्बन्ध राख्दा महिलाको क्लिटोरियलमा हुने घर्षणले गर्दा उनीहरुलाई यौन सम्बन्धको बेला अधिक आनन्द आउने गर्छ । तर पुरुषहरु लिंग योनीमा पस्दा आनन्द आउछ भन्ने मान्यता राख्छन् । यस्तो हुनुमा यौनका गलत आसनहरुले पनि महिलालाई अधिक आनन्द आउनुको सट्टा पिडा पनि हुने गर्छ भन्ने कुरा भने बिर्सन्छन् ।

मोटो ब्यक्तिको यौन जीवन निरश
धेरैमा मोटो ब्यक्तिहरुले राम्ररी शारीरिक सम्बन्ध राख्न सक्दैन भन्ने मान्यता वा भनाई रहेको छ । तर यौनको बिषयमा यो कुरालाई धेरै नै गलत मानिन्छ । यौन एउटा कला हो भने यो आपसी प्रेमको निमित्त हो । त्यसैले दुब्लो ब्यक्तिले मात्र यौनसम्बन्ध राख्न सक्छ भन्ने हुदैन ।

तेस्रो डेटमा मात्र यौनसम्बन्ध राख्नु
धेरै यौनका पण्डितहरुले प्रेमीकालाई तेस्रो पटक भेटेपछि मात्र यौनसम्बन्धको प्रस्ताव राख्नु भन्छन् । तर सबैमा यो नियम लागू हुन्छ भन्ने हुदैन । कसैको शारीरिक सम्बन्ध विना पनि प्रेम सम्बन्ध लामो समयसम्म चलिरहेको हुन्छ । कुनै प्रेमी/प्रेमीकाले पहिलो डेटमै पनि एक अर्कालाई अत्याधिक नजिक पाएर यौनसम्बन्ध राखेका पनि हुन्छन् ।

Logo