कालिकोटबाट माओवादीका महेन्द्रबहादुर शाही निर्वाचित, गरे ह्याट्रिक

कालिकोटबाट माओवादीका महेन्द्रबहादुर शाही निर्वाचित, गरे ह्याट्रिक


कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। निकटतम प्रस्पिर्धी नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गर्दै उनले ह्याट्रिक गरेका हुन् । 

अन्तिम मत परिणामअनुसार वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारसमेत रहेका शाहीले  २४ हजार ४७४ मतका साथ विजयी भए भने एमालेका शाहीले १६  हजार ४१० मत मात्रै पाए ।  

यसअघि ०७० र ०७४ मा पनि महेन्द्र कालिकोटबाट निर्वाचित भएका थिए । उनी २०७४ सालमा भने प्रदेशमा झरेका थिए । कर्णालीका पूर्वमुख्यमन्त्रीसमेत रहेका उनी माओवादीका पोलिटव्यूरो सदस्य पनि हुन्।

Logo