लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउण्टर पोखरामा

लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउण्टर पोखरामा


लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । 

उक्त एक्स्टेन्सन काउन्टरहरु कास्कीजिल्लाको पोखरा महानगरपालि -११ स्थित मनिपाल अस्पताल र सोही महानगरपालि -१७ स्थित हिमालय आँखा अस्पतालमा स्थापना भएका छन् । 

यी एक्स्टेन्सन काउन्टरहरुको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४४ शाखा, १६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ६९ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायीकर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

साथै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखा कार्यालय, ए.टि.एम., इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवाप्रदान गरी शहरी तथाअर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

Logo