नेपाल र चीनकाे १३ बुँदे संयुक्त वक्तव्य जारी [पूर्णपाठ]

नेपाल र चीनकाे १३ बुँदे संयुक्त वक्तव्य जारी [पूर्णपाठ]


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण तथा  नेपाल र चीनबीच भएको १३ बुँदे सहमतिबारे संयुक्त वक्तव्य सार्वजनिक भएको छ । प्रचण्ड र उनका चिनियाँ समकक्षी ली छ्याङको उपस्थितीमा भएको समझदारी तथा सहमतिलाई विस्तृतमा उल्लेख गर्दै संयुक्त वक्तव्य जारी  भएको हो ।

चीन भ्रमणका क्रममा बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयन गरी पूर्वाधार कनेक्टिभिटी, व्यापार, पर्यटन, उत्पादन क्षमता र लगानी सम्बन्ध थप बलियो बनाउने समझदारी भएकाे छ। 

१३ बुँदे संयुक्त वक्तव्यमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालयमा सहकार्य गर्ने, अरनिको राजमार्ग स्तरोन्नति, विभिन्न नाकाहरू सञ्चालन, जिलिङ केरुङ प्रशारण लाइन, टोखा छहरे सुरुङमार्ग निर्माणलगायतका विषयमा अगाडि बढ्ने समझदारी भएको छ।

नेपाल र चीनले जारी गरेकाे संयुक्त वक्तव्यमा सन् २०१७ मा भएको समझदारीलाई स्मरण गर्दै बीआरआई सहकार्यले जनतालाई थप फाइदा पुग्नेगरी बन्दरगाह, सडक, रेलमार्गजस्ता क्षेत्रमा सुदृढीकण गर्ने उल्लेख छ। 

त्यसैगरी, नेपाललाई भूपरिवेष्ठित होइन, भूजडित मुलुकको रूपमा विकास गर्नका लागि सडक, रेल तथा हवाईमार्ग, बहुआयामिक कनेक्टिभिटी विस्तार गर्ने पनि उल्लेख गरिएको छ।

हेर्नुहाेस् १३ बुँदे संयुक्त वक्तव्यः

 

 

Logo