ट्रम्पका पुर्व सल्लाहकार पक्राउ

ट्रम्पका पुर्व सल्लाहकार पक्राउ


वासिङ्टन

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पुर्व सल्लाहकार रोजर स्टोन शुक्रबार पक्राउ परेका छन् ।

विषेश परामर्शदाता रोबर्ट मुलरको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अमेरिकी समाचार माध्यमहरुले जनाएका छन् ।

स्टोनलाई सात वटा अभियोग लगाइएको न्युयोर्क टाइम्स र अन्य सञ्चार माध्यमहरूले मुलरको कार्यालयको श्रोतलाई उल्लेख गर्दै समाचार लेखेका छन् ।

झुटो वक्तव्य बनाएको, प्रक्रियागत कामहरुमा अवरोध गरेको, प्रमाणहरू विगारेको लगायतका आरोपहरू स्टोनमाथि लगाइएको छ ।
रासस/एएफपी

Skip This
Logo