विराटनगर

प्रहरीले ठूलो परिणामको लागूऔषध र हतियार सहित सात भारतीय नागरिकलाई पक्राउ गरेको छ । "/>

अमेरिकन पेस्तोल र लागूऔषध सहित सात भारतीय पक्राउ

अमेरिकन पेस्तोल र लागूऔषध सहित सात भारतीय पक्राउ


विराटनगर

प्रहरीले ठूलो परिणामको लागूऔषध र हतियार सहित सात भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला पनि छन् । विराटनगर ४ नोबेल मेडिकल कलेज अगाडिको नहर डिलको बाटोबाट राति साँढे ८ बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा विहारस्थित अररिया जिल्लाको वथनाहा–४ का २४ वर्षीय रोहितकुमार शर्मा, अररिया फारविसगन्ज–२ का ३० वर्षीय प्रमोद भनिने विनोद यादव, अररिया मिल्की डुमरिया–९ का १८ वर्षीय राजाकुमार यादव, २२ वर्षीय निलमदेवी यादव, अररिया सिमराहाका २६ वर्षीय प्रकाशकुमार दास, अररिया रानीगंजका ३३ वर्षीय रन्जितकुमार शर्मा, अररिया बरारभत नाजा–७ का ४० वर्षीय सुरज नारायण यादव रहेका छन् । निलमदेवी विनोदको पत्नी भएको खुलेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार पक्राउ पर्ने मध्ये प्रमोद भनिने विनोद यादवको साथबाट मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने म्याग्जिन र ६ राउण्ड गोली पनि बरामद भएको छ ।

विनोद बीआर ३८ एफ १२२८ नम्बरको मोटरसाइकलमा सवार थिए । पक्राउ परेकाहरुले भारतबाट ल्याउँदै गरेको एक हजार सात सय ७५ एम्पुल एभिल, पाँच सय एम्पुल डाईजेल्याब, एक हजार सात सय ७६ चक्की एपास्मोप्रोक्सिभन, सात सय २५ ट्याब्लेट नाईट्रोसन, पाँच सय २५ एम्पुल लुपिजेसिक, एक सय २५ एम्पुल फेनारगन र १३ बोतल डाईलेक्स डिसी नामक लागूऔषध बरामद भएको जानकारी बिसीले दिए ।
अन्नपूर्णबाट
तस्विरः रासस

Skip This
Logo