आईएसटी कलेज र हिमालयन वाईन एकेडेमीबीच सम्झौता पत्रमा हस्ताक्षर

आईएसटी कलेज र हिमालयन वाईन एकेडेमीबीच सम्झौता पत्रमा हस्ताक्षर


होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी जगतको उत्कृष्ट कलेज इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट आईएसटी र हिमालयन वाईन एकेडेमीबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा आईएसटीका तर्फबाट सिइओ नरेन्द्र बज्राचार्य र हिमालयन वाईन एकेडेमीका तर्फबाट प्रकाश गुरुङले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुरूप अब आईएसटीका विद्यार्थीहरुले हिमालयन वाईन एकेडेमीबाट प्रदान गरिने वाईन सम्बन्धि शिक्षा भारी छुटमा पढ्न पाउनेछन् ।  

आईएसटीको आफ्नै भवनमा संचालन गरिएको एमओयु साईनिङ कार्यक्रममा स्वागत मन्तव्य दिदै कलेजका सिइओ नरेन्द्र बज्राचार्यले हिमालयन वाईन एकेडेमीसँगको सहकार्यले कलेजका विशेषगरि होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुले अध्ययन गर्ने ठूलो अवसर मिलेको बताए ।  

उनले अब आईएसटी कलेजका विद्यार्थीहरुले वाईन सम्बन्धी पनि थप क्षमता विस्तार गरि सिपको विकास हुने विश्वास व्यक्त गरे । त्यस्तै, उनले पछिल्लो समय नेपालमा पनि पर्यटनको विकास हुँदै गएकाले नेपालका गाउँगाउँमा समेत टुरिष्टहरुले वाईन टेष्ट गर्न चाहेकाले यसको महत्व बढ्दै गएको बताए ।

Logo