‘नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने’

‘नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने’


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताएका छन् ।

मंगलबार सफलता एच.आई.भी. शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नयाँ शैक्षिक सत्र असार महिनादेखि शुरु हुने बताएका हुन् । यसका लागि मन्त्रालयले तयारी गरीसकेको उनको भनाइ छ । त्यस्तै मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषदमा पठाइएको र छिट्टै टुंगो लाग्ने जानकारी दिए।

आगामी दिनमा एच.आई.भी. संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट विनियोजन गर्ने समेत मन्त्री श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठले समाजमा चेतनाको कमीले एच.आई.भी. संक्रमितहरुले अपहेलित र उपेच्छित जीवन बिताउनु पर्ने अवस्था रहेको भन्दै उनीहरुको कदर र सम्मान हुनु पर्ने बताए। सबै विद्यालयहरुमा सामाजिक रुपान्तरण रहेको उनको भनाइ छ । मन्त्री श्रेष्ठले सफलता एच.आई.भी. संक्रमित बालबालिकासँग सरस्वती पूजा मनाएका छन् । मन्त्रीसँगै कार्यक्रममा पुगेका विभिन्न समाजसेवी व्यक्तिहरुले सफलता एच.आई.भी. शिक्षा सदनलाई आर्थिक सहयोग पनि गरेका थिए।

Logo