केन्द्रबिन्दु बुलेटिन : सरकारले नयाँ शैक्षिक सत्र असारदेखि शुरु गर्ने (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : सरकारले नयाँ शैक्षिक सत्र असारदेखि शुरु गर्ने (भिडियोसहित)


हामीले हरेक दिन प्रमुख समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनको रुपमा प्रशारण गर्ने गरेका छौं । आज पनि हामीले दिनभरका मूख्य समाचारहरुलाई प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये सरकारले नयाँ शैक्षिक सत्र असारदेखि शुरु गर्ने तयारी गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् । मंगलबार सफलता एच.आइ.भी. शिक्षा सदनले आयोजना गरेको एक सरस्वती पूजा कार्यक्रममा असारबाट नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारी गरिरहेका जानकारी दिएका हुन् ।  

महिला लिग फुटबलमा चौदण्डीगढी नगरपालिकाले लगातार ११ औं हार व्यहोरेको छ । मंगलबारको खेलमा चन्द्रपुरसँग २–१ गोल अन्तरले हार व्यहोर्दा लिगमा चौदण्डीगढी अझै अंक विहिन नै रहेको छ । यता, एपिएफ क्लवकी स्टाइकर सावित्री भण्डारी करिब एक वर्ष फुटबल मैदान बाहिर रहने भएकी छिन् । सोमबारको खेलमा चोट व्यहोरेकी सावित्रीले लिगका दुई खेलसँगै करिब एक वर्ष मैदान गुमाउनु पर्ने भएको हो ।  

नेप्से परिसूचक मंगलबार १५.५० अंकले बढ्दा अहिलेसम्मकै उच्च विन्दु कायम भएको छ । नेप्से बजार खुलेदेखि नै बढ्न थालेको थियो । पछि, घट्न पुगेको नेप्सेले आज उतरचढावको सामाना पनि गर्नु पर्यो । नेप्सेमा केही गिरावट आउँदै आज २ हजासर ६ सय १.५१ विन्दुमा कारोबार बन्द भएको छ ।

देशमा बलात्कारका घटना बढ्दै गएको र त्यसको प्रभावकारी अनुसन्धान हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै महिला कानून व्यवसायीहरुले गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले बैतडीकी भागरथी भट्ट घटनामाथि निर्मला पन्तको घटना जस्तो कमजोर अनुसन्धान नगर्न र प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री थापासमक्ष ज्ञापनपत्र बुझाएका हुन् । यता, किशोरी भागरथी भट्ट हत्या प्रकरणको अनुसन्धान टुंगोमा पुग्न लागेको प्रहरीले संकेत गरेको छ । सुदुर पश्चिम प्रदेश प्रहरी प्रवक्ता मुकेश सिंहले आशंका गरिएका व्यक्तिलाई सुक्ष्म निगरानीमा राखिएको र थप प्रमाण जुटाउने काम भइरहेको जानकारी दिएका हुन् ।

अदालतको सहयोगका लागि गठित एमिकस क्युरीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आफ्नो राय दिने क्रम शुरू भएको छ । संवैधानिक इजलासमा पहिलो राय प्रस्तुतकर्ताका रूपमा उभिएका वरिष्ठ अधिवक्ता एवम् पूर्वमहान्याधिवक्ता बद्रीबहादुर कार्कीले संविधानमा प्रतिनिधिसभा विघटनबारे अष्पष्टता रहेकाले अदालतले व्याख्या गर्नुपर्ने बताएका छन् ।

Logo