चिनियाँ सरकारद्वारा दरबार हाइस्कुललाई शैक्षिक सामग्री सहयोग

चिनियाँ सरकारद्वारा दरबार हाइस्कुललाई शैक्षिक सामग्री सहयोग


चिनियाँ सरकारले काठमाडौंको दरबार हाई स्कुललाई शैक्षिक सामाग्री सहयोग उपलब्ध गराएको छ । 

चिनियाँ नयाँ वर्षको उपलक्षमा चीन सरकार र चिनियाँ जनताको तर्फबाट स्टेसनरी सामग्री, खेलकुद सामग्री, स्वास्थ्य सामग्री, ड्रेस सहयोग गरेको छ । शुक्रबार विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गरिन् । सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चीन सरकारले आफैले पूनर्निर्माण गरेको विद्यालयमा चिनियाँ नयाँ वर्षको उपलक्षमा खेलकुद, स्वास्थ्य सामग्री, स्टेसनरी तथा ड्रेस सहयोग गरेको बताए । उनले चिनियाँ सरकारको सहयोग निरन्तर प्राप्त भइरहेको राजदुत यान्छीलाई धन्यवाद समेत दिए । 

२०७२ सालको भूकम्पबाट दरबार हाइस्कुल पूर्ण रुपमा क्षति भएपछि चिनियाँ सरकार आफैले विद्यालय भवनको निर्माण गरेको थियो । पुनर्निमाण पछाडि बनेको भवनमा रहेका कक्षा कोठाहरु ठूला, फराकीला र आधुनिक देखिएको छ । चीन सरकारको सहयोगमा नै विद्यालयमा फर्निचर लगायतका सबै सामग्रीको व्यवस्थापन गरिएको थियो । पुनर्निमाणपछि विद्यालयमा पठनपाठन शुरु भइसकेको छ । 

Logo