नीति तथा कार्यक्रम ‘हावादारी गफ’ मात्रै- देउवा

नीति तथा कार्यक्रम ‘हावादारी गफ’ मात्रै- देउवा


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रम ‘हावादारी गफ’ मात्रै भएको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा वैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो पार्टीले दर्ता गरेको संशोधन प्रस्तावमा सांसदहरुको मत माग्दै नीति तथा कार्यक्रममा कुनै पनि विषय स्पष्ट नभएको बताएका हुन् । उनले सरकारले राजमार्गमै जहाज अवतरण गर्नेजस्ता उडन्ते कुरा गरेको टिप्पणी गरे ।

देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरित भएको पनि बताए । राष्ट्रपति भण्डारीलाई बेलयाती महारानीको शैलीमा बोल्न लगाएर राष्ट्रपति संस्थालाई विवादमा तान्ने काम भएको देउवाको आरोप थियो ।

Logo