धोबिखोला करिडोरमा अवैध संरचना भत्काउँदा सवारी आवागमन प्रभावित

धोबिखोला करिडोरमा अवैध संरचना भत्काउँदा सवारी आवागमन प्रभावित


धोबिखोला करिडोर क्षेत्रमा रहेका अनधिकृत संरचना भत्काउँदा काठमाडौंको  सवारी आवागमन प्रभावित भएको छ । 

काठमाडौं महानगरपालिकाले बुधबार मदन भण्डारी कलेज नजिकदेखि मैतीदेवीसम्म रहेका अनधिकृत संरचना हटाउन डोजर परिचालन गरेकाले सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको हो । 

यस्तै, हनुमानस्थान भाटभटेनीदेखी मैतीदेवीसम्म भने सडक पिचको काम भइरहेकाले सवारी व्यवस्थापनमा थप समस्या देखिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार हनुमानस्थान थापागाउँ हुँदै चल्ने ठूला सवारी साधनलाई भने माइतीघर हुँदै सञ्चालन गराइएको छ ।  

यसबाहेक कोटेश्वर, नयाँबानेश्वर, केशरमहल, लैनचौर, सिंहदरबार, पुतलीसडक, नारायण गोपालचोक, चाबहिल, गौशाला, सातदोबाटो र ग्वार्कोमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको जनाइएको छ । 

Logo