मोबाइलमा साेमबारदेखि एमडीएमएस सिस्टम लागू हुने

मोबाइलमा साेमबारदेखि एमडीएमएस सिस्टम लागू हुने


नेपाल दूरसञ्चार प्राधिकरणले साेमबारबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएको छ।

चोरीको बाटो भएर नेपालमा मोबाइल नभित्रियोस् भनेर एमडीएमएस लागू गर्न लागिएको हो। प्राधिकरणका अनुसार दर्ता नभएका, अवैध तरिकाले नेपाल ल्याइएको मोबाइल अब चल्ने छैन। नेपालमा दर्ता नभएको मोबाइलमा सिम चल्ने छैन।

प्राधिकरणले एउटा सूचना निकालेर कार्तिक १९ गतेसम्म एमडीएमएस दर्ता गर्ने भनेको थियो। व्यवसायीहरूले लामो समयदेखि अवैध बाटो भएर नेपालमा मोबाइल आउँदा राज्यलाई राजस्व घटेको तथा मोबाइलको व्यापारमा कमी आएको भन्दै एमडीएमएस लागू गर्न दबाब दिँदै आइरहेका छन्।

प्रयोगकर्ताले आफ्नो फोन एमडीएमएसमा दर्ता भएको छ कि छैन भनेर हेर्न भने एमडीएमएस प्रणालीको आधिकारिक वेबसाइटमा फोनको आईएमईआई नम्बर राखेर हेर्न सकिनेछ।

Logo