आईसीसी विश्वकप लिग-२ : आज नेपाल र ओमानवीच खेल हुने

आईसीसी विश्वकप लिग-२ : आज नेपाल र ओमानवीच खेल हुने


काठमाडौं ।

आईसीसी विश्वकप लिग -२ अन्तर्गत आज हुने तेस्रो खेलमा नेपाल र ओमानवीच प्रतिस्पर्धा हुँदैछ ।

किर्तिपुरमा हुने खेल बिहान साढे नौ बजे पछि सुरु हुने तालिका रहेको छ । ओमानसँग यस अघि पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो ।

शनिबार अमेरिकासँग भने नेपालले ३५ रनको जित हासिल गरेको थियो । ओमानले यसअघि खेलेका २ वटै खेल जितिसकेको छ । आज नेपाल पहिलो खेलको हारको बदला लिने लक्ष्यसहित मैदानमा उत्रने छ ।

Logo