उपत्यकाव्यापी साइन्स क्विज कन्टेस्ट सुरु

उपत्यकाव्यापी साइन्स क्विज कन्टेस्ट सुरु


रक्तकाली शिक्षण प्रतिष्ठान (वि. सं. २०३७) अन्तर्गत सञ्चालित ह्वाइटफिल्ड माध्यमिक विद्यालय, खुशिबुँ, नयाँबजार काठमाडौंले आयोजना गरेको तेस्रो उपत्यकाव्यापी साइन्स क्विज कन्टेस्ट–२०७६ हिजोदेखि सुरु भएको छ । हिजो विद्यालय सभा कक्षमा उद्घाटन कार्यक्रम प्रमुख अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठको समुपस्थितिमा सम्पन्न भयो ।

विद्यालयका संयोजक श्री राममणि बगालेका अनुसार कार्यक्रममा उपत्यकाका ३५ वटा विद्यालय सहभागी छन् । कार्यक्रम ३ दिनसम्म चल्नेछ । उद्घाटनको औपचारिक कार्यक्रमसँगै हिजै स्क्रिनिङ राउण्ड गरिएको थियो जसबाट छानिएर २० वटा विद्यालय आगामी चरणका लागि छनौट भएका छन् । ह्वाइटफिल्ड माध्यमिक विद्यालयले क्विजसँगै विज्ञान सम्बन्धी प्रदर्शनी पनि गरेको थियो ।

Skip This
Logo